मंसिर २३, २०८२ मंगलबार | १०:५५:४१
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र

काठमाडौं । लामो समयदेखि विवादको घेरामा जाकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको एजेन्डामा छलफल गर्न भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरुलाई बैठकका लागि बोलाएको छ ।

एन्फाका महासचिव किरण राईले शुक्रबार शीर्ष डिभिजनका सबै १४ क्लबलाई पत्र लेख्दै मंसिर ४ गते बिहीबारका लागि बैठक बोलाएका हुन् । सबै क्लबका अध्यक्ष र महासचिवलाई बोलाइएको बैठक एन्फा मुख्यालयमा बिहान १० बजे सुरु हुने बताइएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्लो संस्करण २०८० जेठमा सम्पन्न भएको थियो । त्यसयता शीर्ष डिभिजनको लिग गर्न नसकेको विषयलाई लिएर नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा सवत्र्र आलोचित छ ।

जेन्जी आन्दोलनपछि गठित सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पटक-पटक एन्फा, क्लब तथा खेलाडीहरुसँग छुट्टाछुट्टै तथा संयुक्त बैठक गरेर ‘जसरी पनि लिग गर्नुपर्ने’ अडान राखेका थिए । त्यहीअनुरुप मन्त्री गुप्ताले एन्फालाई दबाब दिइरहेको बताइएको छ ।

यसैगरी तीन वर्षदेखि बेरोजगार हुनुपरेको भन्दै खेलाडीहरु तत्काल लिग गर्नुपर्ने मागसहित इतिहासमै पहिलो पटक सडक आन्दोलनमा उत्रिएका थिए । गतसाता सडक आन्दोलनमा उत्रिने क्रममा खेलाडीहरुले विरोधस्वरुप आफूले जितेका अन्तर्राष्ट्रिय पदकहरु पनि एन्फाको गेटमा झुण्ड्याएका थिए ।

यसैबीच मन्त्री गुप्ताको दबाबमा मंगलबार सिंहदरबारस्थित मन्त्रालयकै सभाकक्षमा एन्फा र क्लबबीच १२० दिनभित्र शीर्ष डिभिजनको लिग गर्ने सहमती भएको बताइएको थियो । त्यहीअनुरुप एन्फाले क्लबहरुलाई पत्र काटेको जनाएको छ ।

जवकि अघिल्लो साता सोमबार एन्फा र क्लबहरुबीच यो वर्ष पनि ‘ए’ डिभिजन लिग नगर्ने, त्यसको साटो यो वर्ष पुषमा राष्ट्रिय लिग गर्ने सहमती भएको थियो । खेलाडीहरुले त्यसैको विरोधस्वरुप कुनै पनि हालतमा ‘ए’ डिभिजन लिग गर्नैपर्ने र आफूहरु त्यसको कुनै पनि विकल्प स्वीकार्न तयार नरहेको भन्दै आन्दोलित भएका थिए । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas