मंसिर ६, २०८२ शनिबार | ०७:०४:०४
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी
शनिबारको दिन

जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा

काठमाडौं । नेपाली खेलकुदमा नम्बर एक खेल कुन हो ? प्रश्न आफैमा अमूर्त सुनिन सक्छ । कुन हिसावमा नम्बर एक भनिएको भन्ने अर्को प्रतिप्रश्न आउन सक्छ । इतिहासको आधारमा एथ्लेटिक्स नम्बर एक होला । सफलताको आधारमा क्रिकेट, खोखो, तेक्वान्दो अगाडि आउलान । लोकप्रियतामा भलिबल, क्रिकेट र फुटबल होलान ।

यहाँ चर्चा गर्न खोजिएको विषय लोकप्रियतासँगै पूर्वाधार र साधन स्रोतको हो । यसरी हेर्न खोज्दा चाँही फुटबल नम्बर एक भन्न अझैसम्म पनि हिच्किचाउनु पर्दैन । पक्कै पनि लोकप्रियताको सवालमा क्रिकेटले वार्षिक डेढ अर्बभन्दा बढि बजेट भएको फुटबललाई धेरै पछाडि छोडिसकेको छ । यसो भन्दा फुटबलवालाहरुले नाक खुम्च्याउन सक्छन् । तर उनीहरुलाई एउटा नमागेको सल्लाह, ‘कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको माहोल हेर्नुस ।’

कुनैबेला त्रिपुरेश्वरमा हुने जस्तो माहोल अहिले डेरा सरेर कीर्तिपुर पुगेको छ । नेपाली खेलकुदमा कुनै एक खेल विशेषलाई मात्र पछ्याउनेको तुलनामा राम्रो गरिरहेका फरक खेलहरुलाई माया गर्ने समर्थकको अनुपात बढि छ । लगातार विश्वकपमा छानिनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा विश्वस्तरीय टिमसँग राष्ट्रिय क्रिकेट टोलीले गरेको उच्च प्रदर्शनले मात्र समर्थकको रोजाई फेरिएको होइन । नेतृत्व तहमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको आगमनसँगै गत वर्षबाट हुन थालेको घरेलु फ्रेन्चाइज प्रतियोगिता एनपिएलको भव्यता र त्यसले जगाएको आशाका कारण पनि समर्थकको बाटो मोडिएको चाँही सत्य हो ।  

क्रिकेट प्रत्येक दिन प्रगतिपथमा लम्किइरहेका बेला लोकप्रियताको हिसावमा कुनै बेला देशकै नम्बर एक खेल फुटबल भने कोमामा पुगेको वर्षौ भइसक्यो । ‘म्युचुअल’ समर्थकको भिड कीर्तिपुरतिर ओहिरिनुमा कोमामा पुगेको फुटबलको अस्तित्व रंगशालामा नदेखिनु पनि हो ।

क्रिकेटमा पूरा देशलाई रोमाञ्चित गर्ने एनपिएलजस्तो आकर्षक कार्यक्रम हुँदा फुटबलमा चाँही कलह छ । भ्रष्टाचार छ । आपसी स्वार्थको द्वन्द्व छ । सत्तामा टासिइरहेर तर मार्ने वा बाहिर हुनेको सत्तामा पुगेर तर मार्ने मनसायप्रेरित षडयन्त्रहरुका तानाबुना छन् ।

कुनै पनि देशको फुटबलमा लिगलाई मेरुदण्ड मानिन्छ । तर नेपालमा शीर्ष डिभिजनको लिग नभएकै तीन वर्ष हुन लागिसक्यो । यस हिसावमा नेपाली फुटबल अहिले मेरुदण्डको अभावमा ‘प्यारालाइज्ड’ अवस्थामा छ । क्रिकेटमा पूरा देशलाई रोमाञ्चित गर्ने एनपिएलजस्तो आकर्षक कार्यक्रम हुँदा फुटबलमा चाँही कलह छ । भ्रष्टाचार छ । आपसी स्वार्थको द्वन्द्व छ । सत्तामा टासिइरहेर तर मार्ने वा बाहिर हुनेको सत्तामा पुगेर तर मार्ने मनसायप्रेरित षडयन्त्रहरुका तानाबुना छन् ।

फुटबल हुनुपर्यो भनेर खेलाडी र क्लबहरु आन्दोलित छन । युवा तथा खेलकुदमन्त्री आन्दोलनमा ऐक्यबद्धता जनाउछन् । एन्फा प्रतियोगिता गर्छु भन्छ, तर गर्दैन । जताततै बेथिति र बिसंगति मात्र छ ।

हो, तीन वर्षदेखि नभएको सहिद स्मारक ‘ए’ डिभिजन लिग यसपाली पनि हुने संकेत देखिन्न । निकै चर्को श्वरमा प्रचारका साथै नेपाली फुटबलको नियामक निकाय एन्फा र क्लबहरुबीच सम्झौता भइसकेको राष्ट्रिय लिग पनि अन्योलमै छ । ‘बी’ र ‘सी’ डिभिजन अनि महिला लिगको भविश्य पनि प्रष्ट छैन । अनि कृत्तिम रुपमा सिर्जित लिगको विवादका कारण मोफसलमा हुने दर्जनौं गोल्डकपको भविश्य पनि कालो बादलभित्र छिरेका छन् ।

नियामक निकाय एन्फाले दुई पटक सार्वजनिक गरेका क्यालेन्डरमा सबै प्रतियोगिताहरु उल्लेख भए पनि कुनै हुन सकेका छैनन् । कहिले काठमाडौंमा शीर्ष डिभिजनको लिग, कहिले होम एण्ड अवे पद्दतिमा लिग, कहिले यसपाली सहिद स्मारक लिग होइन राष्ट्रिय लिग गर्नेजस्ता फण्डाहरु फालेर एन्फाले मैदानभित्रको फुटबललाई विषयान्तर मात्र गरिरहेको छ । समय घर्काइरहेको छ ।

पछिल्लो समय जेन्जी सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सक्रियता तथा खेलाडीहरुको आन्दोलनका कारण शीर्ष डिभिजनको लिग हुने संकेत देखिएको थियो । तर राजनीतिमा खप्पिस फुटबल प्रशासनका खेलाडीहरुले मैदानका खेलाडीलाई निक्कै हार्ड ट्याकल हानिसके । अनि फुटबलको डिएनए नजानेका जेन्जी मन्त्रीले नबुझिकन सिठी फुक्न थाल्दा उनी महाभारतमा अभिमन्यु झै नपाली फुटबलको चक्रब्यूहमा नराम्ररी फसिसकेका छन् ।

उनी निर्वाचनबाट पाँच वर्षका लागि आएको सरकारका मन्त्री होइनन, जसलाई हनिमुन समयको नाममा सय दिन शंकाको लाभ दिनु परोस । उनको मन्त्री पदको आयु नै पाँच महिनाको छ । त्यसमा पनि उनले यस्तै अण्टसण्टमै महिना दिनभन्दा बढि समय बिताइसकेका छन् ।

यदी मन्त्री गुप्ताको हालत अभिमन्युको जस्तो भएको होइन भने उनी पनि फुटबल राजनीतिका खेलाडीजस्तै आफ्नै स्वार्थपूर्तिका लागि नजानेको, तर इमान्दार भएको बहाना गरिरहेका छन् । मन्त्री आफैले ठूलो महत्व दिएर पटकपटक बैठक र सहमती गरे पनि त्यो कार्यान्वयन हुँदैन भने अब जेन्जी मन्त्रीको नियतमाथि पनि शंका गर्नुपर्छ । उनी निर्वाचनबाट पाँच वर्षका लागि आएको सरकारका मन्त्री होइनन, जसलाई हनिमुन समयको नाममा सय दिन शंकाको लाभ दिनु परोस । उनको मन्त्री पदको आयु नै पाँच महिनाको छ । त्यसमा पनि उनले यस्तै अण्टसण्टमै महिना दिनभन्दा बढि समय बिताइसकेका छन् ।

नेपाली फुटबलमा कहिल्यै नदेखिएको आन्दोलन गएको महिना भयो । इतिहासमै पहिलो पटक खेलाडीहरुले लिग आयोजनाको माग राख्दै कात्तिक २० गते सडक आन्दोलन गरे । विरोधस्वरुप देशका लागि आफूले जितेका पदकहरु एन्फाको गेटमा झुण्ड्याए ।

त्यसअघि कात्तिक १७ मा क्लब र एन्फाबीच यो वर्ष शीर्ष डिभिजनको लिगको साटो राष्ट्रिय लिग गर्ने र शीर्ष डिभिजनको लिग चाँही अर्को वर्ष गर्ने सहमती भएको थियो । त्यसअघि सधै दुई कित्ताको रुपमा एकअर्काविरुद्ध प्रस्तुत हुने गरेका क्लब र एन्फाबीच लिग नगर्ने विषयमा सहमती भएपछि खेलाडीहरु झस्किए । सडक आन्दोलन त्यसैको प्रतिफल थियो । जहाँ खेलाडीहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिगबाहेकको विकल्प आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने प्रष्ट अडान राखेका छन् ।

त्यसअघिसम्म एन्फा भन्थ्यो, ‘हामी फुटबल गराउन चाहन्छौं, तर क्लब खेल्न चाहदैनन ।’ अनि क्लब चाँही ‘हामी त सधै खेल्न तयार छौं । क्लब भनेकै खेल्नका लागि जन्मिएका हुन् । तर एन्फा फुटबल गराउनै चाहदैन ।’ तीन वर्षदेखि हुन नसकेको लिग अझ एक वर्षको थप समय राखेर  अनिश्चित कालका लागि धकेल्ने खेलमा दुवै पक्षबीच सहमती भएपछि खेलाडीलाई लाग्यो, ‘दुवै पक्ष फुटबल चाहदैनन् । अब आफ्नो अधिकार र नेपाली फुटबल ब्युताउनका लागि पनि सडक संघर्षको विकल्प छैन ।’

खेलाडी आन्दोलित भएपछि फेरि जेन्जी मन्त्री गुप्ताले एन्फा, क्लब र खेलाडी सबै पक्षलाई कात्तिक २५ गते बोलाएर १२० दिनभित्र शीर्ष डिभिजन लिग गर्ने सहमती गराए । तर क्लबलाई यो मान्य थिएन । सायद रेलिगेसन–प्रमोसन लिग खेल्दै दशकौंको इतिहास बनाएका क्बललाई सिंहदरबारमा बोलाएर मन्त्रीले दिएको उर्दीले इगोमा ठेष पुगेको थियो ।

क्लबहरुलाई पनि आन्दोलनको आइडिया फुर्यो । उनीहरुलाई लाग्यो, ‘चुप लागेर बस्यो भने वा बैठकमा मात्र कुरा गर्यो भने आवाज कसैले सुन्दैन । त्यसैले आवाज सुनाउनकै लागि भए पनि आन्दोलन गर्नुपर्छ ।’

त्यसअघि नै क्लबले पनि एन्फासँग लिग, राष्ट्रिय लिगलगायतका प्रतियोगिताहरु सहतिको १२ बूँदे सहमती गरिसकेको थियो । त्यसकारण त्यही सहमती लागु हुनुपर्ने उनीहरुको अडान अस्वभाविक थिएन । जुन उनीहरुले मन्त्री गुप्तासँगको संयुक्त बैठकमा पनि राखेका थिए ।

तर ती सबथोकका बावजुद फेरि राष्ट्रिय लिग होइन, पुषमा शीर्ष डिभिजनको लिग गर्ने अडानबाट मन्त्री र खेलाडी पछि नहट्ने, अनि एन्फाले चाँही दिनदिनै नयाँ नयाँ प्रतियोगिताका योजनामा सहमती गर्दै जाने भएपछि क्लबहरुलाई पनि आन्दोलनको आइडिया फुर्यो । उनीहरुलाई लाग्यो, ‘चुप लागेर बस्यो भने वा बैठकमा मात्र कुरा गर्यो भने आवाज कसैले सुन्दैन । त्यसैले आवाज सुनाउनकै लागि भए पनि आन्दोलन गर्नुपर्छ ।’

त्यसैको प्रतिफल बिहीबार क्लबहरुले पनि एन्फा मुख्यालय अगाडि सडक आन्दोलन गरे । भित्र एन्फासँग बैठक र बाहिर आन्दोलन एकसाथ अगाडि बढाए । क्लब पनि आन्दोलित भएपछि एन्फालाई प्रतियोगिता नगर्न वा पर सार्न अर्को बहाना मिल्यो । त्यही बहानामा एन्फाले फेरि सोमबारका लागि क्लब र खेलाडीलाई संयुक्त बैठक आह्वान गरेको छ ।

एन्फाको कु‘प्रशासन’भित्र प्रत्येक दिन नयाँ नयाँ फण्डाहरु आउने, प्रत्येक दिन नयाँ निर्णयहरु हुने र बैठकमाथि बैठकका मितिहरु तोकिँदा सहिद स्मारक शीर्ष डिभिजन र राष्ट्रिय लिग त अन्योलमा परे नै त्यही बहानामा मोफसलका प्रतियोगिताहरु पनि अनिश्चित बनिरहेका छन् ।

एन्फा केन्द्रिय कार्यसमितिको चार वर्षे कार्यकाल सकिन अब सात महिना पनि बाँकी छैन । असारमा हुने निर्वाचनले आगामी चार वर्षका लागि एन्फाको नयाँ नेतृत्व चयन गर्नेछ । फुटबललाई नजिकबाट नियाल्नेमध्ये धेरैको आरोप छ, ‘तीन वर्षदेखि केही नहुँदा पनि शान्त फुटबल राजनीतिको तलाउमा अचानक ढुंगाहरुको वर्षा हुनुलाई स्वभाविक मात्र मान्न सकिन्न । फुटबल गराउनकै लागि आन्दोलनहरु भइरहेका छैनन् । आन्दोलन गर्नेहरुसँग पनि चुनावकेन्द्रित स्वार्थ धेरै छन् । त्यसमाथि धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरु नेपाली फुटबलमा प्रत्येक सिजन रुप बदलेर प्रस्तुत भइरहन्छन नै ।’

यसैगरी अर्कोतिर मन्त्री गुप्ता पनि चुनाव आउन लागेका बेला फुटबलकै सरोकारवालाले जायज माग राख्दै गरेको आन्दोलनलाई साथ दिएजस्तो अभिनय गरेर आफ्नै स्वार्थको डम्फु बजाउने धुनमा मस्त छन् भन्ने आरोप पनि फुटबलवृत्तमा खुलेआम सुनिन थालिसकेको छ ।

एन्फा र क्लब दुवैलाई फुटबल चाहिएको छैन । तर आफ्ना कारण नभएको भन्ने अपयस लिन दुवै पक्ष चाँहदैनन् । यो सब मिटिङ, आन्दोलन र मिडियाबाजी अर्को पक्षलाई कसरी अपयस बोकाउने भन्ने खेलमात्र हो ।

जहाँसम्म एन्फाको विषय छ, उसको काम भनेकै फुटबल गराउने हो । लिग गराउ भनेर खेलाडी तथा क्लबले आन्दोलन गरिरहनुपर्ने, मन्त्रीले निर्देशन दिनुपर्ने नै होइन । फुटबलका सबै कार्यक्रमहरु स्वचालित रुपमा चलाउने काम नै एन्फाको हो । तर एन्फा सधै आफै कार्यक्रम घोषणा गर्ने अनि आफै समस्या सिर्जना गरेर त्यसलाई कसरी कार्यान्वयन नगर्ने भन्ने बाटो खोज्नमा माहिर छ । यसपाली पनि कहिले सेन्ट्रल भेन्युको लिग, कहिले होम एण्ड अवे अनि कहिले राष्ट्रिय लिग भन्नुको नियत त्यही हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका एकजना पूर्व कप्तानले शुक्रबार मात्र भनेको कुरा मार्मिक छ । रंगशाला बाहिरको चिया पसलमा उनी गफिँदै थिए, ‘यहाँ एन्फा र क्लब दुवैलाई फुटबल चाहिएको छैन । तर आफ्ना कारण नभएको भन्ने अपयस लिन दुवै पक्ष चाँहदैनन् । यो सब मिटिङ, आन्दोलन र मिडियाबाजी अर्को पक्षलाई कसरी अपयस बोकाउने भन्ने खेलमात्र हो ।’

सोमबार एन्फाले क्लब र खेलाडीलाई संयुक्त बैठकका लागि बोलाएको छ । त्यो बैठकले नेपाली फुटबलको पक्षमा निर्णय गरोस । मैदानमा फुटबल फर्काएर कोमामा पुगिसकेको अवस्थाबाट यो सुन्दर खेललाई पुरानो लयमा ल्याउने पक्षमा पहलकदमी लियोस । राष्ट्रिय टिमलाई दशकभन्दा लामो समय योगदान गरेका ती पूर्व कप्तानको आशंका गलत सावित होस । नेपाली फुटबललाई शुभकामना !