चैत्र १७, २०८२ मंगलबार | ०३:११:४८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं'

तस्बिर सौजन्यः अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी

काठमाडौं । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बिहीबार सार्वजनिक गरिएको एनओसी तदर्थ समितिका ९ सदस्यसँग सात दिने स्पष्टिकरण माग गर्ने जनाएको छ ।

शुक्रबार कार्यसमितिको ३१औं बैठकबाट यस्तो निर्णय गरिएको महासचिव राजीव श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ को व्यवस्थाविपरित घोषणा गरिएको तथाकथित तदर्थ समितिका ९ जना सदस्यमध्ये एनओसीको विधानअनुसार सम्बन्धित व्यक्तिहरुलाई सात दिनभित्र जवाफ पेश गर्ने गरि स्पष्टीकरण माग गर्ने र उक्त पत्र सम्बन्धित अन्तर्राष्ट्रिय निकायमा बोदार्थ पठाउने निर्णय भएको छ,’ महासचिव श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

तदर्थ समितिले एनओसी, आइओसी, ओसिए र एनकको लोगो तथा सातदोबाटोस्थित एनओसी मुख्यालय भवन प्रयोग गरेकोमा पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले आपत्ति जनाएको छ । तदर्थ समितिले यी सबथोक प्रयोग गर्नु आफैमा अनधिकृत रहेको भन्दै त्यसो नगर्न र जबरजस्ती गर्नेलाई कार्वाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको महासचिव श्रेष्ठले जनाएका छन् ।

‘आइओसी र ओसिएको पूर्ण सहयोगमा निर्माण भएको ओलम्पिक भवन आधिकारिक कमिटी जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहजीकरणका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठले विज्ञप्तिमा अगाडि लेखेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो