चैत्र ३, २०८२ मंगलबार | २२:३०:४८
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

प्याट्रिक फर्काउँदा एन्फा हार्छ ?

एएफसी एसियन कप छनोटमा नेपालले इतिहासकै उत्कृष्ट प्रदर्शन गर्यो । आफूभन्दा धेरै माथिल्लो वरियताको टिमसँग उसकै मैदानमा ३–१ ले पछि परिसकेको खेललाई बराबरीमा ल्याएर पेनाल्टी सुटआउटसम्म पुग्नु सामान्य प्रदर्शनले सम्भव हुँदैनथ्यो । नेपाली टिमले उज्वेकिस्तानमा त्यस्तै असाधारण फुटबल खेल्यो । तीन खेलमा २० गोल गर्दा तीन गोलमात्र खायो । पहिलो पटक एसियन कपलाई छानिने लक्ष्यमा भाग्यमात्र तगारो बन्यो । पेनाल्टी सुटआउटको भाग्यमा ठगिँदा एसियन कपमा छनोट नभए पनि नेपाली टिम अन्तर्राष्ट्रिय महिला फुटबलमा रवाफिलो प्रभाव छोड्दै घर फर्किन सफल भयो ।

नेपालले इतिहासमै यति माथिल्लो टिमसँग यस्तो प्रभावशाली प्रदर्शन गरेको थिएन । अझ यसपाली त नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको ४० वर्षे इतिहासमा बिल्कुल नौलो संरचनामा खेलेर त्यो सफलता हासिल गरेको थियो । ४–४–२ को परम्परागत शैलीलाई आफ्नो स्वभाव बनाइसकेको नेपालले पहिलो पटक तीन जनामात्र रक्षक राखेर मैदान उत्रियो । आलोचनाहरुका बीच त्यो रणनीतिलाई प्रत्येक खेलमा सफल बनाउन नेपाल सफल भयो ।

टिम त्यही थियो । खेलाडी तिनै थिए । तयारी उस्तै थियो । विपक्षी चाँही यसपाली कम्तिमा उज्वेकिस्तान धेरै माथिल्लो स्तरको थियो । यस्तोमा कसरी नयाँ संरचना, नयाँ सोच, नयाँ जोश, नयाँ जाँगर र सफल नतिजा सम्भव भयो त ?

उत्तर सजिलो छ, ‘मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डे ।’ हो, युइएफए प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिकको ज्ञान, अनुभव, परिपक्वता, कार्यशैली र प्रेरणादायी नेतृत्वका कारण यो सफलता सम्भव भएको थियो । बेल्जियमका प्रशिक्षक प्याट्रिककै कारण नेपाली महिला टिमको फुटबलमाथिको अप्रोच नै फेरियो ।

तर, दूर्भाग्य ! अखिल नेपाल फुटबल संघको राजनीतिक चपेटामा टिम पर्दा नेपाली चेलीहरुले उनको नेतृत्व फेरि पाउने सम्भावना लगभग समाप्त भएको छ । चार दशकपछि नयाँ तरिकाले अगाडि बढ्न खोजेको महिला फुटबलको यो उर्जावान यात्रा रोकिने भयले खेलाडीहरु त्रसित भइरहेका छन् ।

उज्वेकिस्तानबाट मुख्य प्रशिक्षक र व्यवस्थापनबीच थुप्रै खटपटका समाचार आए । प्रशिक्षकले चाहेजसरी काम गर्न नपाएका गुनासाहरु सार्वजनिक भए । जसलाई एन्फाले लगातार अस्वीकार गरिरहयो । फिल्मलाई डिरेक्टर्स मिडियम भनेजस्तै फुटबल भनेको प्रशिक्षकको मिडियम हो । त्यहाँ प्रशिक्षक सर्वेसर्वा हुन्छन् । सबैखाले निर्णय उसैले गर्छ । यही कारण त प्रशिक्षकले सबैखाले नतिजाको जिम्मेवारी एक्लै लिने गर्छन । तर नेपाली महिला टिमको हकमा त्यस्तो नभएको उनको गुनासो रहयो ।

कान्तिपुर तथा दी काठमाडौं पोष्ट पत्रिकामा मंगलबार प्रकाशित अन्तरवार्तामा उनले एन्फालाई योजनाभन्दा राजनीतिमा बढि रुची रहेको, टिमको लागि होटल व्यवस्थापनदेखि आइसको समेत समस्या रहेको यथार्थ सार्वजनिक गरे । यसले एन्फाले महिला फुटबल विकासका लागि आफूसँग थुप्रै योजना छन् भनेर गर्ने गरेको चर्को श्वरलाई त्योभन्दा ठूलो श्वरमा खारेज गरिदिएको छ ।

एन्फाको विषयमा यति आलोचनात्मक चेतका साथ यथार्थ बोलेपछि अब सायद उज्वेकिस्तानबाट बेल्जियम गएका प्याट्रिकलाई फर्काउन एन्फाले चाहने छैन । प्याट्रिक स्वयमले पनि एन्फाको शैली नसुध्रने हो भने आफू नफर्कने बताइसकेका छन् । प्याट्रिक र एन्फा नेतृत्वको सोच केकस्तो छ, त्यो उनीहरुले जान्ने हो । तर प्याट्रिक नेपाली महिला फुटबलको नीर्विवाद आवश्यकता हुन् । आगामी दिनमा यसपाली पूरा नभएको सपना पूरा गर्नका लागि उनको निरन्तरता नेपाली फुटबलको आवश्यकता हो ।

अर्को वर्ष हुने चुनावमा ध्यान केन्द्रित गरिसकेको एन्फाले भोटरको हैसियत बोकेका वा भोट प्रभावित गर्न सक्नेहरुको मन दुखाएर नेपाली फुटबललाई हसाउने प्रयास नगर्ला । एन्फा निर्वाचनमा भोट हाल्ने वा हाल्न लगाउनेहरुसँग नै खट्पट परेका प्याट्रिकलाई फर्काउँदा उनीहरु रिसाउन सक्छन् । चुनावमा सारा समर्थकले वा नेपाली नागरिकले भोट हाल्ने होइन भन्ने एन्फा नेतृत्वलाई थाहा छ । उनीहरुलाई भोट हाल्ने कस्ले भन्ने पनि जानकारी छ । यसकारण सम्पूर्ण फुटबललाई खुसी पार्न एकजना विदेशीको मोलाहिजा गर्नुभन्दा बरु सीमित मतदातालाई खुसी पारौं भन्ने पनि नेतृत्वलाई लाग्न सक्छ । 

तर, एन्फाको नेतृत्वमा पुगेपछि आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्न सक्नुपर्छ । नेपाली फुटबलको आवश्यकतालाई ध्यानमा राखेर सम्पूर्ण नेपालीलाई खुसी दिने उद्देश्यका साथ प्याट्रिकलाई फर्काउने वातावरण बनाउनुपर्छ । ‘तिम्रो योजनाअनुसार काम गर्न कुनै बाधा हाल्दैनौं । आएर नेपाली महिला फुटबलको स्तरोन्नतिमा केही योगदान गरिदेउ’ भनेर अनुरोध गर्दा एन्फा र नेतृत्व सानो हुँदैन । बरु नेपाली फुटबलको पक्षमा गरिएको प्रयासले उनीहरुको कद झनै उचो हुन्छ ।

र, यो अनुरोधका लागि प्याट्रिक हकदार छन् । उज्वेकिस्तानमा उनले यो प्रमाणित गरिसकेका छन् ।    


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH