जेष्ठ २५, २०८२ शनिबार | १४:४७:३५
कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे
शनिबारको दिन नेपाली फुटबल

कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब

काठमाडौं । सेप्टेम्बर २९, २०१३ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको त्यो साँझ अझै पनि नेपाली फुटबल समर्थकको मानसपटलमा ताजै हुनुपर्छ । साढे ६ हजार घरेलु समर्थकबीच तुर्कमेनिस्तानको यु-१६ टोलीविरुद्ध ‘गोल्डेन ब्वाइ’ विमल घर्तीमगरले ह्याट्रिक गर्दै नेपाललाई ८ वर्षपछि एएफसीको प्रतियोगितामा छनोट गराएका थिए ।

समुूह ‘सी’मा रहेको नेपालले एएफसी यु-१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा बहराइन, इराक र तुर्कमेनिस्तानको आतिथ्यता गरेको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा थिए बालगोपाल महर्जन अनि सहायक प्रशिक्षकमा सुनिल श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा मृगेन्द्र मिश्र । अञ्जन विष्ट, विमल घर्तीमगर, अनन्त तामाङ, दिनेश राजवंशीसम्मिलित एन्फा एकेडेमीका ‘गोल्डेन ब्वाइ’हरूले नेपालको प्रतिनिधित्व गरेका थिए ।

नेपालले सन् २००० मा भियतनाममा भएको एएफसी यु–१६ च्याम्पियनसिप खेलेको थियो । यो नै एएफसी प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो । त्यतिबेला पनि छनोट प्रतियोगिता दशरथ रंगशालामै भएको थियो । माल्दिभ्स, उज्वेकिस्तान र तुर्कमेनिस्तानसम्मिलित छनोट समूहमा नेपालले स्पष्ट ९ अंक जोड्दै भियतनामको टिकट काटेको थियो ।

छनोट प्रतियोगितामा समूहको शीर्षस्थानमा रहँदै नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-१६ च्याम्पियनसिपमा स्थान पक्का गरेको थियो । थाइल्यान्डमा पनि टोलीले गजबको प्रदर्शन गर्यो । यद्यपि टोली पहिलो चरणभन्दा माथि जान सकेन ।

उज्वेकिस्तानलाई बराबरीमा रोकेको नेपालले कुवेतलाई हराएको थियो । समूहको अन्तिम खेलमा भने नेपाल बलियो उत्तर कोरियासँग पराजित भएको थियो ।

२०१६ एएफसी यु–१६ च्याम्पियनसिप छनोट अन्तर्गत इराकविरुद्ध फरवार्ड अञ्जन विष्टले बराबरी गोल फर्काएपछि नेपाली टोली, तस्वीरः विकास कार्की/खेलाडी

नेपालले उमेर समूहमा एएफसी प्रतियोगितामा छनोट चरण पार गरेको यो नै अन्तिम पटक हो । त्यसयता १३ मध्ये १२ अवसरमा नेपाल असफल हुँदै आएको छ । दुई वर्षअगाडि सम्पन्न २०२४ एएफसी यु-२३ एसिया कप छनोट प्रतियोगितामा त नेपालको सहभागिता नै रहेन । एन्फाले दर्ता फारम नै नभरेको भनेर उक्त घटनाको ठूलो आलोचना भएको थियो ।

नेपालले सन् २००० मा भियतनाममा भएको एएफसी यु–१६ च्याम्पियनसिप खेलेको थियो । यो नै एएफसी प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो । त्यतिबेला पनि छनोट प्रतियोगिता दशरथ रंगशालामै भएको थियो । माल्दिभ्स, उज्वेकिस्तान र तुर्कमेनिस्तानसम्मिलित छनोट समूहमा नेपालले स्पष्ट ९ अंक जोड्दै भियतनामको टिकट काटेको थियो । त्यतिबेला माल्दिभ्सविरुद्ध ७–० को फराकिलो जितमा फरवार्ड जीवेशकुमार पाण्डे एक्लैले चार गोल गरेका थिए । उमेर समूहमा नेपालका लागि यो पहिलो ह्याट्रिक थियो । भियतनाममा भने नेपाल जितविहीन रह्यो ।

२००४ मा एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीको बाहुल्य रहेको टोलीले एएफसी यु–२० च्याम्पियनसिप खेल्यो । २००३ मा बंगलादेशमा भएको छनोट प्रतियोगितामा सुसन भण्डारीले गोल गरेपछि नेपालले मलेसियाको टिकट काटेको थियो ।

२०१६ एएफसी यु–१६ च्याम्पियनसिप छनोट अन्तर्गत इराकविरुद्ध फरवार्ड अञ्जन विष्टले बराबरी गोल फर्काएपछि नेपाली टोली खुसियाली मनाउँदै, तस्वीरः विकास कार्की/खेलाडी

छनोट प्रतियोगितामा नेपाल प्रशान्त गिरीको कप्तानीमा थियो । तर छनोटलगत्तै काठमाडौं आएपछि खुकुरी कपको एउटा खेलमा मनाङ मनाङ मर्स्याङ्दीका गोलकिपर विनोद डंगोलसँग जुध्दा प्रशान्तको खुट्टा भाँचियो । दक्षिण एसियाकै सुपरस्टारका रूपमा स्थापित हुने आस गरिएका प्रशान्तले त्यसपछि कहिल्यै पनि फुटबलमा अपेक्षाअनुसार पुनरागमन जनाउन सकेनन् ।

विमलको त्यो ‘गोल्डेन ब्याच’ले २०१५ मा घरेलु भूमिमा आयोजना भएको साफ यु–१९ च्याम्पियनसिपको पहिलो संस्करण पनि जित्यो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको थियो । साफपछि यो पुस्ताले बालगोपाल (महर्जन)कै नेतृत्वमा लगत्तै इरानमा भएको एएफसी यु–२० छनोट प्रतियोगिता खेल्यो ।

गिरीको अनुपस्थितिमा २००४ मा मलेसियाको जोहरबारुमा भएको एएफसी च्याम्पियनसिपमा गोलकिपर विकास मल्लले कप्तानका रूपमा टिमको नेतृत्व गरे अनि आधुनिक कालको नेपाली फुटबलमा सबैभन्दा सफलमध्ये एक प्रशिक्षक श्याम थापाले चारवर्षे नेपाल बसाइको सुरुआत त्यही प्रतियोगिताबाट गरेका थिए । सोही प्रतियोगितामा त हो, प्रदीप महर्जनको गोलमा नेपालले भियतनाममाथि १–० को ऐतिहासिक जित हासिल गरेको । जोहरबारुको मैदानमा बाँकी दुई खेलमा भने नेपालले आयोजक मलेसिया र एसियाली महारथी जापानलाई ३–० को समान अन्तरमा नतिजा सुम्पियो ।

त्यसपछि नेपालले २००६ मा सिंगापुरमा सम्पन्न एएफसी यु–१७ च्याम्पियनसिपमा स्थान बनायो । यसपालि पनि छनोट प्रतियोगितामा राजुकाजी शाक्यको प्रशिक्षण नेतृत्वमा रहेको नेपाली युवा टोलीले घरेलु भूमिको फाइदा उठायो । दशरथ रंगशालामा चेतन घिमिरे, विकाससिंह क्षेत्री, रुपक श्रेष्ठ, रन्जित श्रेष्ठसम्मिलित नेपाली टोलीले किर्गिस्तान र उज्वेकिस्तानको चुनौती समाप्त पारेको थियो । सिंगापुरमा पनि नेपाल जितविहीन रह्यो । २००६ पछि नेपाललले सिधै २०१४ मा आएर बल्ल एएफसी प्रतियोगिताको स्वाद चाखेको हो ।

२०१० एएफसी यु–१९ च्याम्पियनसिप छनोटको तयारीका दौरान नेपाली टोलीका मुख्य प्रशिक्षक किशोर केसी र खेलाडी, तस्वीरः विकास कार्की/खेलाडी

विमलको त्यो ‘गोल्डेन ब्याच’ले २०१५ मा घरेलु भूमिमा आयोजना भएको साफ यु–१९ च्याम्पियनसिपको पहिलो संस्करण पनि जित्यो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको थियो । साफपछि यो पुस्ताले बालगोपाल (महर्जन)कै नेतृत्वमा लगत्तै इरानमा भएको एएफसी यु–२० छनोट प्रतियोगिता खेल्यो ।

त्यसको दुई वर्षपछि संयुक्त अरब इमिरेट्स (युएई)मा यु–२३ छनोट प्रतियोगिता खेल्यो । दुवैमा विमलले नै कप्तानी आर्मब्यान्ड लगाएका थिए । युएईमा भने टोलीको प्रशिक्षण नेतृत्व राजुकाजी (शाक्य)ले गरेका थिए । यी दुवै छनोट प्रतियोगितामा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन ।

यसबीच शाक्यकै प्रशिक्षणमा नेपालको युवा टोलीले सन २०१६ मा भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्यो, फाइनलमा भारतलाई २–१ ले हराएर । तीन वर्षपछि नेपालले १३औं सागको आयोजना गर्यो । यसपालि युवा टोली सम्हाल्ने पालो थियो, बालगोपाल (महर्जन)को । उनको टोलीमा त्यतिबेला विमल पुस्ता र अर्पण कार्की पुस्ताको मिश्रण थियो । यो टोलीले पनि देशलाई स्वर्ण पदक दिलायो ।

साफ यु–२० च्याम्पियनसिप २०२४ को फाइनलमा पराजित भएपछि नेपाली खेलाडीलाई सम्हाल्न गाह्रो, तस्वीरः केशव थापा/खेलाडी

अर्पण, सुमन अर्याल, रेजिन सुब्बा, सेसेहाङ आङ्दम्बे पुस्ताले २०१७ मा भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको उपाधि जितेको थियो । प्रशिक्षकको रूपमा टोलीको नेतृत्वमा थिए, छिरिङ लोप्साङ गुरुङ । उमेर समूहमा नेपालले जितेको अन्तिम साफ च्याम्पियनसिप उपाधि भनेको यही नै रह्यो ।

गत वर्ष असोजमा घरेलु भूमिमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भयो । गत महिना भारतमा भएको साफ यु–१९ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलसम्म मात्र सीमित भएको थियो । यी दुवै प्रतियोगितामा टोलीको नेतृत्व प्रशिक्षक उर्जन श्रेष्ठको हातमा थियो ।

सन् १९९७ तिर एन्फा एकेडेमीको पहिलो ब्याच सुरु गरिएको थियो । त्यतिबेला राजुकाजी शाक्य, उमेश प्रधान, किशोर केसी र सुनिल श्रेष्ठले पूरा देश घुमेर पहिलो ब्याचका खेलाडी छनोट गरेका थिए ।

तल्लो उमेर समूहमा नेपालले साफ यु–१५/१६/१७ क्याटगोरीमा चारपटक फाइनल खेलेको छ । तर, चारै पटक नेपाल फाइनलमा भारतसँग पराजित भएको छ । पछिल्ला दुई संस्करण भने यो क्याटगोरीमा नेपाल फाइनलसम्म पनि पुग्न सकेको छैन ।

साफ यु–२० च्याम्पियनसिप २०२४ को फाइनलमा पराजित भएपछि नेपाली खेलाडीलाई सम्हाल्न गाह्रो, तस्वीरः केशव थापा/खेलाडी

एएफसी प्रतियोगितामा छनोट भएर खेल्न जाने कुरा अहिले नेपाली फुटबलका लागि इतिहास भइसक्यो । कुनै समय थियो, साफ क्षेत्रको उमेर समूहमा नेपालको दादागिरी चल्ने गथ्र्यो । नेपाललाई ‘किङ अफ साउथ एसिया’ भन्ने गरिन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । हामी भारतपछिको बलियो भन्ने कुरामा पनि ढुक्क हुनसक्ने स्थिति छैन । उमेर समूहमा नेपालको रवाफ एकादेशको कथामा परिणत भइसकेको छ ।

कसरी आइपुग्यो यस्तो अवस्था ? जवाफ लामो हुनसक्छ । खेलाडी उत्पादनमा एन्फाले अचेल लगानी गर्न छाडेको छ । युवा खेलाडी उत्पादनमा पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) मौन छ । २०१९ यता एन्फाले खुला छनोटका आधारमा साफ च्याम्पियनसिप खेल्ने टोली तयार पार्दै आएको छ । जसको प्रत्यक्ष असर नतिजामा परिरहेको छ ।

कार्यसमिति बैठकमा बहुमत पुर्याउनका लागि प्रशिक्षक नियुक्तिमा समेत हुने भागबन्डा अर्को समस्या हो । उमेर समूहका लागि निश्चित प्रशिक्षक हुँदैनन् । यु-१९ क्याटगोरीकै कुरा गर्ने हो भने एन्फाले २०१९ मा घरेलु भूमिमा भएको साफ यु-१८ च्याम्पियनसिपमा चेतनारायण श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तीन वर्षपछि भारतमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपको जिम्मेवारी पाए मेघराज केसीले । २०२३ मा युवा टोलीको नेतृत्व गरे सुनिल श्रेष्ठले । अब पालो उर्जन श्रेष्ठको थियो । उर्जनले यु-१९/२० गरी दुई पटक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले ।

श्रीलंकामा आयोजना भएको साफ यु–१७ च्याम्पियनसिप २०२२ अघि छनोट चरणका दौरान खेलाडीलाई निर्देशन दिँदै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ, तस्वीर सौजन्यः एन्फा ।

सुनिल र उर्जन दुवैले तल्लो उमेर समूहको टोली पनि सम्हाले । यी दुईबाहेक सनोज श्रेष्ठ, रवीन्द्र सिलाकारले पनि यो क्याटगोरीका खेलाडीको नेतृत्व गरे । चेतनायारण (श्रेष्ठ)ले ६ वर्षअगाडि ललित स्मृति च्याम्पियनसिपका आधारमा यु-१९ टोली तयार पारेका थिए । जतिबेला ललित स्मृति च्याम्पियनसिपको चार्म बेग्लै हुने गर्थ्यो ।

सन २०१९ पछि ललित स्मृति च्याम्पियनसिप पनि हुन छाड्यो । अघिल्लो वर्ष सनोज (श्रेष्ठ)ले भुटानमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा ललित स्मृुत यु-१८ च्याम्पियनसिपमै खेलाडी स्काउटिङ गरेर टोली निर्माण गरेका थिए । यो अन्तरालमा भने प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताको मुखैमा आएर खेलाडी छनोट गर्ने र सहभागिता जनाउने प्रवृत्तिले पनि नेपाल पछाडि परेको हो ।

सन् १९९७ तिर एन्फा एकेडेमीको पहिलो ब्याच सुरु गरिएको थियो । त्यतिबेला राजुकाजी शाक्य, उमेश प्रधान, किशोर केसी र सुनिल श्रेष्ठले पूरा देश घुमेर पहिलो ब्याचका खेलाडी छनोट गरेका थिए ।

एकेडेमी फुटबललाई नजिकबाट बुझेका श्रेष्ठ पछिल्लो समय खेलाडीमा एक्सपोजरको कमी भएकाले उमेर समूहमा राम्रो प्रदर्शन गर्न नसकेको बताउँछन् ।

ललित स्मृुति यु–१८ च्याम्पियनसिप २०१९ को विजेता टोली ब्रिगेड ब्वाइज क्लब, तस्वीर सौजन्यः एन्फा ।

‘२०१५ मा साफ यु-१९ च्याम्पियनसिपको उपाधि जित्दा म सहायक प्रशिक्षकको जिम्मेवारीमा थिएँ । मैले २०२३ मा आएर फेरि यु-१९ टोली हेरें । स्तरका हिसाबमा खेलाडीहरू समान छन्,’ श्रेष्ठ सुनाउँछन्, ‘विमलहरूलाई हामीले एन्फा एकेडेमीदेखि यु-१६ हुँदै १९ सम्म हेर्यौं । उनीहरूलाई तिखार्यौं । तर, जियारथ (शेख), समीर (तामाङ)हरूलाई मैले प्रतियोगिता नजिकिँदै जाँदा मात्र हेरेको हुँ । यिनीहरू पनि विमलहरू जस्तै राम्रा खेलाडी हुन् । फरक यति हो यिनीहरूले म्याच एक्सपोजर पाउन सकेनन् ।’

घरेलु फुटबलका चर्चित प्रशिक्षक मेघराज (केसी)ले दुई वर्षअगाडि खेलाडी डटकमलाई भनेका थिए, ‘एन्फाबाट केही सकारात्मक कुरा होला भन्ने आस छैन । निदाएका मान्छेलाई ब्युँझाउन सकिन्छ, निदाएको नाटक गर्नेलाई ब्युँझाउन गाह्रो हुन्छ ।’

श्रेष्ठले भनेझैं विगतका दिनमा एन्फाका खेलाडीमा एक्सपोजर धेरै हुने गर्थ्यो। अहिले त्यस्तो छैन । प्रशिक्षक र उनीहरूको रणनीतिलाई लिएर उठेको प्रश्नप्रति पनि श्रेष्ठ फरक तर्क गर्छन् । भन्छन्, ‘सबै प्रशिक्षकले जित्नकै लागि मिहिनेत गरेका हुन्छन् । त्यसैले कसैको रणनीति र खेल शैलीमा प्रश्न उठाउनु गलत हुन्छ ।’

उमेर समूहमा कुनै बेला नेपालले उज्वेकिस्तानलाई हराउन गाह्रो हुँदैनथ्यो । अहिले त्यही उज्वेकिस्तानले पछिल्ला दुई एएफसी यु-२३ च्याम्पियनसिपको उपाधि जितेको छ । ‘खासमा अहिले नेपालको आवश्यकता भनेको ग्रासरुट फुटबल नै हो । एन्फा एकेडेमीलाई पुनर्स्थापित गर्न अत्यावश्यक छ,’ विज्ञहरूको यो आवाज एन्फा नेतृत्वसम्म भने पुग्न सकेको छैन ।’

भुटानमा आयोजना भएको साफ यू–१५ च्याम्पियनसिप २०१९ अघि मुख्य प्रशिक्षक सुनील श्रेष्ठ खेलाडीलाई प्रशिक्षण दिँदै, तस्वीर सौजन्यः एन्फा ।

‘एन्फा पदाधिकारी अन्य कुरामा रुमल्लिरहेका छन् । कार्यसमितिमा बहुमत कसरी पुर्याउने, साधारणसभामा आएका प्रतिनिधिको आँखामा कसरी छारो हाल्ने ? जस्ता कुरामा घोरिँदा एन्फा नेतृत्वलाई फुटबलका बारेमा सोच्ने फुर्सद छैन,’ पछिल्लो समय उमेर समूहकै टिममा रहेर काम गर्दै आएका एक प्रशिक्षक भन्छन्, ‘एन्फा प्रशासन सधैं भ्रष्टाचार र बेथितिका कारण आलोचनाको केन्द्रमा रहँदै आएको छ । जसका कारण सकारात्मक कुराको आस राख्न धेरै गाह्रो भइसक्यो । हामीले दिएका योजनाअनुसार काम गर्न पाइन्न । पदाधिकारीको हस्तक्षेप पनि धेरै नै छ ।’

घरेलु फुटबलका चर्चित प्रशिक्षक मेघराज (केसी)ले दुई वर्षअगाडि खेलाडी डटकमलाई भनेका थिए, ‘एन्फाबाट केही सकारात्मक कुरा होला भन्ने आस छैन । निदाएका मान्छेलाई ब्युँझाउन सकिन्छ, निदाएको नाटक गर्नेलाई ब्युँझाउन गाह्रो हुन्छ ।’