मंसिर २३, २०८२ मंगलबार | १०:००:४१
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद सरोकारवालासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

पछिल्लो एक साता खेलकुदका विभिन्न सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेका गुप्ताले मंगलबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का कार्यसमिति सदस्य तथा अन्य खेलकुद पत्रकारहरुसँग बैठक बसेका छन् । बैठकमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायतको पनि उपस्थिति थियो ।

गुप्ताले पत्रकारहरुसँग सुझाव सङ्कलन गर्नुका साथै अहिलेसम्म अगाडि बढेका कामकाजरुको जानकारी लिए ।

गुप्ताले खेलकुद पुर्वाधारको वर्गीकरण र कार्यान्वयन जिम्मेवारीलाई तहगत सरकारमा बाफाड सम्बन्धी कार्यविधि÷मापदण्ड निर्माण गर्ने कुरा पत्रकारसमक्ष राखे । त्यस्तै गैर सरकारी निकाय र निजी संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई खेलकुद पूर्वाधार, प्रशिक्षण र कार्यक्रम सञ्चालनमा उपयोगका लागि कार्यविधि-मापदण्ड तयार गर्ने योजना रहेको बताए ।

यसैगरी मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्नुका साथै स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गरी खेलाडी परिचयपत्रका आधारमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि तयारीका सुरु गर्ने कुरा पनि उल्लेख गरे ।

अन्तिममा गुप्ताले राष्ट्रिय खेलकुद परिषद र नेपाल स्काउट जस्ता स्वायत्त संस्थाहरूको आन्तरिक स्रोत पहिचान र परिचालन गर्ने कुरा पनि राखे ।

पत्रकारहरुको तर्फबाट एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले मन्त्री गुप्तालाई केही सुझाव दिए । अधिकारीले खेलकुद संघहरुलाई पारदर्शी बनाउनु पर्ने कुरामा जोड दिए ।

खेलकुद र खेलकुद पत्रकारिताबीचको अन्तरलाई मिलाउन यी दुईलाई सँगसँगै अगाडि बढाउनुपर्ने र खेल संघहरुले आफ्नो आयआर्जनलाई पारदर्शी बनाउनुपर्ने कुरा अधिकारीले राखे ।

‘नेतृत्वमा जोसुकै आएपनि खेलकुदका क्यालेन्डर प्रभावित हुनु भएन । खेलाडीलाई खेल्ने वातावरण बन्नुपर्यो,’ अधिकारीले थपे ।

यसअघि गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा), अखिल नेपाल खेलाडी संघ र फुटबल खेलाडीहरु, शीर्ष डिभिजन क्लबका पदाधिकारीलगातयत विभिन्न सरोकारवालाहरुसँग पनि बैठक बस्दै सुझाव सङ्कलन गरेका थिए ।

कार्तिक १३ गते गुप्ताले एन्फा पदाधिकारी र १४ ए डिभिजन क्लबबीच छुट्टाछुट्टै बैठक बसेका थिए । आइतबार गुप्ताले फुटबल खेलाडीसँग आफ्नो समय बिताएका थिए । बुधबार (भोलि) दिउँसो २ बजेका लागि उनले मन्त्रालय परिषदको १२३औं बोर्ड बैठक बोलाएका छन् ।

एन्फा र क्लबहरुबीचको बैठकमा गुप्ताले करिब तीन वर्षदेखि हुन नसकेको शीर्ष डिभिजन लिग गर्न दबाब दिएका थिए । तत्काल ‘होम एन्ड अवे’ लिग सम्भव नभएको र यसका लागि आवश्यक गृहकार्य चाहिने भएकाले सेन्ट्रल भेन्युमै भएपनि ५० दिनभित्र लिग सञ्चालन गर्ने निश्कर्षमा बैठक टुंगिएको थियो ।

तर, मन्त्रालयमा लिग गर्नका लागि प्रतिबद्धता जनाएका एन्फा र क्लबहरुले यो वर्ष पनि लिग नगर्ने निणर्य गरेका छन् । मंगलबार सातदोबाटोस्थित मुख्यालयमा क्लब र एन्फाबीच बैठक सम्पन्न भएको थियो । बैठकबाट रोकिएको लिग अर्को वर्ष अर्थात २०८३ को पुस ३ गते ‘होम एन्ड अवे’ फम्र्याटमा हुने गरि निर्णय गरियो ।

एन्फाले ए डिभिजन लिगको विकल्पमा यसपाली राष्ट्रिय लिग गर्ने भएको छ । पुस ९ गतेबाट सुरु हुने राष्ट्रिय लिगमा पछिल्लो ए डिभिजन लिगका शीर्ष ६ तथा बुधबार देखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरुले भने नेपाली फुटबल र खेलाडीको वर्तमान अवस्था, समस्या तथा सम्भावित समाधानका विषयमा मन्त्रीसमक्ष विस्तृत प्रतिवेदनसहित विवरण पेश गरेका थिए ।

 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas