तर, उनको फुटबल मोह र उनीभित्रको क्षमताबाट प्रभावित प्रशिक्षक ओलीले सुरुमै आवश्यक खेल सामग्री आफैंले किनिदिएर गाउँको एउटा गरिब परिवारकी छोरीलाई देशकै स्टार बनाउने सपना देखे ।
एन्फा मुख्यालय मैदानमा राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहँदा केही नयाँ अनुहारले आशाको किरण देखाएका छन् । जसमध्ये नेपाल पुलिसकी मिडफिल्डर विर्सनाले सबैको ध्यान आफूतिर तानेकी छन् । १७ वर्षीया सेन्ट्रल मिडफिल्डर विर्सना लिगकै चर्चित खेलाडीका रूपमा दरिएकी छन् ।
सुवासले सन २०२३ मा भुटानमा सम्पन्न साफ यु-१६ च्याम्पियनसिप, २०२४ मा भुटानमै भएको साफ यु-१७ च्याम्पियनसिप र सोही वर्ष कतारमा भएको एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको कप्तानी गरेका थिए ।
ललित र जिम्मीले आफ्नो लयलाई कायम राख्न सके सुदूरपश्चिका लागि घातक बन्न सक्छन् ।
प्रतियोगिताअघि यसपाली पनि उनको खुलेर आलोचना भयो । तर विनोद यस्ता खेलाडी हुन्, जसले प्रत्येक आलोचनालाई मुखले होइन, मैदानमा ब्याट र ग्लोबको माध्यमले जवाफ दिएका छन् ।
दीपेन्द्रको नाममा २१८ रन र ८ विकेट छ ।
प्रतियोगितामा लय समात्न नसके पनि आसिफ जुनसुकै बेला विपक्षीमाथि हाबी हुन सक्छन् ।
जैब र विनोदको जोडी एनपिएलकै सबैभन्दा बलियो ओपनिङ जोडीमध्ये एक हो । जैबले विनोदसँग मिलेर सुदूरपश्चिमलाई राम्रो सुरुआत दिँदै आएका छन् । एनपिएलमा जैबले एक अर्धशतकसँगै २०६ रन जोडेका छन् ।
चितवन राइनोजविरुद्ध विपिनको बलिङलाई लिएर कर्णाली याक्सका अलराउन्डर जिसन मक्सुदले भनेका थिए, ‘विपिनसँग एकदमै धेरै क्षमता छ । आगामी दिनमा विपिनले अझै राम्रो प्रदर्शन गर्न सक्छन् ।’
‘हाम्रो देश र परिवारका लागि यो एतिहासिक दिन हो । खेलाडीको जीवनमा यस्ता कुराले धेरै महत्त्व राख्दोरहेछ,’ रवीन्द्र (चन्द) भन्छन्, ‘रोहितले गोल गर्न पाए हुन्थ्यो भनेर भनिरहेको हुन्थ्यो । यत्तिको वर्ष देशको प्रतिनिधित्व गरिरहँदा आज आएर गोल निस्किएको छ । रोहितले यस गोलमार्फत आफूमाथि लागेको दाग पनि मेटाएको छ भन्ने लाग्छ ।’
नेपाली क्रिकेटको विश्व क्रिकेटको डिभिजन-५ देखि एकदिवसीय मान्यतासम्मको यात्रामा शक्तिको भूमिका उल्लेखनीय रह्यो ।
नवीन आफ्नो करिअरकै टर्निङ प्वाइन्टमा थिए । पहिलो पटक देशको नेतृत्व गर्दै थिए । सागमा स्वर्ण जितेको भए राष्ट्रिय टोलीमा नवीनको यात्राले अर्कै रूप लिन्थ्यो । तर, भाग्यले उनलाई साथ दिएन । माल्दिभ्सले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएसँगै समूहमा तीन देशमात्र थिए ।
साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानविरुद्ध भएको उद्घाटन खेलका क्रममा भारतीय कप्तान आशालता देवीले एक सय खेलको विशेष उपलब्धि हासिल गरेकी छन् ।
चोटले पूर्व कप्तान रेणुकाको करियर लगभग समाप्त हुने मोडमा पुगेको थियो । तर उनी चोटमाथि विजयी हासिल गर्दै मैदानमा फर्किएकी छन् ।
दुई वर्षअघि श्रीलंकामा भएको साफ यु-१७ च्याम्पियनसिप अश्विनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसयता उनले थप चार प्रतियोगितामा नेपालको जर्सी लगाएका छन् ।
त्यसैले नेगी आफ्नो सफलताको सूत्र नै ‘मिहिनेत र त्याग’ मान्छन् । बिहान ६ बजे घरबाट निस्केर बेलुकी ७–८ बजे घर पुग्नु उनको दैनिकी हो । यसक्रममा उनले घरपरिवारलाई रुझाएकै छन् । त्यसमा पनि निकै सफल ।
सुरु/ सुरुमा यही भारत नेपालविरुद्धको खेलमा सहजै विजयी हुन्थ्याे । अब त्यस्तो दिन रहेन । भारतले पनि नेपाललाई हराउन संघर्ष गर्ने दिन आइसके, नेपालको सामना गर्दा प्रतिद्वन्द्वीको रूपमा सम्मान दिन भारत बाध्य हुन थालेको छ ।
नेपाली भलिबलमा निकै सफल न्यु डायमन्ड स्पोर्टस एकेडेमीमा उनी जोडिएको दुई वर्षमात्रै भयो । अग्लो कदका कारण सुमित्रालाई घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा स्थान बनाउन धेरै समय नै लागेन ।
उनको करिअरले २०७८ सालमा एपिएफको सवारी भेट्टायो । स्टार खेलाडीको भीडमा दुई वर्ष एपिएफबाट खेल्दा पनि सोचे जसरी आरतीको करियर अघि बढेन । न त जागिर भयो ।
भट्ट आफ्नो जमानामा राष्ट्रिय टोलीका सबैभन्दा अग्ला खेलाडी थिए । भलिबल स्वभावैले अग्ला खेलाडी आवश्यक पर्ने खेल । तर, नेपालीको औसत उचाइ नै विदेशीको तुलनामा निकै कम । तर, ६ फिट ३ इन्चका भट्टको उपस्थितिले कम्तीमा दक्षिण एसियाली प्रतियोगिताहरूमा नेपाल प्रस्तुत हुँदा टोलीलाई थोरै भए पनि राहत हुन्थ्यो ।
मञ्जलीकुमारी योञ्जन लामो समयदेखि मैदानमा छैनन् । उनी जर्सीमा ठाँटिएर मैदान नउत्रेको नै एक वर्ष भइसक्यो । नेपाली महिला फुटबलमा यति धेरै क्षमता भएकी खेलाडीको चर्चा अचेल किन छैन त ?
मिडफिल्ड र अग्रपंक्तिका लगभग सबै पोजिसनमा खेल्न सक्ने सहारा एफसी बुलिन लायन्ससँग आबद्ध छिन् । मेलबर्नको बुलिन लायन्सको पुरुष टिम भिक्टोरिया राज्यमा दोस्रो श्रेणीको लिग खेल्छ भने महिला टिम भने पहिलो श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।
नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा पुग्दा स्मरणीय प्रदर्शनको अपेक्षा राखेकी छन् ।
मनिताले अन्तर्राष्ट्रिय करिअर सुरु गरेको १२ वर्षपछि ओलम्पिक खेल्ने सपना साकार पार्दैछिन् । उनी यस अवधिलाई सामान्य मान्छिन् । ‘हरेक खेलाडीको सपना भनेको ओलम्पिक खेल्नु नै हो । कसैले त्यो अवसर छोटो समयमै प्राप्त गर्छन् भने कसैका लागि लामो समय लाग्छ । मेरो हकमा पनि भएको त्यही हो,’ मनिताले भनिन् ।
श्यरब लो तामाङलाई सोध्नैपर्ने महत्त्वपूर्ण प्रश्न हो, लिगपछि लक्ष्य के हुनेछ ? यसमा उनको जवाफ छ, ‘लक्ष्य त सिनियर टोलीबाटै खेल्ने छ । जबसम्म त्यहाँ पुग्दिनँ, तबसम्म हार मान्दिनँ । अहिलेका लागि मेरो ध्यान लिगमै केन्द्रित छु । यही साता दुई ठूला टोलीसँग प्रतिस्पर्धा गर्नु छ । जसरी पनि ‘बी’ डिभिजनमा पुग्ने हो ।’
अनिल बयान गर्नै नसकिने फुटबल संस्कार रहेको काठमाडौंको मुटुमा जन्मे, हुर्के । त्यो त्यही समय थियो, जतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीमा काठमाडौंका खेलाडीको वर्चस्व रहने गथ्र्योे ।
यति छोटो उमेरमै प्रिन्स दाहालले जति सफलता प्राप्त गरेका छन् । लागिरहेको छ, उनी पक्कै नेपाली ब्याडमिन्टनका सबैभन्दा उत्कृष्ट र सर्वकालीन खेलाडी हुनेछन् ।
ओलम्पिक सपनाले अब आकार लिइसकेको छ । टेबलटेनिसले ओलम्पिक खेल्ने कुरा यथार्थ भइसक्यो । अब स्यान्टु श्रेष्ठले खेल्ने मात्र होइनन्, त्यहाँ प्रभावशाली उपस्थितिको सपना देख्न थालिसकेका छन् । अनि टेबलटेनिसको आँखाबाट सम्पूर्ण नेपाली खेलकुद नयाँ सपनामा रमाउन थालेको छ ।
सुर्खेतमा सम्पन्न महिला लिग छनोटमा सुदूरपश्चिम प्रदेशलाई दोस्रो स्थानमा पुर्याउँदा धनगढीकी यशोदाकुमारी चिराल सर्वाधिक ७ गोल गर्ने खेलाडी बनिन् ।
धिरोजले भर्खर काठमाडौंमा सम्पन्न मिस्टर एन्ड मिस नेपाल ब्युटी पेजेन्ट विधामा सफलता पाएका छन् । वैशाख १९ मा नेपाल प्रज्ञा भवनमा भएको पेजेन्टमा उनले मिस्टर सुप्रानेसनल-२०२४ को उपाधि जितेका थिए ।
विभिन्न उमेर समूहको महिला राष्ट्रिय टिमबाट खेलिसकेकी वर्षा ओलीको योजना भने महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीबाट खेल्ने छ
नेपाली खेलकुदले सुष्मा तामाङ जस्ता प्रतिभालाई खेलमै केन्द्रित बनाइराख्न सक्छ कि सक्दैन । कतै उनी पनि सुनौलो भविष्यको खोजीमा विदेश भासिने त होइनन् ? अहिलेलाई सकारात्मक नै रहन सकिन्छ ।
राजपरिवारको कोसेलीबाट सुरु भएको शम्भु आचार्यको गल्फ यात्रामा पछि उनका छोराहरू दीपक र रुपक आचार्य पनि जोडिए । अहिले आचार्य परिवारको विरासत नाति सद्भावसम्म आइपुगेको छ ।
धावक दीपक अधिकारी आफ्नो मिहिनेतलाई विश्व एथलेटिक्समा प्रतिनिधित्व गराउन चाहन्छन् । त्यसैले फुर्सदका दिनलाई पूर्णविराम लगाउँदै उनी एउटा ठूलो प्रतियोगिताका लागि तयारी गर्दैछन् ।
पुनम चन्दको प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले शनिबार आठौं आरबिबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको उपाधिका लागि एभरेस्ट भलिबल क्लबको सामना गर्नेछ । पुनम आफ्नो पुरानो क्लबविरुद्ध कोर्टमा उत्रँदैछिन् ।
चन्द्रा भन्छिन्, मेरो करियरमा राघव गुरु, सुशील दाइ र डबलबहादुर काकाहरूको धेरै ठूलो प्रेरणा छ । उहाँहरूकै कारण अहिले यहाँसम्म पुगेको छु । आगामी दिनमा अझै मिहिनेत गर्दै उहाँहरूलाई थप गौरवान्वित बनाउने छु ।
पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिरिएपछि अनिल शाहलाई पुनरागमन गर्न चार वर्ष कुर्नुपरेको थियो । सन् २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई खेल खेल्ने मौका पाए पनि उनले फेरि आफूलाई प्रमाणित गर्न सकेनन् ।
‘अफगानिस्तानलाई कमभन्दा कम स्कोरमा रोक्छु भन्ने सोच थियो । यति नै विकेट लिन्छु भनेर चाहिँ सोचेको थिइनँ । विकेट निकाल्छु, कमभन्दा कम रनमा यिनीहरूलाई रोक्छु भन्ने मात्र सोचिरहेको थिएँ ।’
घरेलु क्रिकेटलाई नजिकबाट बुझ्नेहरू उनलाई ‘टियू किङ’ पनि भन्ने गर्छन् । ‘टियू’ अर्थात कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अनि ‘किङ’ भनेको राजा । तर, यस्तो भारी परिचय किन ? यसको एउटै कारण हो, टियू मैदानमा विनोदको रेकर्ड । टियूमा विनोदको तथ्यांक एकदमै राम्रो छ ।
मधेश प्रदेशका १७ वर्षे मायन यादवले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन् । विशेष गरी तेस्रो नम्बरमा ब्याटिङ गर्न जाने मायनले केही खेलमा ओपनिङ पनि गरेका थिए ।
विवेक पौडेलले नेपाल सुपर लिग पहिलो पटक खेल्ने अवसर पाएका हुन् । पहिलो अवसरमै आफूलाई प्रमाणित गरेका उनको लक्ष्य भनेको राष्ट्रिय टोलीबाट खेल्नु नै हो । भन्छन्, ‘लक्ष्य त राट्रिय टोली नै हो । राष्ट्रको झण्डाअंकित जर्सी लगाएर खेल्ने मन छ । त्यो एक दिन अवश्य पूरा गर्नेछु ।’
अहिले पनि ओस्कारको अनुबन्धमा युरोपेली क्लबहरूले इच्छा नदेखाएका होइनन् । तर, ओस्कार आफ्नो सम्झौता अवधिसम्म चीनमै बस्न चाहन्छन् ।
‘राष्ट्रिय टोलीको जर्सी लगाउनु सबै खेलाडीको चाहना हुन्छ । यसकै लागि मिहिनेत गरिरहेको छु । म रोहित दाइको डाइहार्ड फ्यान हुँ । रोहित दाइसँग अन्तर्राष्ट्रिय फुटबलमा सँगै खेल्ने मेरो सपना हो ।’
एनएसएलमा नयाँ भूमिकामा आफूलाई प्रमाणित गरेपछि रक्षक सन्जित राईले देशको प्रतिनिधित्व गर्ने सपना पूरा हुनेमा आशा गर्न थालेका छन् ।
दिनेशले यसै वर्ष म्यानमारविरुद्धको मैत्रिपूर्ण खेलमार्फत नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई हराएको नेपालले दोस्रो चरणमा भने यमन र युएईलाई नतिजा सुम्पिएको थियो । दिनेशले छनोट चरणअन्तर्गत यमन र युएईविरुद्ध खेलका लागि टोलीमा स्थान बनाएका थिए ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० मा फ्रेन्ड्स क्लबबाट खेलेका सन्तोषले ‘डेब्यु’ सिजनमै सबैको मन जितेका थिए । अवस्था अहिले पनि त्यस्तै छ । नेपाल सुपर लिगमा इलामका लागि खेलेका छन् ।
लिमाले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । ४३ वर्षीय लिमा २६ वर्षसम्म एन्डोराको राष्ट्रिय टिममा रहे । यसबीचमा उनले १ सय ३७ खेल खेले । युरो छनोटअन्तर्गत सेप्टेम्बर १२ मा स्विट्जरल्यान्डविरुद्धको खेल नै उनले राष्ट्रिय जर्सी लगाएको अन्तिम खेल बन्यो ।
२४ वर्षीय जिलेस्पीजंग कार्कीको यात्रा बल्ल सुरु भएको छ । अग्लो कदका जिलेस्पीले नेपाली फुटबललाई धेरै दिन बाँकी छ । उनको गतिको प्रयोग अन्तर्राष्ट्रिय मैदानमा प्रयोग हुन बाँकी छ, गोलहरू पर्खिरहेका छन् ।
नेपाली फुटबलमा हरि खड्कालाई आदर्श मान्दै आएका नवयुगको लक्ष्य राष्ट्रिय खेलाडी बन्नु मात्र थिएन, हरि खड्काजस्तै चर्चित स्ट्राइकर हुने थियो । जसले राष्ट्रिय जर्सी लगाएर सिंगो नेपाललाई एकसाथ जुरुक्क उचाल्ने गरी विपक्षीको पोस्टमा गोल ठोक्न सक्थे ।
उनको घरको आर्थिक स्थिति कमजोर थियो । हजुरआमाले नातिको भलिबल खेल्ने सपना पूरा गर्नुपर्छ भनेर बुलाकी बेचिदिइन् । त्यही बेचेर भलिबल खेल्न थालेका हेमन्तले अहिले आफ्नो हजुरआमा र बाबुको सपना पूरा गरेका छन् ।