फाल्गुन १०, २०८२ आइतबार | ००:४७:४३
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै

काठमाडौं । खेल्न पाउनु पर्ने मागसहित फुटबल खेलाडी सडक संघर्षमा उत्रिएको चर्चा सेलाउन नपाउँदै मंसिरको चिसोलाई तताउँदै डिभिजन क्लबहरु पनि एन्फाविरुद्ध धर्ना बस्ने भएका छन् ।

सबैखाले फुटबलको सुनिश्चिताका लागि क्लबहरु भोलि बिहीबारदेखि एन्फासँगको वार्तासँगै धर्नामा पनि बस्न लागेका हुन् ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मछिरिङ शेर्पाले खेलाडी डटकमको खेलाडी अन दी स्पटको जम्काभेटमा भोलिबाट आन्दोलन सुरु गर्ने बताए ।

लगत्तै उनले ‘एन्फा जाउँ लिगको स्थायित्व कायम गर्न’ लेखिएको ब्यानर पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ब्यानरमा क्लबहरुका तीन एजेन्डा समावेश छन् ।

‘लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरुसँगको सम्झौता कार्यन्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग सञ्चालन गर्न भोलि मिति २०८२-०८-०४ गते बिहान ९ बजे एन्फा जाउँ’ ब्यानरमा लेखिएको छ ।

मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठले पनि बुधबार फेसबुकमा एउटा पोष्ट राख्दै एन्फा तथा मन्त्रालयविरुद्ध आक्रोष पोखेका छन् ।

उनले ‘क्लबसँगको सम्झौता कार्यान्वयन गर, फुटबल सिंहदरबारभित्र होइन, मैदानमै खेलौं, मापदण्ड अनुसारको मैदान हाम्रो माग, सहिद स्मारक लिग प्रतियोगितालाई अझै व्यवस्थित बनाउँ, सबै प्रतियोगिता आजको आवश्यकता, फुटबल खेल्ने वातावरण बनाउ ! हामी तयार छौं, एएफसी र एन्फा क्लब लाइसेन्सिङ पूरा गरौं, एक वर्षको फुटबल चक्र चार वर्ष लगाउने पदाधिकारी चाहिँदैन, एकै वर्षमा सहिद स्मारक लिगको सबै चक्र पूरा गर्ने की फेरि एक चक्र चारै वर्ष लगाउने ?, ८९३ दिनदेखि लिग कस्को कारण रोकियो ?, ए बी सी डिभिजन तथा जिल्ला लिग कहिले ?’ लेख्दै विरोध जनाएका छन् ।

एन्फा र क्लबबीच गत कार्तिक १७ गते बसेको बैठकबाट यो वर्ष शीर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो ।

जसको विरोधस्वरुप कार्तिक २० गते खेलाडीहरु सडकमा उत्रिएका थिए । आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका थिए ।

१५ दिनपछि क्लबहरुले फुटबलको सुनिश्चिताका लागि आफूहरु पनि सडक संघर्षमा उत्रिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएका छन् ।

खेलाडी संघको आन्दोलन र फुटबल बेतिथिको चौतर्फी आलोचनापछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबहरुसँग गत कार्तिक २५ गते छलफल गरेका थिए । उक्त छलफलबाट त्यही मितिबाट १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमा एन्फाले ‘ए’ डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि मन्त्री आफैले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गरेका थिए ।

त्यसको केही दिनपछि गुप्ताले क्लब र एन्फा तथा खेलाडीहरुसँग संयुक्त तथा छुट्टाछुट्टै छलफल गरेका थिए । उक्त छलफलमा क्लबहरुले पुनः आफ्नो मागलाई मन्त्रीसमक्ष राखेका थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||