पुस १५, २०८२ बुधबार | २१:४९:१५
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित

रवि राजकर्णिकार र निलेन्द्रराज श्रेष्ठलाई ओसिएको कारबाही

काठमाडौं । ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले नेपाल घोड्चढी संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई कारवाही गरेको छ ।

ओसिएको नैतिक समितिले उनीहरूलाई पत्र काट्दै ९० दिनसम्मका लागि ओसिएका कुनै पनि किसिमका कार्यमा सहभागी हुन नपाउने गरि प्रतिबन्ध गरिएको जानकारी गराएको छ ।

उनीहरूको यो प्रतिबन्ध मे १८ देखि लागु हुनेछ ।

ओसिए नैतिक समितिका प्रमुख देवन्द्रनाथ सरान्गीले हस्ताक्षर गरेको पत्रमा उनीहरूले नेपाल ओलम्पिक कमिटी  -(एनओसी) र नेपाली खेलाडीको हितविपरित कार्य गरेको, एनओसी र ओसिएसँगकाे सम्झौता अनुसारकाे जिम्मेवारी निर्वाह गर्न नसकेको, ओसिएको निर्देशनहरूको पालनमा नगरेको जस्ता आरोप लगाइएको छ ।

उनीहरूलाई  एनओसी र ओसिएको सिफारिसका आधारमा कारबाही गरिएको ओसिए नैतिक समितिले जनाएको छ ।

सदस्यता नपाएको भन्दै पाँच खेल संघले  एनओसीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि ओसिएको पहलमा मार्च १० मा कुवेतमा एनओसी र पाँच संघबीच बैठक बसेकाे  थियो ।

त्यस्तै  मार्च ११ मा ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकबाट दुई बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सरोकारवाला पक्षबीचको बैठकले १५ दिनभित्र एनओसीको विशेष साधारणसभा बोलाएर एनओसीविरुद्ध अदालतमा मुद्दा  दायर गरेका पाँच संघलाई पूर्ण सदस्यता प्रदान गर्ने र सबै संघले विना सर्त तत्काल मुद्दा फिर्ता लिने सम्झौता भएको थियो । त्यहीअनुसार मार्च १९ मा एनओसी विशेष साधारणसभाले सबै पाँच संघलाई सदस्यता दिएको थियो ।

सदस्यता पाएपछि चार संघले अदालतबाट मुद्दा  फिर्ता लिए पनि घोडचढी संघले भने मुद्दा फिर्ता लिएको थिएन । ओसिएका महानिर्देशक हुसेनले मार्च २४ मा  घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारलाई पत्र लेख्दै सम्झौताअनुसार मुद्दा  फिर्ता लिन दबाब दिएका थिए । तथापि राजकर्णिकारले अझैसम्म मुद्दा  फिर्ता लिएका छैनन् ।

कुवेत सम्झौतामा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, मोडर्न पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले हस्ताक्षर गरेका थिए ।

उक्त बैठकमा एनओसीका पूर्व महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको बताइएको थियो ।


भिडियो
Private video
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC