पछिल्ला दुई खेलमा पराजय बेहोरेको सुदूरपश्चिम यो खेलअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेको थियो । समूह ‘ए’मा यसअघि सुदूरपश्चिम विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र एपिएफ क्लबसँग पराजित भएको थियो । मधेशले यसअघि एपिएफसँग हार बेहोरेको थियो । सोमबारको हारसँगै मधेश पनि सेमिफाइनल समीकरणबाट बाहिरियो ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती ३–० को सोझो सेटले पन्छायो । न्यु डायमन्ड २५-१७, २५-१७ र २५-१७ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
कीर्तिपुर प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । खेलमा आर्मी २५–१९, २५–२१ तथा २५–२१ ले नै विजयी भयो ।
तीन पाकिस्तानी खेलाडीको सानदार प्रदर्शनमा पहिलो र दोस्रो सेट २५–२० र २५–१८ ले जितेको पश्चिम रुकुम चौथो सेटमा भने २३–२५ ले पराजित भयो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल हुनेछन् ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा पुलिसले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिस २५–२१, २५–१६ र २५–१६ ले विजयी भयो । आफ्नो पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबविरुद्ध पनि ३–० कै सेटमा विजयी हासिल गरेको थियो ।
यसअघि महिलातर्फको दुई खेलमा विभागीय टोलीहरु शसस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएका थिए ।
आज नै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई सोझो सेटमा हरायो ।
लगातारको दोस्रो हारपछि चुलीको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।
मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ ।
जितसँगै रुकुमले तीन अंक जोड्यो । अब रुकुमले सोमबार जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार बुढानिलकण्ठ र जावलाखेलबीच समूहको अन्तिम खेल हुने तालिका छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न समूह ‘डी’को खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा कोशीले तीनवटै सेटमा आर्मीलाई ‘थ्रेट’ महसुस गरायो । तीनवटै सेटमा कोशी जितको नजिक रह्यो ।
मधेश २५–४, २५–५, २५–४ ले पराजित भयो । एपिएफले भोलि सुदूरपश्चिम प्रदेशसँग खेल्ने तालिका छ । सोमबार आफ्नो दोस्रो खेलमा मधेशले पनि सुदूरसँगै प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’ मा न्यु डायमन्डसँगै त्रिभुवन आर्मीको पनि समान तीन अंक छ ।
पुरुषतर्फ च्याम्पियन बन्न तीन विभागीयसँगै हेल्प नेपाल र पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश) बीच प्रतिस्पर्धा हुने पक्कापक्की छ ।
त्यस्तै समूह ‘ए’को खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफ क्लबमाथि ३-० को जित हासिल गर्यो । हेल्प नेपालले खेल २५-२१, २५-२० र २५-२० ले हाफ्नो पक्षमा पार्यो ।
घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रष्ट पारेको छ ।
एनभिएले २० पुससम्म आयोजना गर्ने प्रतियोगितामा २० टिम सहभागी हुनेछन् । प्रतियोगिताबाट १४ क्लब प्रधानमन्त्री कप लिगको लागि छनोट हुनेछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद पांच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
हेल्प नेपालले प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ ।
प्रतिभाले कमब्याक गर्दा टिमको कप्तानमा लिबेरो सलिना श्रेष्ठ छिन् ।
यसअघि हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेलिसकेका धिरोजले यसपटक बुढानिलण्ठबाट खेल्ने निर्णय गरेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ ।
रुप्सेसँगको प्रायोजन सम्झौताले पुलिसको महिला तथा पुरुष भलिबल टिमको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने नेपाल पुलिस क्लबले विश्वास व्यक्त गरेको छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने पक्का भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका सहभागी टिमको आयोजकद्धारा मंगलबार सार्वजनिक गरिएको सूचिमा हेल्प नेपाल स्पोर्टस क्लबको नाम छैन ।
माजर र वालिदले यसअघि पनि हेल्प नेपालबाट एनभिए लिग खेलेका थिए ।
च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।
प्रशिक्षण सत्रहरुमा महिला विद्यार्थी तथा युवा भलिबल खेलाडीहरुलाई जापानी प्रशिक्षक टोलीले कौशल, अनुशासन, फिटनेस, टिमवर्क र आधुनिक भलिबल प्रविधिका बारेमा प्रशिक्षण दिइरहेका छन् ।
अन्तिम चारको खेलमा पुलिसले समूह ‘ए’ को उपविजेता अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्माी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता न्यु डायमण्डसँग खेल्नेछ ।
जारी प्रतियोगितामा यो एपिएफको दोस्रो जित हो । टोलीले यसअघि एभरेष्ट भलिबल क्लबमाथि जित हासिल गरिसकेको थियो । लगातार दुई जित हासिल गरेपछि एपिएफ समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गरेको छ ।
फाइनलमा कर्णालीले ललितपुर क्विन्सलाई निरास बनायो ।
प्रतियोगिताको छैटौं संस्करण माघ ९ गतेदेखि १७ गतेसम्म हुनेछ ।
दोस्रो जितसँगै चार खेलमा पाँच अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लिएको छ ।
जारी प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो ।
खेल पोखराले २५-२२, २५-१३, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
इडब्लुभिएलको दोस्रो संस्करण गत भाद्र २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा हुने तालिका थियो । तर, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रुपमा प्रभावित भएपछि बाँकी खेलहरु अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
आयोजकले भदौ २८ गते इडब्लुभिएल रोकिएकै अवस्थाबाट सुरु हुने बताएको थियो । डेढ महिनापछि आयोजकले कर्तिक १८ गते नयाँ मिति घोषणा गर्यो । पाँच दिनपछि आयोजकले खेलतालिका सार्वजनिक गरेको हो ।
चार टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको थियो । सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएर नेपालले फाइनलको यात्रा तय गरेको थियो ।
शनिबार कोलम्बोमा सम्पन्न खेलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल फाइनल पुगेको हो ।
नेपालले माल्दिभ्सविरुद्ध ३-० सेटको जित निकाल्यो ।
‘प्रतियोगिता पुनः सुचारु गर्न नेपाल भलिबल संघ(एनभिए)बाट आधिकारिक स्वीकृति प्राप्त भइसकेको छ । लिगका कूल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । बाँकी खेलहरु काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । संशोधित खेलतालिका चाँडै सार्वजनिक गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।
काभा यु-१९ महिला च्याम्पियनसिप कार्तिक १७ देखि २४ सम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ ।
संघले दुई वर्षपछि प्रतियोगितामा सहभागिता गराउने प्रवृत्ति दोहोरिनु भएन । वर्षमा प्रतियोगिता गरिरहेको अवस्थामा आशावादी छु र राम्रो नतिजा पनि आउनेछ ।
पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्यो ।
ढाकास्थित इन्डोर हलमा नेपालले खेल १८-२५, १७-२५, २०-२५ ले गुमायो ।
