भाद्र ३१, २०८१ सोमबार | १०:५७:०७
३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन विवेक बने नेपालको पहिलो फिडे मास्टर ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन विवेक बने नेपालको पहिलो फिडे मास्टर
खेल प्रशासन
हक्की संघको तेस्रो साधारण सभा सम्पन्न भाद्र २९, २०८१

साधारण सभाले कोषाध्यक्ष र महासचिवको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।

‘गोरू नाङ्गै हिड्दा मलाई के को लाज ?’ भाद्र २५, २०८१

नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा संगीनाप्रति कृतज्ञ हुनेछ । दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।

अवसानको बाटोमा नेपाली फुटबल भाद्र २४, २०८१

एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।

आन्तरिक विवादका कारण पौडीको अस्तित्व संकटमा ! भाद्र २०, २०८१

गत वैशाखमा सम्पन्न निर्वाचनबाट जगतमान श्रेष्ठको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको परिणामलाई त्यसअघिका अध्यक्ष अशोकरत्न बज्राचार्यले अस्वीकार गरेका छन् । यही विवादका कारण नेपालमा पौडी खेल प्रशासनिक अप्ठेरोमा परेको छ ।

एन्फामा बेथितिको चाङ, नेतृत्वको रजगज भाद्र २०, २०८१

एन्फा र फुटबललाई भजाएर यसका नाममा फिफा र एएफसीबाट आउने डलरमा मोज गर्ने लाइसेन्स पाएका सीमित बेइमानहरूका लागि स्वर्ग भए पनि समग्रमा नेपाली फुटबलको सर्वोच्च निकाय समस्या नै समस्यामा छ । बेथिति र विसंगतिका विषय चर्चामात्र गर्न पनि लामै समय लाग्छ । हजारौं शब्द खर्चिनुपर्छ । आस जगाउने केही देखिन्न । जताततै अँध्यारो र निराशामात्र व्याप्त छ ।

एन्फा र ‘बी’ डिभिजनका क्लबबीचको बैठक बस्न सकेन भाद्र १८, २०८१

अधिकांश क्लबका पदाधिकारी उपस्थित नभएपछि मंगलबार बैठक बस्नै सकेन ।

एन्फा र ‘बी’ डिभिजनका क्लबबीचको बैठक अझै सुरु भएन भाद्र १८, २०८१

असन्तृष्ट ११ क्लबले बक्यौता रकम चुक्ता नभएसम्म बैठकमा उपस्थित नहुने अडान राखेका छन् ।

एन्फाले वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई कार प्रदान गर्ने भाद्र १३, २०८१

अखिल नेपाल फुटबल संघ (एन्फा) को आठौं कार्यसमिति बैठकका १३ निर्णय भएका छन् ।

एन्फा कार्यसमिति बैठक सुरु भाद्र १३, २०८१

मंगलबार सबै एजेन्डमाथि छलफल हुन नसकेपछि बिहीबारका लागि बैठक बोलाइएको हो ।

एन्फा कार्यसमिति बैठक आज पनि बस्दै भाद्र १३, २०८१

पहिलो दिनको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङले मनोमानी ढंगले बढाएको भन्दै वरिष्ठ उपाध्यक्षसहित ९ सदस्यले असन्तुष्ट जनाएका छन् । उनीहरुले खेलाडीको तलब ५० हजार पुर्याउनु पर्ने साथै महासचिवको तलब बृद्धि रोक्नुपर्ने माग राखेका थिए ।

राष्ट्रिय टोलीका प्रशिक्षक एनेसको सम्झौता नवीकरण नहुने भाद्र ११, २०८१

एन्फा कार्यसमितिको बैठकले एनेसको सम्झौता नथप्ने निर्णय लियो ।

एन्फा महासचिवको तलब २ हजार डलर, खेलाडीलाई ३० हजार रुपैयाँ ! भाद्र ११, २०८१

एन्फा कार्यसमिति बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङले महासचिव किरण राईको तलब बढाउने प्रस्ताव गरेका छन् ।

निर्धारित समयमै राष्ट्रिय खेलकुद गर्नेमा सदस्यसचिव घिसिङको जोडः परिषद भाद्र ११, २०८१

आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने मिति तय भए पनि समयमै नहुने सम्भावना बलियो छ ।

एन्फा कार्यसमिति बैठकमा एजेन्डा थपियो भाद्र ९, २०८१

मंगलबार बस्ने कार्यसमिति बैठकका लागि संस्थापन इतर समूहबाट उपाध्यक्ष विराटजंग शाही र सदस्य पेमा डोल्मा लामाले एजेन्डा थप्न माग गरेका थिए ।

एन्फाका सिइओ तुलाधरको नियुक्ति बदर गर्न राखेपमा निवेदन भाद्र ९, २०८१

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले सिइओमा इन्द्रमान तुलाधरको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गराउन राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई गुहारेका छन् ।

टेबलटेनिस संघको अध्यक्षमा बृजेन्द्रबहादुर हमाल निर्विरोध भाद्र ८, २०८१

अखिल नेपाल टेबलटेनिस संघमा बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

खेल पूर्वाधारको निर्माण समयमै सक्न मन्त्री चौधरीको निर्देशन भाद्र ७, २०८१

चौधरीले शुक्रबार काठमाडौको मुलपानीस्थित क्रिकेट मैदानक, विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालाको भौतिक पूर्वाधारका लागि तयार गरिएको मास्टर प्लान (गुरुयोजना) बारे नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा मन्त्रालयका सचिवलगायतसँग छलफल गरेका थिए ।

एन्फालाई परिषदको निर्देशनः उपाध्यक्ष लामाको विषयमा यथार्थ जानकारी गराउनु भाद्र ६, २०८१

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले लागु औषध कारोबार मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा लामा खेलकुद विकास ऐनअनुसार पदमा बहाल रहन नसक्ने जिकिर गर्दै परिषद, युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष निवेदन बुझाएका थिए ।

एन्फा कार्यसमिति बैठक आगामी मंगलबार भाद्र ५, २०८१

मुख्य प्रशिक्षकको विषयदेखि लिएर आधुनिक फुटबल मैदान निर्माणको विषय छन् ।

एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्ध भाद्र ४, २०८१

स्थानीय आयोजकले आवश्यक तयारी समयमै नगर्दा थाइल्यान्डमा आगामी नोमेम्बरमा हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स ओसिएले रद्ध गरेको छ ।

एन्फा उपाध्यक्ष लामाविरुद्ध वरिष्ठ उपाध्यक्ष खड्काले बुझाए ज्ञापन पत्र श्रावण ३२, २०८१

वरिष्ठ उपाध्यक्ष खड्काले खेलकुद विकास ऐन २०७७ अनुसार लागु औषध कारोवारको मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा उपाध्यक्ष लामा पदमा वहाल रहन नसक्ने जिकिर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष ज्ञापनपत्र बुझाएको बताएका छन् ।

तयार भयो १०औं राष्ट्रिय खेलकुदको कार्यविधि श्रावण ३०, २०८१

बुधबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले छलफल गरी कार्यविधिको टुंगो लगायो ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौ २८ मा हुने श्रावण ३०, २०८१

एनएसजेएफले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्डको २१औं संस्करणको मिति घोषणा गर्यो ।

खेल पूर्वाधार निर्माण समयमै सक्न मन्त्री महर्जनको निर्देशन श्रावण २८, २०८१

मन्त्री महर्जनले निर्माणको क्रममा गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गरे ।

काजकिस्तान र नेपालको बुद्धिचाल महासंघबीच सम्झौता श्रावण २५, २०८१

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान बुद्धिचाल संघका कार्यकारी निर्देशक दौलेटोभा जिबीले सम्झौता पत्रमा हस्ताक्षण गरेका थिए ।

खेलकुदको योजना बनाउँदा खेलाडी प्राथमिकतामा हुनुपर्छः मन्त्री चौधरी श्रावण २३, २०८१

मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।

रायमाझीलाई खेलकुद विभागको जिम्मेवारी श्रावण २२, २०८१

सभापति शेरबहादुर देउवाले २४ केन्द्रिय विभागको प्रमुख मनोनयन गरेका थिए ।

आफ्नो कार्यकालमा खेल क्षेत्रले फड्को मार्ने मन्त्री चौधरीको दाबी श्रावण २१, २०८१

‘ मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्नेछ । म खेलाडीलाई निर्धाक्क भएर खेल्ने वातावरण बनाउने प्रयासमा छु,’ मन्त्री चौधरीले भने ।

एन्फा महासचिव राईविरुद्ध प्रधानमन्त्री ओलीलाई उजुरी श्रावण ९, २०८१

खत्रीले फुटबल नेपालको निक्कै लोकप्रिय खेल भए पनि वर्तमान एन्फाको नालायकीका कारण दिनप्रतिदिन धरासायी हुँदै गएकोमा चासो व्यक्त गर्दै राष्ट्रिय खेलकुदका संरक्षकसमेत रहेका प्रधानमन्त्रीलाई निश्पक्ष छानविन समिति गठन गरि गम्भीर छानविनका लागि दिर्देशन जारी गर्न अनुरोध गरेका छन् ।

एन्फाले महिला लिगका लागि छुट्यायो ९ करोड बजेट श्रावण २, २०८१

एन्फाको बुधबार बसेको भर्चुअल बैठकले महिला लिगको तीन संस्करणः सन् २०२४, २०२५ र २०२६ का लागि कूल ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गर्यो ।

नेपालले फोर नेसन्स कप नखेल्ने असार १५, २०८१

‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले जुलाई ८ देखि १६ सम्म हुने महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एन्फामा एकता नहुनु मेरो कमजोरी होः अध्यक्ष नेम्वाङ असार ११, २०८१

नेम्वाङको कार्यकालमा मैदानभित्र खेल हुन नसके पनि मैदानबाहिरको निरन्तर विवादले नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

एन्फा कार्यसमितिको दुई वर्षः विवाददेखि विवादसम्मको यात्रा असार ६, २०८१

नेम्वाङले अध्यक्षका रुपमा दुई वर्ष एन्फामा रजाईं गरिसक्दा पनि मैदानमा भने दुई पटक भइसक्नुपर्ने ‘बी’ डिभिजन लिग एक पटक समेत भएको छैन । ‘ए’ र ‘सी’ डिभिजनका लिग पनि एक पटकमात्र हुन सकेका छन् । अघिल्लो वर्ष भएको शीर्ष डिभिजनको लिग यसपाली हुने छाँट छैन ।

खुला छनोटबाट यु-२० र १७ टाेली तयार पारिने असार २, २०८१

एन्फाले सबै प्रदेश र जिल्ला संघलाई आइतबार पत्राचार गरेको छ ।

नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने जेष्ठ ९, २०८१

एसियन फुटबल महासंघ (एएफसी)ले खेल जेठ २४ मा साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रंगशालामा हुने जनाएको छ ।

बैंकक जान लागेका एन्फा पदाधिकारीलाई रोक्न निवेदन जेष्ठ १, २०८१

कंग्रेसमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री थाइल्यान्डको बैंकक जाँदैछन् ।

राखेपले उपलब्ध गरायो एन्फालाई दशरथ रंगशालाको विवरण वैशाख २८, २०८१

फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो ।

एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी वैशाख २६, २०८१

गोरखा फुटबल संघका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार उजुरी दर्ता गराएका हुन्

पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन निर्देशन वैशाख २५, २०८१

मंगलबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र अखिल नेपाल फुटबल संघ ( एन्फा) लाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष र महासचिव अनुपस्थित हुँदा एन्फा-क्लबबीचको बैठक रद्ध वैशाख २५, २०८१

एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजनाका लागि छलफल गर्न भनेर आज दिउसो १ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगका सबै १४ क्लबका अध्यक्ष र महासचिवलाई बोलाएको थियो ।

युएईविरुद्धको खेल नेपालमै हुनेमा शंका! वैशाख २४, २०८१

एसियाली फुटबल महासंघ( एएफसी) ले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो ।

कस्तो होला यो दशकको विश्व खेलकुद ? वैशाख २२, २०८१

हचुवाको खेलनीति, आसेपासे जमातले भरिएको नेतृत्व, स्रोतसाधनको अनुचित दोहन, थैलीअनुसारको भौतिक पूर्वाधार वा विदेश भ्रमणको लावालस्करभन्दा पनि खेलाडीलाई विज्ञान र प्रविधिमा आधारित तालिम, प्रशस्त प्रतियोगिता, समग्र खेल क्षेत्रको औद्योगिकीकरण, सम्भावनाअनुसारका संरचना, खेलकुद संघहरूको व्यावसायिकता र परिणामअनुसारको पुरस्कार र दण्ड जरिवानाको व्यवस्थालाई ‘दशकको खेल गौरव’को रूपमा स्थापित गर्न जरुरी छ ।

राष्ट्रिय टोलीका ११ जना आज बेलायत प्रस्थान गर्दै वैशाख १९, २०८१

मंगलबार बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेको तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआएका कारण फ्लाइट रद्द भएको थियो ।

स्वीकृती नलिएका १५ पदाधिकारीलाई बेलायत जान खेलकुद मन्त्रालयले रोक्यो वैशाख १८, २०८१

एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए।

भिसा नआउँदा बेलायत उड्न पाएन नेपाली टोली वैशाख १८, २०८१

बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेकाे तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआइपुगेका कारण उडन नपाएको एन्फा स्रोतले बताएको छ ।

३५ जनाको भिषा प्रकृया बढाइदिन दूतावासलाई एन्फाको निवेदन वैशाख १५, २०८१

एन्फाले २३ खेलाडी, सात पदाधिकारी र पाँच भिआइपीको भिषा प्रकृया अगाडि बढाएको हो ।

महिला फुटबल लिगको ‘दयनीय’ पारा वैशाख १५, २०८१

प्रतियोगिता समापनपछि ‘हामीले आयोजना गर्‍यौं है’ भन्ने जस लिन एन्फालाई हत्तार छ । नवनिर्मित रंगशालामा पहिलो पटक राष्ट्रिय लिग आयोजना हुँदा त्यहाँको व्यवस्थापन भद्रगोल छ ।

एन्फा उपाध्यक्ष लामा पक्राउ वैशाख ५, २०८१

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

१५ दिनभित्र खेल संघको कार्यक्रम खाका तयार पारेर बुझाउन राखेपको निर्देशन वैशाख १, २०८१

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ ।

खेलकुदमा यत्ति गर्न सके वर्ष २०८१ सार्थक वैशाख १, २०८१

आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ लाई बितेको वर्षको तुलनामा सुखद बनाउनुपर्छ । बढी सफल बनाउनुपर्छ । निराशा, असफलता र विवादका चाङ यतै बिसाएर नेपाली खेलकुद अघि बढ्नुपर्छ ।

एन्फा महासचिव राईविरुद्ध सम्पत्ती सुद्धिकरणमा भ्रष्टाचारको उजुरी चैत्र २३, २०८०

‘निजले घर घडेरी जोडेको हो भने निजको सम्पत्तीको स्रोत के हो सो समेत पहिचान गरि छानविन गरि कारवाही गरि पाउन अनुरोध गर्दछु,’ खत्रीले सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा हालेको उजुरीमा उल्लेख छ ।

भ्रष्टाचार गरेको भन्दै एन्फा महासचिवविरुद्ध छानविन गर्न माग चैत्र १६, २०८०

खत्रीले शुक्रबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठलाई पत्र लेख्दै भ्रष्ट्राचार र अनियमतितता वारे गम्भिरतापूर्वक छानविन गर्न माग गरेका हुन् ।

एन्फामा किर्ते हस्ताक्षर भएको भन्दै पूर्व कर्मचारीले सिआइबीमा गरे उजुरी चैत्र १५, २०८०

गत वर्ष फागुन १७ गते बसेको एन्फा कार्यसमिति बैठकमा कार्यसमितिका सदस्य भरत बुढ थापाले ‘आफ्नो हस्ताक्षर किर्ते गरिएको’ तथा अर्का सदस्य टिकाराम लामाले २१ सदस्यीय कार्यसमितिमा आफूसहित ‘१० जनाको मात्र उपस्थिती भएकाले बैठक अवैध हुने’ भन्दै आफ्नो हस्ताक्षर गणना नगर्न भन्दै अध्यक्षलाई पत्राचार गरेका थिए ।

पहिल्यै एन्फाले ‘हराइसकेको खेल’ चैत्र १०, २०८०

हारेको नेपाली फुटबल टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।

राखेपले रोकेका आठ जना पनि बहराइन प्रस्थान चैत्र ६, २०८०

‘हामीले दश मध्ये दुई जनाको मात्रै स्वीकृत दिएका हौं । तर, सबै जना बहराइनतर्फ लागेको सुचना आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘के भएको हो बुझ्दै छौं । आवश्यक कारबाही गर्छौ ।’

दुई जनालाई मात्रै बहराइन जान राखेपले दियो स्विकृति चैत्र ६, २०८०

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार (एन्फा)लाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेपलाई पत्र काटेको थियो ।

बहराइन भ्रमणको स्वीकृति नआउँदा डाक्टरको फ्लाइट छुट्यो चैत्र ५, २०८०

बहराइनमा हुने दुई खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले डा. डंगोलसँगै ११ जना अधिकारीलाई पठाउन राखेपसँग स्वीकृति मागेको थियो ।

यताको सही चाल, उताको बेहाल चैत्र ३, २०८०

एन्फालाई भएका रंगशाला ‘मेन्टेन’ गर्नेमा कुनै ध्यान छैन । तिनको भरपूर उपयोग गर्ने खालको कुनै योजना छैन । अनि एन्फा अध्यक्षले राज्यको थप अर्बौ लगानीमा अर्को ठूलो रंगशाला चाहियो भन्दा फुटबलप्रेमीमाझ आलोचित हुनु स्वाभाविक थियो ।

‘बी’ डिभिजन लिग हुनेप्रति शंका चैत्र ३, २०८०

सहिद स्मारक ‘बी’ डिभिजन लिग हुने ग्यारेन्टी भइनसकेकाले तल्लो श्रेणीका क्लबहरू पनि खेल्न भित्रैदेखि तयार देखिँदैनन् । उनीहरूको चासो पनि पिरामिड भत्किसकेकोमा छ ।

नेपाली फुटबलमा हराएको ‘राइभ्लरी’ चैत्र ३, २०८०

हरि खड्का भनेपछि पुलिस, वसन्त थापा भनेपछि मनाङ वा प्रदीप महर्जन भनेपछि थ्री स्टारलाई सम्झिने दिन पनि थिए । तर, अब ती केही रहेनन् । त्यसैले त नेपाली फुटबल बिरामी छ । यस्ता प्रतिद्वन्द्विता, समर्पणभावलाई नेपाली फुटबलमा ब्युँझाइनुपर्छ ।

दश जना बहराइन पठाउन एन्फाले राखेपसँग माग्यो स्विकृति चैत्र १, २०८०

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको थियो । त्यसपछि बिहिबार एन्फा प्रवक्त सुरेश शाह स्विकृति माग पत्रसहित त्रिपुरेश्वरस्थित राखेप कार्यलय पुगेका हुन् ।

ऐनविपरित मलेसिया भ्रमणमा पुगेपछि एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश फाल्गुन ३०, २०८०

बुधबार मन्त्रालयले राखेपलाई पत्र लेख्दै ऐनविपरित भ्रमणमा पुगेको र कारबाही गर्न आदेश जारी गरेको हो ।

एन्फा एकेडेमीका लागि खुल्ला छनोट हुने फाल्गुन २७, २०८०

एन्फाले यु-१३ छात्र/छात्रा एकेडेमीका लागि खेलाडी छनोट गर्न आफ्ना जिल्ला तथा र प्रदेश फुटबल संघलाई पत्रचार गरेको हो ।

नेपाल र बहराइनबीचको खेल दशरथ रंगशालामा नहुने फाल्गुन १८, २०८०

पछिल्लो समय दशरथ रंगशालाको दुबो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको थियो ।

चैतमा स्पोर्टस कनेक्ट हुने फाल्गुन १७, २०८०

भृकुटीमण्डपमा आगामी चैत २२ देखि २४ गतेसम्म हुने कार्यक्रम अन्तर्गत चौथो नेपाल इस्पोर्टस च्याम्पियनसिप तथा नेपाल एक्स्पो, स्पोर्टस एन्ड फिटनेस एक्स्पो र नेपाल स्पोर्टस कन्क्लेभ आयोजना हुनेछ ।

‘ए’ डिभिजन लिग अर्को वर्ष मात्रै हुने फाल्गुन १५, २०८०

एन्फाले सार्वजनिक गरेको क्यालेन्डर अनुसार ‘ए’ डिभिजन लिग अर्को वर्षको पुस १२ देखि २०८२ जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

क्यानको केन्द्रिय सम्झौतामा ३० पुरुष र १९ महिला खेलाडी फाल्गुन १४, २०८०

दुर्वतर्फका खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गिकरण गरिएको छ ।

गोर्खा जिल्ला प्रतिनिधि अमित खत्रीले गरे एन्फा साधारणसभा बहिस्कार फाल्गुन १४, २०८०

उनी विभिन्न बुँदामा असहमति राखिएको पत्र फिफा र एएफसीका प्रतिनिधि, एन्फा अध्यक्ष तथा साधारणसभाका सहभागीलाई दिएर हल बाहिर निस्किए थिए ।

यस्ता छन् असन्तुष्ट पक्षले एन्फा साधारणसभाको विषय सुचिमा असहमति जनाउनुको कारण फाल्गुन १४, २०८०

एन्फा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष तथा सात सदस्यले कार्यसमिति बैठकबाट पास नभएका एजेन्डा फिर्ता नलिएका कारण उदघाटन सत्र पनि बहिस्कार गरेका थिए ।

‘बी’ डिभिजनका १३ क्लबले पनि गरे एन्फा साधारणसभा बहिस्कार फाल्गुन १४, २०८०

‘बी’ डिभिजनकाे प्लानिङ ब्वाइजबाहेक १३ क्लबले साधारणसभा बिहिस्कार गरेका हुन् ।

१० पदाधिकारीले गरे एन्फा साधारणसभा बहिस्कार फाल्गुन १४, २०८०

वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष तथा सात सदस्यले कार्यसमिति बैठकबाट पास नभएका एजेन्डा फिर्ता नलिएका कारण उदघाटन सत्र पनि बहिस्कार गरे ।

एन्फा साधारणसभा आज हुँदै फाल्गुन १४, २०८०

साधारणसभामा प्रस्तुत गर्ने विषय सुचि तय गर्न यही फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु थपिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार)सहित कार्यसमितिका १० सदस्यले विरोध जनाएका छन् ।

एन्फा साधारणसभाः विषय सुचिमा कार्यसमितिका बहुमत सदस्यको असहमति फाल्गुन १३, २०८०

लामा सम्पर्कविहिन भएपछि कार्यसमितिमा अब २० जनामात्र बाँकी छन् । त्यसमा कुनै पनि विषयमा मत बराबर भएमा मात्र अध्यक्षले निर्णायक मत हाल्ने प्रावधान छ । पहिलो चरणमै १० सदस्यले विरोध जनाएपछि बहुमत नेतृत्वको विपक्षमा देखिन्छ ।

एन्फालाई केन्द्रिय सदस्य मल्लको ध्यानाकर्षण फाल्गुन ९, २०८०

मल्लले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् ।

एन्फा कार्यसमिति बैठकले पाँचौं दिनमा पूर्णता पायो फाल्गुन ७, २०८०

बिहीबारका लागि बोलाइएको बैठकले सोमबार पूर्णता पाएको हो।

एन्फा कार्यसमिति बैठकले चौथो दिनपनि पूर्णता पाएन फाल्गुन ६, २०८०

बैठकको एजेन्डा नम्बर चार संघको फागुन १४ गते हुने नियमित साधारण सभामा संघको आर्थिक नियमावली र कार्यवीधी संसोधन बारेको छलफलमा असहमती भएपछि आइतबारको बैठक स्थगित भएको हो ।

क्यान अध्यक्षलाई उपाध्यक्ष सिंहको प्रश्नः लिग २ छाडेर दीपेन्द्रलाई किन फ्रेन्चाइज लिग खेल्ने अनुमति दिइयो ? फाल्गुन ४, २०८०

अध्यक्ष चतुरबहादुर चन्दलाई इमेल गर्दै सिंहले लिग २ को घरेलु शृंखला छोडेर विदेशी फ्रेन्चाइज लिग खेल्न क्यानले किन स्वीकृति दियो? भनी प्रश्न गरेका छन् ।

एन्फा कार्यसमिति बैठक आज पनि स्थगित फाल्गुन ४, २०८०

बैठको एजेन्डा नम्बर दुई संघको आर्थिक वर्ष २०८०/८१ को वार्षीक बजेट बारेमा असहमती भएपछि बैठक स्थगित भएको हो ।

एन्फा महासचिवविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी फाल्गुन ४, २०८०

आफूलाई फुटबल समर्थक बताउने सरिता परियारले अख्तियारमा एन्फा महासचिव राईले खेल पोशाक उत्पादन कम्पनी केटिएम सिटीसँग २५ लाख रुपैयाँ घुस लिएको दावीका साथ उजुरी गरेकी छन् ।

आज स्थगित एन्फा कार्यसमिति बैठक शुक्रबार बस्ने फाल्गुन ३, २०८०

दुई सदस्यले विधानअनुसार माग गरेका एजेन्डा थप नगरेसम्म उपस्थितीमा हस्ताक्षर नगर्ने भन्दै बहुमत ११ सदस्यले विरोध जनाएपछि बैठकको कोरम पुगेको थिएन ।

एन्फा कार्यसमितिभित्र अध्यक्ष नेम्वाङ अल्पमतमा, कोरम नपुगेर बैठक स्थगित फाल्गुन ३, २०८०

२१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बैठक चल्न सकेन ।

फेरी सर्यो ‘सी’ डिभिजन लिग माघ २९, २०८०

फागुन १५ गतेबाट हुने भनिएको सबभन्दा तल्लो श्रेणीको लिग अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैतको २२ बाट गर्ने भन्दै सारेको छ ।

एन्फाको स्वीकृतिप्राप्त प्रतियोगितामा अनुशासनको कार्वाहीमा परेका खेलाडी माघ २२, २०८०

शनिबार नेपाल पुलिस तथा सोमबार त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा रारा क्लबले एन्फाको अनुशासन कार्वाहीमा परेका दुई नाइजेरियाली खेलाडी मार्टिन कयोडे अजयी र पिटर सेगुन मैदान उतारेको थियो ।

एन्फा अध्यक्ष नेम्वाङलाई जवाफ फर्काउँदा विमानस्थलबाटै फर्काइए रेफ्री शाक्य माघ १७, २०८०

साफ च्याम्पियनसिप जस्तो ठूलो अवसरका लागि तयार रहेकी शाक्य हातमा नियुक्ति पत्र, भिसा र टिकट हुनका बावजुद अध्यक्ष नेम्वाङलाई जवाफ फर्काएकी कारण प्रतियोगितामा सहभागी हुन पाइन् ।

एन्फाले कारबाही गरेको पत्र आएको छैनः मध्यपुर माघ १६, २०८०

एन्फाले सत्यतथ्य छानविन गर्न अनुशासन कमिटीलाई पत्र काटेको छ । जुन हालसम्म निर्णय हुन सकेको छैन ।

दोेस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल माघ अन्तिम साता माघ १६, २०८०

प्रतियोगितामा प्रथम हुने वडाले नगद र २ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछ ।

एसिसीको साधारणसभामा अध्यक्ष चन्द र सचिव खड्का सहभागी हुने माघ १३, २०८०

एसिसीको वार्षिक साधारणसभा इन्डोनेसियामा जनवरी ३१ मा हुँदैछ ।

प्रधानमन्त्री कपः एकदिवसीय प्रतियोगिता, सोच ट्वान्टी–२० को माघ १३, २०८०

प्रधानमन्त्री कप क्रिकेटमा फरक मैदान अनि फरक परिणामका कारण खेलाडीको स्तरमापन गर्न गाह्रो भइरहेको छ । जसले गर्दा प्रतियोगिता आयोजनामै आलोचना भइरहेको छ भने खेलाडीको प्रदर्शनप्रति पनि प्रश्न उठेको छ ।

एन्फा महासचिव राईमाथि किर्ते र ठगीको आरोप माघ ८, २०८०

पत्रमा भनिएको छ,‘उपरोक्त विषयमा छानबिन गरी कार्यसमितीको निर्णय लेख्ने आधिकारिक व्यक्ति एन्फा महासचिव उपर किर्ते, ठगी र मनमानी तरिकाले माइन्युट लेखिएको विषयमा कारबाही प्रक्रिया अघि बढाई, एन्फालाई वैधानिक र पारदर्शिताको बाटो अवलम्बन गर्न प्रेरित गरिदिन सादर अनुरोध गर्दछु ।’

बंगलादेशका हुसेनलाई २ वर्ष निलम्बन माघ ३, २०८०

आईसिसीले आबु दाबी टी१० लिगमा भ्रष्टाचार विरोधी कार्य गरेको ठहर गर्दै आगामी दुई वर्ष कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउनेगरी कारबाही गरेको हो ।

सिईओ नियुक्ती बदर गर्न वरिष्ठ उपाध्यक्ष खड्काको उजुरी माघ २, २०८०

खड्काले मंगलबार एन्फा अपिल कमिटीमा उजुरी दर्ता गराएका हुन् ।

जावलाखेलको अध्यक्षमा पुनः क्षेत्री माघ २, २०८०

१४ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा राजु बोगटी, उज्वल कर्माचार्य र महेश चन्द्र महत छन् ।

क्यानको महाप्रबन्धक नियुक्ति पारस हाबी भएको आरोप, सर्वोच्च जाने धम्की पुस २५, २०८०

असन्तुष्ट नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त नियुक्ति ७२ घण्टा भित्र नसच्चाए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने धम्की दिएका छन् ।

एपिएफको उजुरीमा एन्फाद्वारा थ्री स्टार दोषी ठहर पुस २४, २०८०

एन्फाको अनुशासन समितिले पुस १५ गते एपिएफको उजुरीमाथि निर्णय गर्ने क्रममा थ्री स्टारका दुई विदेशी खेलाडी तथा क्लबलाई दोषी ठहर गरेको छ ।

एन्फासँगकाे बैठकमा उपस्थित भएनन् ‘बी’ डिभिजन क्लब पुस २२, २०८०

बैठक दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने तय थियो । तर कुनैपनि क्लब बैठकमा उपस्थित भएनन् ।

स्पोर्टस अवार्ड माघ दोस्रो साता पुस २२, २०८०

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कार स्वरुप पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य चार विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।

एन्फा कार्यसमिति बैठककाे निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ पुस २२, २०८०

उनीहरुले विभिन्न कर्मचारीलाई विना सुचना कामबाट हटाउन निर्णय गरेको, एन्फा महासचिव किरण राईकी भान्जी ज्योति राईलाई विनाछलफल मेडिकल कन्सलटेन्टमा नियुक्त गरिएको, हेटौंडामा भएको विशेष साधारणसभाको खर्च विवरण कार्यसमितिमा छलफल नै नगरी अनुमोदन गरिएकोलगायतका निर्णयमा असन्तुष्टि जनाएका छन् ।

एन्फा बहुमत सदस्य मध्यपुर युथ कारबाहीको विपक्षमा पुस २२, २०८०

एन्फाको यहि निर्णयमा कार्यसमितिका ११ सदस्यले सयुंक्त हस्ताक्षरणसहित असहमती जनाएका हुन् ।

एनएसएलको दर्शक उत्साहले एन्फा जाग्ला ? पुस २१, २०८०

एनएसएलले बनाइदिएको माहोलमा भटाभट प्रतियोगिता गरे चरम आर्थिक संकटको दुरुह अवस्था पुगेको एन्फा नेतृत्वको व्यक्तिगत स्वार्थ पनि फुटबलले नै पूरा गर्न सक्छ । तर, त्यसका लागि अब पनि लाजसमेत लजाउने खालका हर्कतमै रमाउने छुट एन्फा नेतृत्वसँग हुने छैन ।

एन्फा कार्यसमिति बैठकः खेलाडीको पक्षमा भएको निर्णय माइन्युटबाट गायब, महासचिव भन्छन्ः टाइप मिस्टेक भयो पुस १८, २०८०

यही पुस २ गते एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निशुल्क पास वितरण पूर्ण रुपमा बन्द गरि टिकट विक्रीबाट उठेको रकमबाट २० प्रतिसत सन्बन्धित खेलमा सहभागी हुने खेलाडीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।