फाल्गुन ७, २०८२ बिहीबार | ०८:४९:४२
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

एन्फा कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

एन्फा महासचिव किरण राईले आइतबार कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डा समावेश छन् ।

बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । तर, पंकज विक्रम नेम्वाङ नेतृत्वमा आएपछि कुनै पनि बैठक सौहार्दपूर्ण हुन सकेका छैनन् । अधिकांश पदाधिकारी नेतृत्वसँग सन्तुष्ट छैनन् ।

यो बैठक समेत विवादरहित हुन नसक्ने बुझिन्छ । गत १० माघमै आठ केन्द्रिय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । तर, नेतृत्वले ४० दिनपछि मात्रै बैठक बोलाएको छ ।

एजेन्डा पनि विधानअनुसार सात दिनअघि नै कार्यसमितिका सदस्यले उपलब्ध गराउनु पर्नेमा २४ घण्टाअघि मात्रै उपलब्ध गरिएको थियो ।

त्यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिग र महासचिवको पारिश्रमिक एजेन्डामै समावेश नगर्दा अधिकांश पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।

यस्ता छन् बैठकका एजेन्डा

१.नियमित साधारण सभा सम्बन्धमा

२. आ.व २०८१÷०८२  वार्षिक कार्यक्रम तथा बजेट बारे  

३.२०८०÷८१ लेखा परीक्षण प्रतिवेदन बारे

४.२०८१÷०८२ को लेखा परीक्षकको नियुक्ति बारे

५.मिडिया मार्केटिङको एजेन्सी नियुक्ती बारे

६.पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे

७. फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे

८. संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे

९. संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे

१०.सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे

११. महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे

१२. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा

१३.एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा

१४ खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा

१५.निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे

१६. विविध ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||