फाल्गुन ९, २०८२ शनिबार | ००:२२:४९
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

विवाद अन्त्यका लागि लचकता अपनाउन तयार छौंः एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ

‘स्पोर्टस डायलग’ कार्यक्रममा आफ्नो धारणा राख्दै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ (दायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा अहिले देखिएको विवादलाई अन्त्य गर्न एनओसी हदैसम्मको लचकता अपनाउन तयार रहेको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले ओलम्पिक दिवसको अवसरमा आइतबार ओलम्पिकमा नेपालको सहभागिता विषयमा आयोजना गरेको ‘स्पोर्टस डायलग’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले भने,  ‘यस्ता द्वन्द्व भएसम्म खेलकुदको विकास हुन सक्दैन, त्यसैले चाँडै यसको समाधान हुनुपर्छ । नेपाली खेलकुद र खेलाडीको विकास र उत्थानका लागि एनओसी कति झुक्नुपर्ने हो त्यती झुक्न तयार छ ।’

यसैगरी उनले युवा तथा खेलकुद मन्त्रालय र एनओसी मिलेर एउटा स्पष्ट गाइडलाइन तयार पार्नुपर्ने प्रस्ताव पनि अगाडि सारेका छन् ।  

अध्यक्ष श्रेष्ठले भने, 'नेपाली खेलकुदको समस्या सदाका लागि समाधान गर्ने हो भने सरकार र ओलम्पिक कमिटी बसेर गाइडलाइन तयार गर्नै पर्छ । खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी र राष्ट्रिय खेल संघहरुले गर्ने कामको स्पष्ट खाका बनाउँ । यसो भएमा प्रत्येक निकायको कर्तव्य र जिम्मेवारी स्पष्ट हुनेछ। कसैको कोही प्रति आग्रह पुर्वाग्रह हुने छैन ।’

गत पुसमा नयाँ निर्वाचन भएयता युवा तथा खेलकुद मन्त्रालय र एनओसीबिच दूरी बढेको छ । श्रेष्ठले खेलकुद विकास ऐनलाई अटेरी गर्दै निर्वाचन गराएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एनओसीको कार्यालयमा ताला लगाएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भने सो निर्वाचनलाई मान्यता दिइसकेको छ ।

कार्यक्रममा राष्ट्रिय खेल संघको प्रतिनिधित्व गरेका नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनओसीको द्वन्द्वले संघहरु ‘स्यान्डविच’ भइरहेको तर्क गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा अन्तर्राष्ट्रिय खेल कानुन नै मान्नुपर्ने र यो नेपाल ओलम्पिक कमिटीबाट मात्र सम्भव भएको बताए ।

उनले संघहरू विघटन युवा तथा खेलकुद मन्त्रालय र एनओसी द्वन्द्वको प्रतिफल रहेको जिकिर पनि गरे । ‘युवा तथा खेलकुद मन्त्रालय, राखेप र एनओसीबीचको विवादले नै धेरै खेल संघहरू विधटन भएका छन् । खेल संघका बजेट कटौती भएको छ । यो नेपाली खेलकुदका लागि राम्रो होइन,’ अध्यक्ष घलेले भने ।

यसैगरी ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले राखेप र ओलम्पिक कमिटीको विवादले खेलाडीमारमा परेको बताइन् ।

उनले ओलम्पियन भनेरभन्दा पनि ओलम्पिक पदकधारी भनेर चिनिनका लागि अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने धारणा राखिन् । उनले ओलम्पिकमा पदक जित्नुभन्दा पनि ओलम्पिकमा छनोट कसरी हुने भन्ने विषयमा खेल निकाय केन्द्रीत हुनुपर्ने बताइन् ।

यसैगरी एनएसजेफका अध्यक्ष निरञ्जन अधिकारीले मञ्चको समन्वयमा सरकार र ओलम्पिक कमिटबिचको विवाद सल्टाउन एनओसीले लचिलो भएर अगाडि बढ्न देखाएको तत्परताको स्वागत गर्दै मञ्चले खेलकुद मन्त्रालय र राखेपसँग पनि यस्ता कार्यक्रम गरी विवाद अन्त्यका लागि  पहल गर्ने बताए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||