चैत्र १६, २०८२ सोमबार | ०२:२१:३१
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ।

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समयदेखि अलपत्र रहेको १०औं वृहत राष्ट्रिय खेलकुद आयोजनाको विषयमा छलफल गर्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक बोलाएका छन् ।

परिषदको अध्यक्ष रहने मन्त्री गुप्ताले यही कार्तिक १९ गते बुधबार दिउसो २ बजेका लागि मन्त्रालयमा परिषदको १२३औं बोर्ड बैठक बोलाएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले खेलाडी डटकमलाई जानकारी गराए ।

उनका अनुसार मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद र विविध विषय मात्र समावेश गरि एजेन्डासहित बोर्डका सबै पदाधिकारी र सदस्यलाई सूचित गर्न दिएको निर्देशन बमोजिम सदस्यसचिव टंकलाल घिसिङले बैठक आह्वान गरेका छन् ।

गतवर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने थियो । तर बजेटमा आवश्यक रकम छुट्याइनाका बावजुद सरकार तथा परिषदभित्रको दलीय राजनीतिका कारण राष्ट्रिय खेलकुद पटकपटक सर्दै आएको थियो  । पछिल्लो पटक निवर्तमान मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरका लागि तोकेको राष्ट्रिय खेलकुद नयाँ मिति समेत नतोकी अनिश्चित कालका लागि स्थगित गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली एमालेबाट, मन्त्री चौधरी काग्रेसबाट तथा सदस्यसचिव घिसिङ माओबादीबाट भएकोले राजनीतिक भागबण्डा नमिलेकै कारण नेपाली खेलकुदको सबभन्दा ठूलो मेला अनिश्चित बन्दै आएको मन्त्रालयका कर्मचारीहरुको अनुभव छ ।

‘विगतमा प्रधानमन्त्री देखि मन्त्री र सदस्यसचिवका आ-आफ्नै स्वार्थका कारण राष्ट्रिय खेलकुद हुन सकेको थिएन । अहिले मन्त्रीज्युको यसमा विशेष चासो छ । जसरी पनि गराउने पक्षमा मन्त्रीज्यू हुनुहुन्छ,' ती कर्मचारीले भने,'तर सरकारको खरिद प्रकृया तथा फागुनका लागि घोषित चुनावका कारण यो वर्ष हुन चाँही गार्हो छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो