चैत्र १६, २०८२ सोमबार | ०२:२१:०७
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री

काठमाडौं । बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तासँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमलाई सपथ दिलाए ।

गत भदौ २३ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा अन्यायपूर्ण सरकारी दमन भएको थियो । परिणामस्वरुप भदौ २४ मा आन्दोलन अनपेक्षित रुपमा चर्किएपछि कांग्रेस-एमाले गठबन्धनको सत्ता ढल्यो ।  त्यसपछि मुलुकको राजनीतिले नयाँ बाटो समात्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनिन् ।

आइतबार कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । यसअघि उनले भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । गुप्ता र गौतमको नियुक्तिसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो