पुस २, २०८२ बिहीबार | १८:५७:०२
जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने

अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई साधारणसभाप्रति उत्तरदायी नरहेको आरोप लगाउँदै बिहीबार स्पष्टीकरण दिएका छन् ।

गत कात्तिक २ गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव किरण राईलाई निलम्बन गरेपछि अध्यक्ष नेम्वाङले खड्कासँग आइतबार लिखित स्पष्टीकरण मागेका थिए ।

नेम्वाङले खड्कामाथि ‘संघको पहिचानलाई कमजोर बनाएको, आन्तरिक विषयहरुमा गोपनियता कायम नराखेको, संघको विधान विपरित अनाधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जाल र आम सञ्चार माध्यमहरुको प्रयोग गरि गलत अफवाह फैलाएको जस्ता अनैतिक कार्यहरु गरेको’ आरोपसहित स्पष्टीकरण माग गरेका थिए ।

त्यसैको स्पष्टीकरण दिने क्रममा खड्काले ‘विधानअनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको, कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदा लेटरहेड, छापलगायतका सामाग्रीहरुमाथि पहुँच रहेको र त्यसलाई संघको कार्यालयमै बसेर प्रयोग गरेको, संघ विरोधी गतिविधि नगरेको, महासचिवले साधारणसभाको निर्णयविपरित आफूखुसी पत्रकार सम्मेलन गरेर लिग हुँदैन भनेपछि स्पष्टीकरण सोधेको र त्यसको जवाफ नआएपछि विधानअनुसार नै निलम्बन गरेको’ उल्लेख गरेका छन् ।

खड्काले स्पष्टीकरण पत्रमा ‘नेपाली फुटबललाई जीवन्त, चलायमानका साथै विधि विधान र पद्दतिपूर्वक सञ्चालन गर्न महासचिव राई बाधक रहेको’ जिकिर गर्दै उनलाई निलम्बन गर्ने आफ्नो निर्णय कार्यान्वयन होस भनेर पनि अनुरोध गरेका छन् ।

अध्यक्ष नेम्वाङ साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले महासचिवसँग स्पष्टीकरण मागेका थिए । महासचिवले गत बैशाखमा एन्फा साधारणसभाको निर्णयविपरित यो वर्ष लिग नहुने भन्दै पत्रकार सम्मेलन गरेपछि खड्काले उनीसँग स्पष्टीकरण मागेका थिए । तर राईले त्यसलाई बेवास्था गरेपछि बाध्यतावश निलम्बन गर्नुपरेको खड्काको भनाई थियो ।

नेम्वाङले भने आफू र महासचिव राई साउदी अरेबिया गएको बेला खड्काले अनधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका थिए । खड्काले व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको भन्दै नेम्वाङले प्रश्न उठाएका थिए ।

तीन वर्षअघिको निर्वाचनमा एकै प्यानलबाट निर्वाचित भए पनि हाल एन्फा राजनीतिमा अध्यक्ष नेम्वाङ र वरिष्ठ उपाध्यक्ष खड्का फरक कित्तामा छन् । आन्तरिक राजनीतिमा महासचिव राई अध्यक्ष नेम्वाङका मुख्य सारथी हुन् । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team