फाल्गुन ९, २०८२ शनिबार | ००:२२:४९
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

नेपाल र कुवेतबीच दुईपक्षीय क्रिकेट शृंखला गर्ने सहमती

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी) बीच सन् २०२६ बाट दुवै देशले प्रत्येक वर्ष दुईपक्षीय शृंखला आयोजना गर्ने सैद्धान्तिक सहमती भएको छ ।

क्यानले जनाएअनुसार महिला र पुरुष दुवैका लागि नेपाल र कुवेतले एक–एक वटा शृंखला आयोजना गर्नेछन् । होम एण्ड अवे पद्धतिको शृंखलामा कम्तिमा पनि तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय र ५० ओभरको खेल समावेश गरिनेछ ।

केसिबीसँगको यो सहकार्यले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय एक्सपोजरले अर्को स्तर हासिल गर्ने क्यानले जनाएको छ ।

‘समग्र एसियामा क्रिकेटको विकास र विस्तार गर्ने अभियानमा यो सहकार्यले महत्वपूर्ण कोसेढुंगाको रुपमा योगदान गर्नेछ । नेपालले गत वर्षको आइसिसी ट्वान्टी २० विश्वकपमार्फत आफ्नो क्षमता विश्वस्तरमा प्रस्तुत गरिसकेको र कुवेत पनि यसै वर्षको अन्त्यमा हुने आइसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६को एसिया रिजनल छनोटमा भाग लिने तयारीमा रहेको अवस्थामा यो सहकार्यका लागि सबभन्दा राम्रो समय हो,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

कुवेत र नेपालबीचको यो क्रिकेट सहकार्यले उदीयमान खेलाडीलाई आगाडि बढ्ने बाटो दिनुका साथै दुई देशको सांस्कृतिक र क्रिकेटिङ सम्बन्ध थप सुमधुर पार्ने क्यानको विश्वास छ । यसैगरी क्यानले कुवेतमा रहेको ठूलो संख्याको नेपाली समुदायका लागि पनि यो शृंखलाको महत्व विशेष रहने आशा  गरेको छ ।

आइसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६को एसिया रिजनल छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||