फाल्गुन ९, २०८२ शनिबार | ००:२६:२६
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी

काठमाडौं । अखिल नेपाल फुटबल संघको अपिल कमिटीले बिहीबार दुई वर्षदेखि रहेको मुद्धामा निर्णय गरेपछि नेपाली फुटबलमा कुनै समय महारथीको छवि बनाएको थ्री स्टार क्लबले शीर्ष डिभिजनको हैसियत गुमाएको छ ।

दुई वर्षअघि सम्पन्न लिगमा जावलाखेल युथ क्लबविरुद्धको विवादास्पद खेलको नतिजा १–० ले पक्षमा पार्दै थ्री स्टारले रेलिगेसन टारेको थियो । तर सोही नतिजाका कारण रेलिगेसनमा परेको सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफ फुटबल क्लबले उक्त खेलमा थ्री स्टारले अवैधानिक खेलाडी मैदान उतारेको भन्दै उजुरी गरेको थियो ।

थ्री स्टार र जावलाखेलबीचको खेलमा भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै एपिएफले उजुरी गरेको थियो । एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कार्वाही गर्न एन्फामा दुई वर्षअघि २०८० जेठ २८ गते उजुरी गरेको थियो ।

उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो । तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेको थियो ।

अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । जसमा आज अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३–० को नतिजामा पराजित हुने निर्णय गरेको एन्फाका एक वरिष्ठ पदाधिकारीले खेलाडी डटकमलाई जानकारी गराए ।

ती पदाधिकारीका अनुसार दुवै क्लबलाई औपचारिक पत्र काट्ने काम भने भइसकेको छैन ।

थ्री स्टारका दुई विदेशी खेलाडी पिटर सेगुन र अजय मार्टिन्सको भिसा सकिएपछि उनीहरुलाई एक खेलमा मैदान उतारिएको थिएन । तर थ्री स्टार रेलिगेसनको चर्को दबाबमा रहेका कारण अन्तिम खेलमा उनीहरुलाई जावलाखेलविरुद्ध मैदान उतारिएको थियो ।

पछिल्लो समय एन्फाबाट फिफा कनेक्टमा दर्ता भएपछि मात्र कुनै पनि खेलाडीले मैदान उत्रिन पाउने व्यवस्था छ । जावलाखेलविरुद्धको खेलमा पनि दुई विदेशी खेलाडीलाई थ्री स्टारले फिफा कनेक्टमा दर्ता गरेपछि मात्र मैदान उतारेको थियो । आफैले फिफा कनेक्टमा दर्ता गरेको खेलाडी अवैधानिक प्रमाणित भएपछि एन्फाको आफ्नै गल्ती देखिने भएपछि लामो समय यो विषय अनिर्णित रहेको एन्फाका पदाधिकारीहरु बताउँछन् ।

‘यसमा दुवै क्लबको गल्ती देखिन्न । एपिएफको यसमा कुनै भूमिका छैन भने अवैधानिक खेलाडी खेलाए पनि थ्री स्टारले फिफा कनेक्टमा एन्फाले कसरी दर्ता गर्यो भनेर प्रश्न गर्न सक्थ्यो । यही कारण निर्णय गर्न व्यवहारिक रुपमा अप्ठेरो भइरहेको थियो । तर अब लिगको साइकल पूरा भइसकेकाले निर्णय नगरि भएन,’ एन्फाका ती पदाधिकारीले भने ।

उक्त लिग चलिरहँदा फिफा कनेक्ट चलाएका एन्फाका पूर्व कर्मचारी अमित खत्रीले थ्री स्टारका दुवै खेलाडी अवैधानिक भएको भन्ने थाहा हुँदा हुँदै पनि नेतृत्वको ठाडो निर्देशनमा फिफा कनेक्टमा दर्ता गरेको स्वीकार गरेका छन् ।

‘ती खेलाडीहरुको तीन महिनाको भिसा छ भनेर खेलाइरहेका थिए । भिसा सकिने बेला आएपछि मैले समयमै क्लब र एन्फालाई जानकारी गराएको थिएँ । तीन महिनाको भिसा समय सकिएपछि पनि मैले खेलाउन पाइदैन भनेपछि एक खेलमा उनीहरुलाई खेलाइएन,’ खत्रीले खेलाडी डटकमसँग भने, ‘पछि माथिको आदेशमा मैले उनीहरुलाई फिफा कनेक्टमा दर्ता गराएको हुँ । मैले हुँदैन भन्दा पनि केही फरक पर्दैन, केही भए हामी मिलाउँछौं भनेपछि मैले दर्ता गरेको हो ।’

खत्रीले कुनै औपचारिक निकायले बोलाएर सोधपुछ गरे आफूलाई त्यसो भनेर जबरजस्ती फिफा कनेक्टमा दर्ता गराउन लगाउनेहरुको नाम लिन पनि तयार रहेको बताए । उनले थपे, ‘एन्फा नेतृत्वको गलत सोच र अरु केही मानिसको लहडका कारण एउटा लामो इतिहास बोकेको क्लब र लाखौं समर्थक पीडित हुनुपर्यो । उनीहरुले जबरजस्ती फिफा कनेक्टमा दर्ता गराएर थ्री स्टारलाई रेलिगेसनमा पार्ने बाटो खनेका हुन् ।’

फिफा कनेक्टमा दर्ता नभएको खेलाडी मैदान उत्रिन पाउँदैन । मैदानमा म्याच कमिस्नरलाई एन्फाले त्यसको जानकारी दिएको आधारमा मात्र कुनै पनि खेलाडी मैदान उत्रिन पाउने वा नपाउने निर्णय हुन्छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||