चैत्र १८, २०८२ बुधबार | ००:२८:२८
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल
फुटबल
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू चैत्र १७, २०८२ | खेलाडी

लाओ नेसनल रंगशालामा नेपालको प्रदर्शन दयनीय रह्यो । बल पोजेसन कायम राख्न संघर्ष गरेको नेपालले ‘अट्याकिङ थर्ड’मा अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे । नेपालबाट खेलअवधिभर केबल एक ‘सट्स अन टार्गेट’ सम्भव भयो ।

नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो चैत्र १७, २०८२ | खेलाडी

पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे ।

पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु चैत्र १७, २०८२ | खेलाडी

यसै खेलमार्फत नेपाल एपिएफ क्लबका स्ट्राइकर युवराज खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । ४–३–३ फर्मेशनमा उत्रिएको नेपालका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले युवराजलाई ‘नम्बर ९’ को भूमिका दिएका छन् ।

'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट चैत्र १७, २०८२ | खेलाडी

फुटबल प्रशिक्षणसँगै सहभागी बालबालिकाले क्याम्पबाट जीवनमा सफलता हासिल गर्न चाहिने अनुशासन, मिहिनेत र धैर्यता जस्ता कुराहरु सिकाइने अञ्जनले बताए । ‘हरेक मानिसको सफलताको पछाडि उसको मिहिनेत लुकेको हुन्छ । यो क्याम्पबाट फुटबल प्रशिक्षणमात्र नभएर केही कुरा पाउनका लागि अनुशासन, मिहिनेत र धैर्यता अत्यावश्यक भन्ने कुरा बालबालिकाले सिक्न पाउने विश्वास लिएका छौं ।’

अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक चैत्र १७, २०८२ | खेलाडी

अट्याकिङ मिडफिल्डमा मनिष डाँगी, आदित्य शाक्य र आयुष घलान छन् । अग्रपङ्क्तिको जिम्मेवारी युवराज एक्लैको काँधमा छ ।

लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चैत्र १७, २०८२ | अनुप महर्जन

नव नियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले लाओसविरुद्धको खेलमा नयाँ खेलाडीलाई ‘टेस्ट’ गर्ने बताएका छन् । पहिलोपटक नेपाली मिडियासामू प्रस्तुत हुँदा एरिनाले लाओसविरुद्ध सम्भावना भएका खेलाडीलाई मौका दिने र आसन्न साफ च्याम्पियनसिपसम्म बलियो टोली तयार पार्ने तर्क गरेका थिए । यहीअनुरुप हठात रुपमा स्थगित भएको राष्ट्रिय लिगबाट एरिनाले ‘इन फर्म’ दुई स्ट्राइकर– मिलन राई र युवराज खड्कालाई टोलीमा समावेश गरेका छन् । यस्तोमा स्ट्राइकिङ पोजिसनमा यी तीनमध्ये कसलाई देखिनेछ, त्यो हेर्नलायक विषय हुनेछ ।

फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव चैत्र १६, २०८२ | खेलाडी

जबरजस्ती विवादास्पद ’अर्ली इलेक्सन’ को जिद्धी गरेका कारण परिषदको निलम्बनमा परेको एन्फा नेतृत्वलाई सुझावस्वरुप शेर्पाले फेसबुकमा लेखेका छन्, ’फुटबलका अन्तरास्ट्रिय महाशयहरु ! फुटबललाई त झापा पुगेर मृत्यु शैयमा पुर्याउनु भो । आजै मौका छ, राखेपको निर्देशन अनुसार तहगत निर्वाचन स्वीकारी फिफाको प्रतिबन्धबाट बच्ने अन्तिम विकल्प छ । त्यो विकल्प अपनाए दुर्घटनाबाट नेपाली फुटबलको सहज अवतरण हुन्सक्छ । जय नेपाली फुटबल !’

जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना चैत्र १६, २०८२ | खेलाडी

एएफसी एसिया कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले लाओसको सामना गर्दैछ । खेलअघिको प्रिम्याच कन्फरेन्समा एरिनाले भने, ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । जितबाहेक अन्य विकल्प सोचेका छैनौं ।’

फ्रान्सको सहज जित चैत्र १६, २०८२ | खेलाडी

फ्रान्सले पहिलो हाफमै दुई गोल गरेको थियो ।

पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा चैत्र १५, २०८२ | खेलाडी

मिलन र युवराज दुबै गोल स्कोरिङ लयमा छन् । उच्च गोलकर्ताको दौडमा नेपाली खेलाडीतर्फ यी दुई शीर्ष स्थानमा छन् । दुबैले समान ६ गोल गरेका छन् । त्यस्तै गत जेठमा सम्पन्न ‘बी’ डिभिजन लिगमा प्लानिङकै जर्सी लगाएका रोमनले पनि प्रशंसनीय प्रदर्शन गर्दै आएका थिए । बी डिभिजनमा पहिलो रोजाईका लागि संघर्ष गर्नुपरेका रोमनले आफूलाई अहिले प्रमुख खेलाडीका रुपमा स्थापित गरेका छन् । उनका सहकर्मी योगेशको प्रदर्शन पनि सम्झनलायक रहँदै आएको छ ।

लाओस उडेको भोलीपल्ट टिम घोषणा चैत्र १५, २०८२ | खेलाडी

लाओससँगको खेलका लागि शनिबार त्यसतर्फ उडेको नेपाली टिमको अन्तिम नामावली भने आज मात्र सार्वजनिक भएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता चैत्र १४, २०८२ | खेलाडी

शनिबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले बंगलादेशलाई १-१ को बराबरीमा रोक्यो । यो नतिजासँगै भारत समूह विजेता बन्यो । अब भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता भुटानसँग खेल्नेछ ।

अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? चैत्र १४, २०८२ | अजय फुयाल

दोस्रो विकल्पमा फिफाले विषयलाई राज्यको हस्तक्षेपको रूपमा लिएर गम्भीर हुने र आक्रामक निर्णय गर्न सक्छ । त्यसो हुँदा राखेपद्वारा निलम्बित एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले भनेझै निःसर्त निलम्बन फुकुवा गर्न राखेपलाई दबाब दिनेछ ।

साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा चैत्र १३, २०८२ | खेलाडी

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भुटानलाई जित दिलाउन धेनडुप ग्याल्सेनले निर्णायक गोल गरे । गोलरहित बराबरीसँगै श्रीलंकाले सेमिफाइनलमा आफ्नो एक पाइला अगाडि सारिसकेको थियो । तर, धेनडुपले थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै श्रीलंकालाई स्तब्ध बनाए ।

फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई चैत्र १३, २०८२ | खेलाडी

राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ ।

अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई चैत्र १३, २०८२ | खेलाडी

राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ ।

बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ चैत्र १३, २०८२ | खेलाडी

शुक्रबार झापाको धुलाबारीमा भएको भेलामा बोल्दै अध्यक्ष नेम्वाङले भने, ‘राखेपले जुन निलम्बन गरेको छ । बिता सर्त तत्कालन फुकुवा गर्नुपर्छ ।’ राखेपले बुधबार एन्फामाथि आगामी तीन महिनाको लागि निलम्बन गरेको छ ।

हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई चैत्र १३, २०८२ | खेलाडी

शुक्रबार झापामा भएको भेलामा बोल्दै उनले भने, ‘राखेपले निलम्बन गरेपछि निर्वाचन नहुने भएको छ । अब हामी वैधानिक रहेनौं,’ उनले भने, ‘ यदि हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने जति बेला पनि हट्न तयार छौं ।’ एन्फाले आज (चैत १३) गते झापामा चुनावी साधारणसभा गर्दै थियो । तर, राखेपले बुधबार एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

एन्फा ‘अर्ली इलेक्सन’ स्थगित चैत्र १२, २०८२ | खेलाडी

एन्फाले पत्रमा एन्फा, फिफा र एएफसीको विधानअनुसार चुनाव वैधानिक भएको, एन्फा आफैमा स्वायत्त संस्था भएकोले राखेपलाई चुनाव रोक्न निर्देशन दिने अधिकार नरहेको, एन्फाले राखेपलाई बेवास्था नगरेको, अदालतले चुनाव रोक्नु पर्ने कारण नरहेको आदेश जारी गरेकोलगायतका तर्क गर्दै चुनाव नरोक्ने बताएको थियो । शुक्रबारका लागि प्रस्तावित चुनाव रोके नेपाल फिफा तथा एएफसीबाट निलम्बनमा पर्ने समेत एन्फाले चेतावनी दिएको थियो ।

पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा चैत्र १२, २०८२ | खेलाडी

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भारतको जितमा ओमाङ डोडुमले दुई तथा विशाल यादवले एक गोल गरे । समूह ‘बी’मा भारतको यो पहिलो खेल हो । यो नतिजासँगै बंगलादेशले पनि एक खेलअगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।f

कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार चैत्र १२, २०८२ | खेलाडी

पत्रकार सम्मेलनमा बोल्दै एन्फाका पूर्व अध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘फ्रेस म्यान्डेट’ लोकतन्त्रको जरा भएको उल्लेख गर्दै तहगत निर्वाचनको माग राखे । ‘कानुनअनुसार निर्वाचन गर्दा धेरै जिल्ला अध्यक्ष र कार्यसमितिका सदस्य बाहिरिन सक्छन् । हामीले फ्रेस म्यान्डेटमा जोड दिएका थियौं । तर, तहगत निर्वाचन हुनुपर्छ भनेर भनेका हौं,’ शेर्पाले भने, ‘एन्फाले फिफासँग मिस कम्युनिकेट गर्यो होला । मलाई लाग्दैन फिफाले गलत कामलाई साथ दिन्छ ।’

माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा चैत्र ११, २०८२ | खेलाडी

अन्तिम खेलमा माल्दिभ्सले नेपाल तथा भुटानले श्रीलंकासँग खेल्नेछ । दुबैलाई अन्तिम खेलमा जितको विकल्प छैन । यसबाहेक दुबैले एकअर्काको नतिजामा पनि भर पर्नु पर्नेछ ।

थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश चैत्र ११, २०८२ | खेलाडी

तीन वर्षअघि सम्पन्न लिगमा अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफ क्लबले थ्री स्टारविरुद्ध एन्फामा उजुरी गरेको थियो । त्यो उजुरीमा सुनुवाई गर्ने क्रममा एन्फाको अनुशासन समिति तथा पुनरावेदन समितिले थ्री स्टारलाई अवैधानिक खेलाडी खेलाएको ठहर गर्दै रेलिगेशनमा झारेको थियो । त्यसका विरुद्ध थ्री स्टारले उच्च अदालत पाटनमा दायर गरेको रिटमा सुनुवाई गर्ने क्रममा गएको फागुन १३ गते अदालतले एन्फाको अनुशासन तथा पुनरावेदन समितिको निर्णय बदर गरेको थियो ।

निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा चैत्र ११, २०८२ | खेलाडी

पत्रमा एन्फाले ऐन तथा विधानको मनोगत व्याख्या प्रस्तुत गर्दै पटक-पटक पत्राचार हुँदासमेत निर्देशन पालना गर्ने प्रयास नगरी आफूखुसी ढंगले अघि बढ्न खोजेको उल्लेख छ । साथै अन्तर्राष्ट्रिय संघको निर्देशन देखाउँदै देशको कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्न खोजिएको पनि राखेपले ठहर गरेको छ ।

एन्फा तीन महिनाका लागि निलम्बित चैत्र ११, २०८२ | खेलाडी

पत्रमा एन्फाले ऐन तथा विधानको मनोगत व्याख्या प्रस्तुत गर्दै पटक–पटक पत्राचार हुँदासमेत निर्देशन पालना गर्ने प्रयास नगरी आफूखुसी ढंगले अघि बढ्न खोजेको उल्लेख छ । साथै अन्तर्राष्ट्रिय संघको निर्देशन देखाउँदै देशको कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्न खोजिएको पनि राखेपले ठहर गरेको छ ।

लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी चैत्र ११, २०८२ | खेलाडी

क्लबहरु लिगको टुंगो चाँडै होला भन्ने विश्वासका साथ बसिरहेका छन् । बागमतीले खेलाडीलाई घर नपठाउने निर्णय गरेको छ । आरएसले पनि खेलाडीलाई पोखरामै क्याम्पमा राख्ने स्रोतले बतायो ।

नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित चैत्र ११, २०८२ | खेलाडी

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सुवासले पहिलो हाफमा नेपाललाई अग्रतामा ल्याएका थिए । सुवासले कप्तान धर्वेन्द्र कुंवरको पासलाई सदुपयोग गरे । राइट साइडमा धर्वेन्द्रको क्रसलाई उनले सर्वप्रथम नियन्त्रणमा लिए । त्यसपछि दोस्रो बारमा लोअर प्रहार गरे ।

सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता चैत्र ११, २०८२ | खेलाडी

गोल हुनुअघि पनि सुवास अग्रताको निकै करिब रहे । तर, बक्सभित्रबाट उनले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । रिबाउन्ड बललाई धर्वेन्द्रले हेडरमार्फत पोस्टको दिशा दिए । उक्त हेडर पनि क्रसबारमा लागेर फर्कियो ।

राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी चैत्र ११, २०८२ | खेलाडी

आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरि चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा अनुमोदित हुने रणनीति लिएको थियो ।

एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा चैत्र ११, २०८२ | खेलाडी

सरोकारवालाहरुको विरोध तथा राखेपको पटकपटकका निर्देशन विपरित असार ५ गतेसम्म कार्यकाल रहेको एन्फाले एन्फाले यही चैत १३ गते शुक्रबार झापामा आगामी चार वर्षे कार्यकालका लागि चुनाव गर्ने तयारी गरिरहेको छ ।

स्पष्टीकरणको जवाफ कुर्दै राखेप चैत्र ११, २०८२ | खेलाडी

आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरि चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा अनुमोदित हुने रणनीति लिएको थियो ।

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा चैत्र ११, २०८२ | खेलाडी

न्यौपानेको नेतृत्वमा पहिलोपटक गत अक्टोबरमा नेपालले सिलोङ भ्रमण गरेको थियो । जहाँ नेपालले त्रिदेशीय प्रतियोगिताअन्तर्गत इरान र भारतसँग खेलेको थियो । त्यतिबेला फरवार्ड/लेफ्टब्याक अनिता लम्जेल, स्ट्राइकर जेनिफर रानामगर, सेन्टरब्याक नेहाकुमारी चौधरी, वाइड अट्याकिङ मिडफिल्डर सुक्रिया मिया र गोलकिपर सुशीला कुमारी चौधरी छनोटको फाइनल चरणमा फ्याकिएका थिए । यी सबै खेलाडीलाई यसपाली पनि न्यौपानेले अन्तिम टोलीमा स्थान बनाउने मौका दिएका छन् ।

सलाहले लिभरपुल छाड्ने चैत्र ११, २०८२ | खेलाडी

यद्यपि सलाहले अप्रिल २०२५ मा क्लबसँग थप दुई वर्षको सम्झौता गरेका थिए । लिभरपुलले भनेको छ, ‘दुबै पक्षको सहमति अनुसार सलाह क्लबबाट टाढिन लागेका हुन् ।’ योसँगै सलाहले फ्रि ट्रान्सफरमा अन्य क्लब जाने बाटो खुलेको छ ।

साम्बाको शल्यक्रिया सम्पन्न चैत्र ११, २०८२ | खेलाडी

साम्बाले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको अकल्यान्डमा शल्यक्रिया सफलतापूर्वक सकिएको बताएकी हुन् ।

श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? चैत्र ११, २०८२ | अनुप महर्जन

यो जित चानचुने जित थिएन । इतिहासका पानामा लेखिने खालको थियो । माल्दिभ्सले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । पछि दोस्रो हाफमा श्रीलंकाले तीन गोल फर्काउँदै सनसनी मच्चायो । सुरुआती मिनेट्सदेखि नै श्रीलंकाले जसरी आफ्नो खेल प्रस्तुत गरेको थियो । त्यसले उसले साफ च्याम्पियनसिपमा बनाएको छविलाई बिर्साइदिएको थियो ।

रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो चैत्र १०, २०८२ | खेलाडी

मंगलबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा फरवार्ड रोनान बेन्जामिन सुलेभान चम्किँदा बंगलादेशले समूह ‘बी’मा पाकिस्तानविरुद्ध २–० को जित हासिल गर्यो । दुबै गोल अमेरिकामा जन्मिएका बंगलादेशी नागरिक रोनानले गरेका थिए ।

एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता चैत्र १०, २०८२ | खेलाडी

सूर्यप्रसाद पराजुली र वाशुदेव न्यौपानेको संयुक्त इजलासले लामाको उम्मेदवारी स्थगनमा राख्ने स्टे अर्डरलाई निरन्तरता दिँदै बिहीबारका लागि पेशी तोकेको छ ।

एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र चैत्र १०, २०८२ | खेलाडी

राखेपले यसअघि चैत ५ गते बिहीबार चैत १३ लाई तय गरिएको चुनाव स्थगित गरि लिखित जानकारी गराउन काटेको पत्रको जवाफस्वरुप एन्फाले आइतबार फिफा र एएफसीको निर्देशन, एन्फाको विधान तथा पाटन उच्च अदालतको आदेशलगायतका कारण चुनाव रोक्नु नपर्ने भन्दै चुनावमा सहयोग गर्ने आह्वानसहित राखेपमा पत्राचार गरेको थियो ।

राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण चैत्र १०, २०८२ | खेलाडी

मंगलबार काटिएको पत्रमा राखेपले एन्फालाई तोकिएकै समयसिमाभित्र उचित कारणसहित लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । पत्रमा आवश्यक कागजात, निर्णयको आधार र प्रक्रियागत स्पष्टता समेत समावेश गर्न भनिएको छ ।

माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित चैत्र ९, २०८२ | खेलाडी

दोस्रो हाफमा श्रीलंकाले अप्रत्याशित रुपमा तीन गोल फर्काएको हो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा श्रीलंकाका लागि मोहम्मद हुसेन अब्दुल्लाहले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित चैत्र ९, २०८२ | खेलाडी

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा धेनदुपले सुन्दर गोल गर्दा भुटानले खेलमा फर्किने संकेत देखायो । उनले केल्देन डोर्जेको कटब्याकलाई सदुपयोग गरे अनि दोस्रो बारमा अटेम्प्ट गरे । उनको प्रहारलाई पेम्बाले रोक्न सकेनन् ।

सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता चैत्र ९, २०८२ | खेलाडी

भुटानी गोलकिपर तानदीन पेन्जोरले आफ्नै सहकर्मीले दिएको बललाई हातले छुँदा नेपालले इन्डाइरेक्ट फ्रिकिक पाएको थियो । पाएको अवसरमा नेपालले चलाखीपूर्ण ढंगबाट लियो । पाँच खेलाडी संलग्न रहेको बलमा अन्तिम प्रहार सुजनको रह्यो । सुजनले ‘न्यर पोस्ट’मा बललाई जाली चुमाए ।

हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर चैत्र ९, २०८२ | खेलाडी

सोमबार टेवहालस्थित आफ्नो क्लब भवनमा संकटाले पत्रकारसमक्ष आफ्ना पीडा पोखेको हो । आफूहरु फुटबल विकास तथा प्रवद्र्धन गर्ने उद्धेश्यले निरन्तर लागिरहँदा पनि नियामक निकायबाट अन्याय भएको संकटाले बताएको छ ।

एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने चैत्र ९, २०८२ | खेलाडी

आयोजनक र सहभागी टोलीले प्रतियोगितालाई प्रतिस्पर्धी खेल, टिमवर्क र खेल भावना प्रदर्शन गर्ने सुनौलो अवसरका रुपमा लिएका छन् । प्रतियोगिताका आवश्यक नियमअरु आयोजक क्लबको आधिकारिक वेबसाइटमा उपलब्ध गरिएको छ ।

सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न चैत्र ९, २०८२ | खेलाडी

क्याम्पका दौरान नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा टिपटो स्पोट्र्स एकेडेमीका सिइओ सुवास न्यौपानेले श्री जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘प्रिजेन्टेसन कक्ष’मार्फत आधारभूत ज्ञान दिएका थिए ।

मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित चैत्र ९, २०८२ | खेलाडी

रियालको जितमा जुनियरले दुई तथा भाल्भर्डेले नै एक गोल गरेका थिए । जुनियरले ७२औं मिनेटमा विजयी गोल गरेका हुन् ।

सिटीलाई लिग कपको उपाधि चैत्र ९, २०८२ | खेलाडी

सिटीले भने नवौं पटक यो उपाधि उचालेको हो ।

साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत्र ९, २०८२ | खेलाडी

नेपालले भुटानको थिम्पुमा सम्पन्न दोस्रो संस्करणमा उपाधि जितेको थियो । सिंगल राउन्ड रोविन लिगमा नेपालले बंगलादेशलाई पछाडि पारेको थियो । त्यो संस्करणमा नेपालले भुटानसँग १-० को अप्रत्याशित हार बेहोरेको थियो । दुई वर्षपछि हल्चोक, काठमाडौंमा सम्पन्न तेस्रो संस्करणमा त नेपालले तीन गोल खायो । पानी परेर हिलाम्मे भएको मैदानमा नेपाल ३-० ले पराजित भएको थियो ।

चैत १३ मा एन्फा चुनाव होला त ? चैत्र ८, २०८२ | अजय फुयाल

एन्फाले चुनाव गर्न र राखेपले गर्न नदिन न्वारनदेखिको बल लगाउँछन् । तर यस्तै परिस्थितीमा जे भए पनि दुवै पक्षको जित हुँदैन । चुनाव भए पनि दुवै पक्ष हार्छ । रोके पनि दुवै पक्ष हार्छ । फुटबल हार्छ ।

राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न चैत्र ८, २०८२ | खेलाडी

राखेप सदस्य सचिव रामचरित्र मेहतालाई सम्बोधन गरिएको, किरण राईद्धारा हस्ताक्षरित पत्रमा निर्वाचन राखेपले भनेजस्तो विधानविपरित नभएको उल्लेख गरिएको छ । त्यस्तै पत्रमा निर्वाचन तोकिएकै समयमा नभए फिफा र एएफसीले नेपाललाई प्रतिबन्ध गर्न सक्ने कुरा उल्लेख गरिएको छ ।