फाल्गुन ९, २०८२ शनिबार | ००:२३:२०
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’

काठमाडौं । अर्को वर्ष सेप्टेम्बरमा जापानको आइची र नायोगामा हुने २०औं एसियाली खेलकुदको आयोजक कमिटीले कुनै पनि देशको राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)बाहेक अरु कसैले पनि सहभागिताका लागि खेल वा खेलाडीको दर्ता गराउन नसक्ने बुधबार प्रष्ट पारेको छ ।

नेपालमा एनओसी र युवा तथा खेलकुद मन्त्रालयबीच पछिल्लो समय पानी बाराबारको अवस्था रहँदा मंगलबार दुवै संस्थाले २०औं एसियाडमा सहभागिताका लागि छुट्टाछुट्टै खेल सूचि दर्ता गराएको बताएका थिए ।

एनओसीले पत्रकार सम्मेलन गरेर संघहरुसँगको समन्वयमा इच्छुक ३० खेल दर्ता गराएको जनाएको थियो ।  लगत्तै मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको एनओसी अवैधानिक भएकाले मन्त्री तेजुलाल चौधरीले आफै ३१ खेल दर्ता गराएको दाबी गरेका थिए ।

ओलम्पिकको छातामुनि हुने खेल मेलामा कुनै पनि देशको सहभागिता गराउने अधिकार एनओसीसँग मात्र रहने प्रावधान भए पनि नेपाली खेलकुदका दुई ठूला संस्थाले आ–आफ्नै दाबी गर्दा खेलाडी र खेलकुद अन्योलमा थियो ।

तर बुधबार आयोजक कमिटीले मन्त्रालयलाई पत्राचार गर्दै एनओसीबाहेक अरु कसैको पनि दर्ता वा कुनै पनि खालका अनुरोध स्वीकार गर्न नसकिने प्रष्ट पारेको छ ।

जापान एसियाड आयोजक कमिटीका सहायक महानिर्देशक तोरु कोबायाशीले युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको पत्रमा ‘आयोजक कमिटीले सम्बन्धित देशको एनओसीबाहेक अरु कसैले गरेको अनुरोध वा दर्ता स्वीकार नगर्ने कुरा बुझ्न’ सुझाएका छन् ।

उनले लेखेका छन्, ‘तपाईंको पत्र मैले पाएँ । नेपालबाट खेलको संख्या दर्ता विषयमा यो जवाफ लेख्दैछु । खेलको दर्ता एनअ‍ोसीले मात्र गर्नुपर्छ । जुन नेपालको हकमा एनओसीले समयसिमाभित्र गरिसकेको छ र त्योमात्र स्वीकार्य हुन्छ । थप केही जिज्ञासा भए मलाई वा ओसिएको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गर्छु ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||