कार्तिक १८, २०८२ मंगलबार | ००:०६:४७
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

एन्फा विवादः कार्यसमिति बैठक स्थगित, मंगलबार दिउसो बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघको बैठक भोली मंगलबार दिउसो बस्ने गरि स्थगित भएको छ ।

सोमबार दिउसो ३ बजेका लागि बोलाइएको बैठकका लागि महासचिव किरण राईले १६ एजेन्डा समावेश गरेका थिए ।

तर त्यसमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार)लगायत सात सदस्यले माग गरेका एजेन्डा नराखिएकोमा विरोध भएपछि सोमबार बैठक स्थगित भएको थियो ।

माघ १० गते वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसी तथा सदस्यहरु रुपेश अधिकारी, रमेश व्यन्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामाले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न भनि कार्यसमिति बैठक बोलाउन सामूहिक माग गरेका थिए ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ (दायाँ) र महासचिव किरण राई । तस्बिरः एन्फा

विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा चार पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहे पनि लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका कृयाकलाप भइरहेको भन्दै कार्यसमिति बैठक माग गरिएको थियो ।

बैठक माग गर्ने क्रममा सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारणसभाको लागि एन्फाको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ, महिला लिग, महिला एकेडेमी, मिसन २०२७-२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन, शीर्ष डिभिजन लिग, खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण, आन्तरिक लेखा परिक्षण प्रतिवेदन, बी डिभिजन लिग र प्रेसिडेन्ट लिग, महासचिव लगायत सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकन लगायतका एजेन्डामा छलफल हुनुपर्ने माग सात कार्यसमिति सदस्यले राखेका थिए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का बैठकमा आफ्ना भनाई राख्दै । तस्बिरः एन्फा

तर सोमबारलाई बोलाइएको बैठकका एजेन्डामा उनीहरुको मागबमोजिम शीर्ष डिभिजनको लिग, सुर्खेत जिल्ला फुटबल संघ तथा कर्णाली प्रदेश र महासचिव र सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकनका विषय समावेश थिएनन् ।


एन्फाको वैधानिक व्यवस्थाअनुसार कार्यसमितिका एकतिहाई सदस्यले माग गरेपछि २१ दिनभित्र बैठक बोलाउनुपर्छ । तर एन्फा अध्यक्षले बैठक माग गरेको २१ औं दिनमा बैठकको मितिमात्र तय गरेका थिए । जसअनुसार माग गरेको ४० औं दिनमा बैठक बसेको हो ।

बैठकका लागि एन्फा महासचिवले पठाएका १६ बूदें एजेन्डामा नियमित साधारणसभा, आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम र बजेट, २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन मिडिया मार्केटिङ एजेन्सी नियुक्ति, पदपूर्ति समितिको निर्णय अनुमोदन, ग्रासरुट कार्यक्रमको खेल सामाग्री खरिद, आर्थिक नियमावली र कार्यविधि सच्याउने, होटल सूचिकृत गर्ने, सेलवेज क्यास र क्यारी प्रालिको हिसाव फरछ्योट, महिला लिग, एकेडेमी, मिसन २०२७–२०३१, सिस्नेरी घटना, प्रेसिडेन्ट लिग, खेलाडी पुरस्कार, निर्वाचन समिति र पुनरावेदन समिति तथा विविध विषय संलग्न थिए ।

सोमबार सम्पन्न हुन नसकेको एन्फा कार्यसमिति बैठक । तस्बिरः एन्फा

बैठकमा आफूले माग गरेका सबै एजेन्डा राख्न वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा सात सदस्यले माग राखिरहेपछि सोमबारको बैठक सम्पन्न हुन नसकेको बताइएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङले ती विषयलाई विविध शीर्षकमा छलफल गर्न प्रस्ताव गरे पनि उनीहरुले नमानेको एन्फा संस्थापनले जनाएको छ ।

जवकि वरिष्ठ उपाध्यक्ष खड्काले नेतृत्वमा शीर्ष डिभिजनको लिग गर्ने र एन्फाभित्रका कुशासन हटाउनेमा उदासिनता देखिएको आरोप लगाए ।

‘उहाँहरुले विधानविपरित टालटुले कुरा गर्नुभयो । हामीले विधानअनुसार उठाएका एजेन्डामा छलफल हुनैपर्ने अडान राख्यौं । अब बैठक भोली दिउसो १ बजे बस्ने भनेर स्थगित भएको छ,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA