मंसिर ६, २०८२ शनिबार | ०६:३७:४५
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर
शनिबारको दिन

प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’

काठमाडौं । नेपाली क्रिकेटका संकटमोचक ‘बर्थडे ब्वाइ’ करण केसी भन्दै थिए, ‘अमेजिङ एक्सपिरियन्स, विथ नेपाली क्राउड एन्ड फ्लडलाइट । अन्डर लाइट्स पहिलो खेल खेल्न पाउनु र जित्नु मेरा लागि ऐतिहासिक क्षण हो ।’

यो विषय स्तरोन्नति गरिएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको हो । अनि प्रसङ्ग चाहिँ नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को । यस सिजनको पहिलो खेलपछि पत्रकार सम्मेलनमा काठमान्डु गोर्खाजका मार्की करणको खुसी यसैगरी छचल्किएको थियो ।

साबिक विजेता जनकपुर बोल्टस र काठमान्डु गोर्खाजबीच प्यारापिट जडित कीर्तिपुरको मैदानमा फ्लडलाइट बालेर राति खेलाइएको एनपिएलको पहिलो खेल थियो ।

त्यो खेलमा जित हासिल गरेपछि गोर्खाजका कप्तान करणको उत्साह थेगिनसक्नु थियो । उनको उत्साह टिमले खेल जितेको भन्दा पनि इतिहास रचेकोमा बढी देखिन्थ्यो ।

राष्ट्रिय उत्सव जसरी चलिरहँदा एनपिएलको दोस्रो संस्करणले कीर्तिपुरको मौसम मंसिर महिनाको चिसो सिरेठोका बावजुद न्यानो बनाएको छ ।

सोमबार सुरु एनपिएलको यो दोस्रो सिजन हो । पहिलो सिजनको भव्यता, आमखेलप्रेमीको क्रेज र राष्ट्रिय क्रिकेट टिमले विश्वकपमा छनोट भएर गरेको प्रदर्शनलगायतका कारणले दोस्रो सिजनले झनै बढी चर्चा बटुलेको छ ।

चर्चामात्र होइन, सरकारबाट पनि इतिहासमै कहिल्यै नदेखिएको तदारुकता यसपालि देखिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेटले देखाएको अपार सम्भावना सम्बोधन गर्न १० महिनाको समयसीमा नै तोकेर त्रिवि मैदानलाई रंगशालामा परिणत गर्दै प्यारापिट र फ्लडलाइट जडानसहितका काम सक्ने गरी स्तरोन्नति गर्न पहलकदमी लिएका थिए ।

पक्कै पनि एनपिएलको पहिलो सिजनले मैदानभित्रको प्रतिस्पर्धा, आमखेलप्रेमीको माया, व्यावसायिक प्रतिष्ठानहरूको आकर्षणलगायतका कारण लामो र सुनौलो भविष्यको संकेत गरेको थियो । 

सरकार स्वयं प्रतिबद्ध भएर लाग्नाको परिणामस्वरुप अघिल्लो सिजन धुलाम्ये खुला मैदानमा भएको एनपिएल यसपालि प्यारापिटले घेरिएको रंगशालामा फ्लडलाइट बालेर इतिहासमै पहिलो पटक दिवारात्रि खेल गराउन सकिएको छ ।

यही कारण हो रंगशाला हस्तान्तरण कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जेन्जी सरकारका नवनियुक्त सहरी विकासमन्त्री कुलमान घिसिङसामु हिम्मतका साथ भनेका थिए, ‘इमान्दारीसाथ भन्नैपर्छ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँको सरकारको विशेष पहलकदमीमा यो रंगशाला स्तरोन्नतिको काम भएको छ । हामी उहाँ र तत्कालीन सरकारलाई धन्यवाद दिन चाहन्छौं । यसले नेपाली क्रिकेटको मुहार परिवर्तन गरेको छ ।’

पक्कै पनि एनपिएलको पहिलो सिजनले मैदानभित्रको प्रतिस्पर्धा, आमखेलप्रेमीको माया, व्यावसायिक प्रतिष्ठानहरूको आकर्षणलगायतका कारण लामो र सुनौलो भविष्यको संकेत गरेको थियो । जसले गैरकानुनी रूपमा जुवा खेलाउने अनलाइनहरूका सरोगेट कम्पनीलाई खुलेआम प्रवद्र्धन गरेको विषय ओझेलमा पारिदियो । आयोजक नेपाल क्रिकेट संघ (क्यान) भित्रको आन्तरिक किचलो र आर्थिक अपारदर्शिताका आलोचनाको स्वर पनि प्रतियोगिताको सफलताले मत्थर पार्यो । नेपालको कानुन विपरीत गरिएका सम्झौताहरू सबै तपसिलका विषय बने ।

नेपाली खेलकुदले कल्पनासम्म नगरेको स्तरमा प्रतियोगिता हुन्छ अनि विश्वकै ठूला स्टारहरू कीर्तिपुर रंगशालामा ब्याट र बल बोकेर उत्रन्छन् भने झिनामसिना कुरा बेवास्ता गर्नुपर्छ भन्ने मानसिकता सरकार र न्यायिक/अर्धन्यायिक निकायदेखि आमजनतामा देखियो ।

एनपिएलमा विवाद यसपालि पनि छ । सरकार र नियमनकारी निकायलाई चुनौती दिँदै बेटिङ साइटका सरोगेट कम्पनीका विज्ञापन आयोजकदेखि सहभागी फ्रेन्चाइजले खुलेआम गरिरहेका छन् । रक्सीको सरोगेट कम्पनीलाई पनि क्रिकेटको मैदानमा प्रवद्र्धन गरिरहेको छ ।

तर, ‘सबथोक गलत भइरहेको’ भाष्य स्थापित देशमा ‘कम्तीमा क्रिकेट एउटा ठिक ठाउँमा छ । क्रिकेटले राष्ट्रिय गौरवका कथा लेखिरहेको छ’ भन्ने बुझाइ यसपालि पनि आम सरोकारवालामा हावी भइरहेको छ ।

यही बुझाइलाई स्तरोन्नति गरिएको रंगशालाले थप बल प्रदान गरेको छ । सुविधासम्पन्न प्यारापिटसहितको रंगशालामा राति खेल हुँदाको उल्लास र फ्लडलाइटको बत्तीले झलमल्ल उज्यालिँदा एनपिएलका अँध्यारा पाटाहरू बिलिन भएका छन् ।

यही बुझाइलाई स्तरोन्नति गरिएको रंगशालाले थप बल प्रदान गरेको छ । सुविधासम्पन्न प्यारापिटसहितको रंगशालामा राति खेल हुँदाको उल्लास र फ्लडलाइटको बत्तीले झलमल्ल उज्यालिँदा एनपिएलका अँध्यारा पाटाहरू बिलिन भएका छन् ।

एनपिएल सिजन दुईको पहिलो हप्ता सबै टिमले कम्तीमा एक खेल खेलिसक्दा मैदानभित्रका नतिजा र अंकतालिकाको समीकरण रंगशालाको यही नयाँ रूपले छायाँमा पारिदियो । सबै टिमका खेलाडी, प्रशिक्षक, समर्थक, क्यान पदाधिकारीदेखि राजनीतिक दल र तिनका नेतृत्वसमेत प्यारापिट र फ्लडलाइटको बखानमा व्यस्त भए ।

राष्ट्रिय टिमका पूर्वकप्तान एवं क्यान सचिव पारस खड्काको भनाइ पनि त्यस्तै थियो । उनी त रंगशालाको स्तरोन्नतिकै कारण नेपाली क्रिकेट आगामी तीन वर्षमा युवा तथा खेलकुद मन्त्रालयको भन्दा ठूलो बजेट चलाउने अवस्थामा पु¥याउने प्रति विश्वस्त देखिन्थे ।

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘रंगशाला स्तरोन्नति भएपछि अब हामीले टिकट बेचेरै नेपाली क्रिकेटलाई माथि उचाल्न सक्छौं । देशैभर ग्रासरुटमा लगानी गर्न सक्ने अवस्थामा हुन्छौं । केही वर्षमा क्रिकेट संघको बजेट मन्त्रालयको भन्दा ठूलो बनाउन सक्छौं ।’

उपाधि रक्षा अभियानको पहिलो गाँसमै ढुंगा लाग्नाका बावजुद पनि जनकपुरका कप्तान अनिल शाह नयाँ स्वरुपको त्रिवि रंगशालामा खेल्न पाउँदाको खुसी लुकाउन सकिरहेका थिएनन् । उनी भन्दै थिए, ‘खेलमा हारजित स्वाभाविक प्रकृया हो । नतिजा आफ्नो ठाउँमा छ, तर आजको फिलिङ्स राम्रो थियो । पहिलो पटक नेपालमा फ्लडलाइटमा खेलिरहेका छौं, त्यो पनि टियुमा । यो हामी सबैको सपना थियो, पूरा भयो । खुसी लागिरहेको छ । भाइब्स पनि राम्रो थियो ।’

नेपाली राष्ट्रिय टिमलाई दुई वर्षअघि प्रेरणादायी नेतृत्व गरिसकेका भारतीय प्रशिक्षक मोन्टी देसाईले यसपालि एनपिएलमा काठमान्डु गोर्खाजको नेतृत्व लिएका छन् । उनी पनि त्रिवि क्रिकेट मैदानकोे स्तरोन्नतिबाट औधी उत्साही देखिए ।

तपाईं हामी सबैको सपना पूरा भएको छ । क्यान व्यवस्थापन, ग्राउन्डम्यान सबैको सपना थियो । मैले सन् २०२३ सम्म यसको सपना पनि देखेको थिइन, तर २०२५ मा यो वास्तविकतामा परिणत भएको छ । यो हामी सबैका लागि गौरवमय क्षण हो

‘तपाईं हामी सबैको सपना पूरा भएको छ । क्यान व्यवस्थापन, ग्राउन्डम्यान सबैको सपना थियो । मैले सन् २०२३ सम्म यसको सपना पनि देखेको थिइन, तर २०२५ मा यो वास्तविकतामा परिणत भएको छ । यो हामी सबैका लागि गौरवमय क्षण हो,’ खेलपछि पत्रकार सम्मेलनमा मोन्टी भावुक भए ।

सुदूरपश्चिम रोयल्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली क्रिकेटको आवश्यकतामाथि सम्बोधन गरिदिएकामा सरकारप्रति धन्य थिए । भन्दै थिए, ‘यति राम्रो पूर्वाधार बनाइदिएकामा सरकारलाई धन्यवाद ! हामीले दिवारात्रि खेल गराउन सक्ने इतिहास रचेका छौं । यो हामी सबै खेलप्रेमीका लागि खुसीको कुरा हो ।’

कर्णाली याक्सका कप्तान एवं राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीलाई त्रिवि क्रिकेट मैदानको नयाँ रूप पत्याउनै गाह्रो भइरहेको थियो । ‘एक दुई चोटि हेर्दा टियु होइन कि जस्तो पनि लाग्छ । किनकि रुखैको बीचमा बस्ने बानी थियो । र, अहिले चाहिँ एकदमै राम्रो फिल भएको छ । यो हाम्रै ग्राउन्ड हो भनेर अभ्यस्त हुन अझै केही समय लाग्छ भन्ने मलाई लाग्छ,’ खेलाडीको भावना सोमपालको मुखबाट यसरी निस्किएको थियो ।

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल पहिलो पटक फ्लडलाइट बालेको आफ्नै रंगशालामा राति खेल्न पाउँदा सम्पूर्ण खेलाडी खुसी र उत्साही भएको बताइरहेका थिए । भुर्तेलजस्तै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने पनि भावना सम्हाल्न असफल देखिन्थे ।

‘हाम्रो लागि भन्दा पनि हामीभन्दा पहिला जतिले खेल्नुभएको थियो, उहाँहरू सबैको यो सपना थियो । उहाँहरू सबैको आँखामा आज यो सब देखेर आँसु पक्कै आएको होला । खुसीको आँसु । नेपाली क्रिकेटलाई पहिलो पाइलादेखि आजको दिनसम्म ल्याउने सबैको सपना साकार भएजस्तो लाग्छ । यसले आगामी पुस्ताको हातमा अझ राम्रो अवस्थाको क्रिकेट दिन मद्दत पुग्नेछ,’ फ्लड लाइट र प्यारापिट जडित रंगशालाको नयाँ स्वरुपमाथि सन्दीपको भावुक प्रतिक्रिया थियो ।

 बाउन्ड्रीलाइनदेखि क्रिजसम्म सबैतिर समान तबरको उज्यालो छ । यस्तो विश्वका कमैमात्र रंगशालामा देख्न पाइन्छ । यसले समग्र नेपाली क्रिकेटको अवस्था माथि उचालेको छ । सुन्दर काठमाडौं नगरीको सुन्दरतामा अर्को एउटा क्राउन थपिएको छ ।

चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका ब्याटर रवि भोपारादेखि स्टार स्पोर्टसका कमेन्टेटरसम्म त्रिवि मैदानको नयाँ स्वरुपले प्रभावित भइरहेका थिए । उनीहरू सबैको भनाइ उस्तै थियो, ‘लाइट विश्वस्तरीय छ । बाउन्ड्रीलाइनदेखि क्रिजसम्म सबैतिर समान तबरको उज्यालो छ । यस्तो विश्वका कमैमात्र रंगशालामा देख्न पाइन्छ । यसले समग्र नेपाली क्रिकेटको अवस्था माथि उचालेको छ । सुन्दर काठमाडौं नगरीको सुन्दरतामा अर्को एउटा क्राउन थपिएको छ ।’

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको विचारमा रंगशालाको नयाँ स्वरुपले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा आत्मविश्वासी प्रदर्शन गर्न सहयोग पुर्याउने छ । ‘ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता सधैं लाइटमा खेल्नुपर्छ । तर हामीसँग त्यसमा अभ्यस्त हुने सुविधा थिएन । अब भएको छ । जसबाट नेपाली खेलाडीलाई धेरै फाइदा पुग्ने छ,’ उनले अपेक्षा सुनाए ।

एक वर्षमै त्रिवि रंगशालामा आएको परिवर्तन रोहितका लागि पनि अपत्यारिलो थियो, ‘पोहोर साल हामीले एनपिएलका खेल दिउँसो खेलेका थियौं । त्यो बेला कसैले मलाई अर्को वर्ष प्यारापिटसहितको मैदानमा लाइट बालेर राति खेल्न पाउँछौं भनेको भए पत्याउन सक्दिनथें । तर अहिले हामी लाइट बालेको मैदानमा खेलिरहेका छौं । दर्शक प्यारापिटका सिटमा बसेर हेरिरहनुभएको छ । हामी यो अवस्थाको एकदमै इन्जोय गरिरहेका छौं ।’