चैत्र १६, २०८२ सोमबार | ०२:२१:३३
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी

काठमाडौं। पूर्व कराते खेलाडी तथा प्रशिक्षक नारायणदेव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठनको रूपमा ११ वर्ष अगाडि गठित लोकतान्त्रिक खेलकुद संघको निर्वाचन यहि भदौ २२ गते  हुँदैछ । निर्वाचनमा देशभरीबाट ९०० भन्दाबढि खेलकुदमा आवद्ध व्यक्तिले मतदान गर्नेछ । 

नारायणदेव नेपाली कांग्रेस ललितपुर क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि हुन् ।

नारायणदेवले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा बागमती प्रदेशका पुर्व खेलकुद मन्त्री मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ (माने), साफका स्वर्णधारी गंगाराम महर्जन, रवि महर्जन लगातयको उपस्थिति थियो ।

नारायणदेवले निस्कृय संघलाई चलायनमान बनाउने र संघको उदेश्य अनुसारको काम गर्ने लक्ष्यका साथ नेतृत्वमा आउने चाहेको धारणा राखे । ‘खेलकुद विकासको ठूलो जिम्मेवार निकाय रहेर पनि विगतमा हाम्रो संगठनले खेलकुद क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेको देखिएन । मेरो लक्ष्य निस्कृय संघलाई चलायनमान बनाउने र उदेश्य छुने हो,’ कार्यक्रममा नारायणदेवले भने ।

पुर्व मन्त्री महर्जनले खेलकुद क्षेत्रमा गर्ने प्रशस्त कामहरु भएता पनि विगतको नेतृत्व असक्षम बनेकोले लोकतान्त्रिक खेलकुद संघ जोगाउन राणाको समर्थनमा आएको बताए। उनले भने, ‘पुरानो नेतृत्वले काम नै गरेन । अब काम गर्ने सक्षम व्यक्ति त चाहियो । नारायणदेवमा त्यो क्षमता छ ।’

नारायाणदेवले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघमा सन् २००७ र सन् २०१० मा गरी दुई पटक अध्यक्षको जिम्मेवारीमा रहँदा आफ्नो नेतृत्व क्षमता पुष्टि गरेका थिए ।

कराते खेलाडीका रूपमा सन् १९८५ देखि १९९९ सम्म सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएका नारायणदेवले १९९२ को दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा १९९१ को एसियन एसकेएफ शिखर कराते डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।

उनले प्रशिक्षकको रूपमा २००६ दोहा एसियाड, २०१२ हडकड र २०१८ इन्डोनेसिया एसिया प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई नेतृत्व गरेका थिए ।

करातेको अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा पनि उनले लामो समय योगदान गरेका छन्। नारायाणदेवले नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी पनि समहालीसकेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो