पुस १५, २०८२ बुधबार | २१:४९:००
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित

आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले जीवनराम श्रेष्ठ अध्यक्ष रहको नयाँ कार्यसमितिलाई कारवाही र बिघटन गर्न मागसहित दुई तिहाई खेल संघले युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र दिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार विभिन्न २२ खेल संघका पदाधिकारीले एनओसीको नयाँ कार्यसमितिलाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापन पत्र बुझाएका थिए ।

तर एनओसीले भने ज्ञापनपत्र बुझाउनेमध्ये धेरैजसो मान्यता नभएका पदाधिकारी रहेको दाबी गरेको छ ।

‘नेपालको खेलकुद विकास ऐन २०७७ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता प्राप्त अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ रहेको नेपाल ओलम्पिक कमिटीलाई कारवाही र बिघटन गर्न माग गरी दुई तिहाई संघले युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र दिएको भन्ने समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ एनओसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैगरी एनओसीले आफूमाथि लागेका सम्पूर्ण आरोप झुटा निराधार रहेको पनि बताएको छ ।

‘नेपालको खेलकुद ऐन र ओलम्पिक बडापत्रको व्यवस्था अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य खेल संघ हुनको लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघले मान्यता प्रदान गरेको राष्ट्रिय खेल संघका अध्यक्ष भएका संघ मात्र आधिकारिक हुन्छन् । यस्तो स्पष्ट व्यवस्था हुँदा हुँदै तथाकथित दुई तिहाई संघले कारवाहीको माग गरेको भनि गलत र भ्रामक समाचार सम्प्रेषण गराउनु संचार संस्था माथि विश्वासघात र बेइमानीपूर्ण कार्य हो । ओलम्पिक कमिटीमाथि लगाइएका आरोपहरू झुटा र निराधार हुन्,’ एनओसीले भनेको छ, ‘यस्तो कार्य गर्ने र गराउने व्यक्ति तथा संस्थाप्रति नेपाल ओलम्पिक कमिटी दुःख र खेद प्रकट गर्दछ । नेपाल ओलम्पिक कमिटीको निर्वाचनसँग सम्बन्धित रहेर उत्पन्न विवादको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको सर्वविदितै छ । यसरी अदालतमा मुद्दा विचाराधिन अवस्थामै रहँदा यो वा त्यो नाममा ओलम्पिक कमिटीलाई कारवाही गर्ने माग राख्दै निवेदन दिनु भनेको न्यायपालिका माथीको हस्तक्षेप हो । यो कार्य निन्दनीय र आपत्तिजनक छ ।’ 

अदालतको आदेशविपरित साधारणसभा गरेको आरोपमा सरकारले एनओसी अवैधानिक भएको भन्दै कार्यालयमा ताल्चा मारेको छ । युवा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार गृह मन्त्रालयले प्रहरी पठाएर सातदोबाटोस्थित एनओसी मुख्यालय कव्जामा लिएको हो ।

अदालतको आदेश नमानेको भन्दै सरकारले एनओसीका पदाधिकारी तथा सदस्यहरुलाई विदेश भ्रमणमा समेत रोक लगाएको छ । अध्यागमनले नेपालको विमानस्थल प्रयोग गरेर विदेश आउजाउमा रोक लगाएपछि एनओसीका पदाधिकारी तथा सदस्यहरु भारतको बाटो हुँदै विदेशमा हुने कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन् ।

पुस दोस्रो साता सम्पन्न एनओसीको साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ महासचिवमा सर्वसम्मत भएका थिए ।

आफूहरूले एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।

जहाँ अदालतले स्टे अर्डर जारी गरेर चुनाव नगर्न आदेश जारी गरेको थियो । एनओसीले भने अदालतको आदेश आफूहरुले नपाएको भन्दै साधारणसभा आयोजना गरेको थियो ।

अदालतमा मुद्धा परेको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले एनओसी निर्वाचनलाई अवैधानिक भन्दै आएका छन् ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को पहलमा मुद्धा दर्ता गराउने संघ र एनओसीका पदाधिकारीहरुको बीचमा कुवेतमा बैठक आयोजना गरि सहमति गरिएको थियो । दुई महिनाअघि भएको उक्त कुवेत सम्झौतामा एनओसीले तत्काल सबै पाँच संघलाई सदस्यता दिने र संघहरुले विना सर्त अदालतमा दायर गरेको मुद्धा फिर्ता लिने उल्लेख थियो । ओसिएकै नेतृत्वमा भएको उक्त सम्झौताअनुसार एनओसीले दुई महिनाअघि नै सबै संघलाई सदस्यता दिइसकेको छ भने घोड्चढीबाहेकका संघहरुले पनि मुद्धा फिर्ता लिइसकेका छन् ।


भिडियो
Private video
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC