चैत्र १६, २०८२ सोमबार | ०२:२२:३४
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ

काठमाडौं । पूर्व वरिष्ठ उपाध्यक्ष समिममिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दै  नेपाल कुस्ती संघले  ध्यानाकर्षण पत्र जारी गरेको छ ।

पछिल्लो समय नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा मुछिएका अन्सारीले आफू कुस्तीको प्रतिनिधि रहेको बताएपछि संघले बुधबार महासचिव खगेन्द्रबहादुर बस्नेतको हस्ताक्षरसहित आफ्नो धारणा सार्वजनिक गरेको हो । 

सर्वोच्च अदालतले २०७७ मै अध्यक्ष राज मोहम्मद मिया अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारीको संघलाई खारेज गरेको थियो । यसैगरी २०८० चैत ४ मा भएको साधारणसभाले प्रकाशकुमार कुसारीलाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।

संघले यसअघिको विवाद अदालतले टुंगो लगाइ सकेको र कुसारीको नेतृत्वमा रहेको संघले सरकारी तथा अन्तर्राष्ट्रिय मान्यता पनि पाइसकेको बताएको छ ।  

‘वर्तमान समयमा  नेपाल कुस्ती संघसँग कुनै सरोकार नभएका व्यक्तिले संघको नाम लिदै गरेको गतिविधिमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ पत्रमा भनिएको छ,‘ ‘नेपाल कुस्ती संघको नाम लिएर अन्य कुनै व्यक्ति विशेषले गरेको काममा हाम्रो पूर्ण असहमति छ । हाल एनओसीको तदर्थ समितिको प्रवक्ताका रूपमा समिममिया अन्सारीको नाम कुस्तीसँग जोडिएका कारण निजको यो संघसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँदछौ ।’

जीवनराम श्रेष्ठ विधान संसोधन गर्दै तेस्रो कार्यकाल एनओसीको अध्यक्ष भएपछि विवादले नयाँ मोड लिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलिम्पिक काउन्सिल अफ एसिया (एसिए) ले श्रेष्ठ  नेतृत्वकाे कमिटिलाई नै मान्यता दिइसकेको भए पनि नेपाल सरकारले  भने  यसलाई अवैधानिक मान्दै तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिको संयोजकमा एनओसीकै पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो