पुस १५, २०८२ बुधबार | २१:४७:४२
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित

जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन

काठमाडौं । अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ३० खेल दर्ता गराउँदा नेपाली खेलकुदको सानका रुपमा रहँदै आएको तेक्वान्दोलाई समावेश गरेको छैन ।

सरकारसँग द्वन्द्व चलिरहेका बेला एनओसीले संघहरुले जनाएको इच्छाका आधारमा नेपालले भाग लिने खेलको सूचि पठाउँदा विगतमा थुप्रै अन्तर्राष्ट्रिय पदक जित्दै आएको तेक्वान्दोसँगै बलियो सम्भावना रहेको भनिएको महिला फुटबल पनि अटाएको छैन ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले २०औं एसियाली खेलकुदका लागि सहभागिता जनाउन चाहेको खेलको संख्या र नाम दर्ता गराउने समयसिमा सोमबार सकिएको र त्यसअघिसम्म युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पटकपटक पत्राचार गरे पनि बेवास्था गरेको बताए ।

मन्त्रालय र परिषदले बेवास्था गरेपछि सोझै संघहरुलाई पत्राचार गरेको र संघहरुले जनाएको इच्छाका आधारमा मात्र खेलहरु दर्ता गराइएको श्रेष्ठको भनाई थियो ।

‘हामीले पटकपटक सरकारलाई समयसिमाबारे जानकारी गराउँदै पत्राचार गर्यौं । हामीले परिषद र मन्त्रालयसँग नेपालले सहभागिता गराउने खेलको सूचि पनि माग्यौं । तर सरकारी पक्षबाट त्यसको कुनै जवाफ आएन । त्यसपछि संघहरुलाई सहभागिता जनाउन चाहने भए नाम पठाउन भन्यौं । त्यही अनुसार संघहरुले पठाएको पत्रका आधारमा हामीले ३० खेल दर्ता गरेका हौं,’ श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘सहभागिताको लागि हाम्रो पत्रको जवाफ नपठाएका संघहरुलाई समावेश गर्न सकिएन ।’

अहिले दर्ता नगरे पनि सरकारसँग समन्वयको प्रयास जारी राख्ने र भोलीका दिनमा सरकार तथा छुटेका संघले सहभागिता जनाउन चाहेमा आफूहरुले प्रयास चाँही गर्ने एनओसी अध्यक्ष श्रेष्ठले बताए ।

‘अब हाम्रो अधिकार चाँही सकिएको छ । समयसिमापछि हामीले चाहेरमात्र हुँदैन । अब हामी अनुरोध गर्ने अवस्थामा झरेका छौं । त्यो आवश्यक परे हामी गर्छौ,’ उनले थपे ।

एनओसीले ओसिए तथा स्थानीय आयोजकले तोकेअनुसारको समयसिमाभित्र दर्ता गराएका ३० खेलको सूचीमा एथ्लेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल तथा सफ्टबल, र्याफ्टिङ तथा कनोइङ, कुराँश, क्रिकेट, साइक्लिङ, इ स्पोर्टस, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्ट्राथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती र उसु छन् ।

निर्वाचनसम्बन्धि विवादलाई लिएर सरकारले एनओसीलाई अवैधानिक भन्दै आएको छ । सरकारले एनओसी मुख्यालयमा ताल्चा मार्नुका साथै एनओसी पदाधिकारीहरुलाई विदेश भ्रमणमा समेत रोक लगाइरहेको छ ।


भिडियो
Private video
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC