कार्तिक १८, २०८२ मंगलबार | ००:०६:४८
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

सर्वपक्षीय बैठक बोलाउन क्लबहरुले एन्फालाई बुझाए ध्यानाकर्षणपत्र

एन्फा महासचिव किरण राई (दायाँ)लाई ध्यानाकर्षणपत्र बुझाउँदै फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास शाह ।

काठमाडौं । शीर्ष डिभिजनका क्लबहरुबीच जारी १६ वर्षमुनिको लिगमा प्रत्येक दिन विवाद तथा झगडा हुन थालेपछि सहभागी क्लबहरुले एन्फालाई सबै पक्षको संयुक्त बैठक बोलाउन अनुरोध गरेका छन् ।

क्लबहरुका तर्फबाट एन्फाका महासचिव किरण राईलाई ध्यानाकर्षणपत्र बुझाउँदै फ्रेन्डस क्लबका अध्यक्ष विश्वास शाहले ‘प्रतियोगितालाई मर्यादित र व्यवस्थित बनाउन तत्काल सहभागी क्लबका अध्यक्ष र महासचिव, प्रतियोगिता सञ्चालन समिति, निर्णायकहरु, स्थानीय आयोजक कमिटी, म्याच कमिस्नरहरु तथा एन्फाका अध्यक्ष र महासचिवको संयुक्त वैठक आहवान गर्न’ अनुरोध गरेका हुन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गरिएको ध्यानाकर्षणपत्रमा आफ्ना चासोलाई गम्भीर रुपमा लिएर तत्काल बैठक नबोलाए हुन सक्ने सबैखालका घटनाको जिम्मेवार एन्फा हुनुपर्ने चेतावनी पनि दिइएको छ ।

प्रतियोगितालाई मर्यादित र सभ्य तरिकाले गर्न बाँकी खेलहरुमा स्तरअनुसारका निर्णायक र म्याच अधिकारी परिवर्तन गर्न यो पत्र बुझाएका छौं । विवादित निर्णायक र म्याच अधिकारीलाई बाँकी खेलमा जिम्मेवारी नदिन अनुरोध गर्दछौं ।

‘एन्फाको आयोजनामा भइरहेको यु १६ लिग दौरान भइरहेका केही अप्रिय र अप्रत्यासित घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लिगलाई युवा फुटबल विकासका लागि एलिट तहको प्रतियोगिताको रुपमा सञ्चालन गर्ने सहमतीबमोजिम क्लबहरुले सहभागिता जनाएकोमा हाल निर्णायक एवं खेल पदाधिकारीहरुका कारण बादविवाद, झगडा र खेल भावनाविपरितका कामहरु भइरहेको छ । यसले प्रतियोगिताको गरिमा र महत्वमा आघात परिरहेको छ,’ शाहले बुझाएको सहभागी क्लबहरुको ध्यानाकर्षणपत्रमा लेखिएको छ, ‘प्रतियोगितालाई मर्यादित र सभ्य तरिकाले गर्न बाँकी खेलहरुमा स्तरअनुसारका निर्णायक र म्याच अधिकारी परिवर्तन गर्न यो पत्र बुझाएका छौं । विवादित निर्णायक र म्याच अधिकारीलाई बाँकी खेलमा जिम्मेवारी नदिन अनुरोध गर्दछौं ।’

ध्यानाकर्षणपत्रमा प्रतियोगितालाई मर्यादित तवरले सम्पन्न गर्न संयुक्त बैठक बोलाउन अनुरोध गर्ने क्रममा भनिएको छ, ‘यसप्रकारको बैठकबाट आगामी समयमा हुने यु १८ प्रतियोगितालाई समेत व्यवस्थित रुपले सम्पन्न गरिनेछ भन्ने विश्वास लिएका छौं ।’

शीर्ष डिभिजन लिगका सबै १४ क्लबका किशोर टोलीको सहभागितामा गएको असार २० गते सुरु भएको प्रतियोगिता असोज ९ गते सम्पन्न हुने तालिका छ । तर पछिल्लो समय प्रत्येकजसो खेलमा आयोजक समितिका अधिकारी, निर्णायक, खेलाडी तथा क्लबका पदाधिकारीहरुबीच विवाद र झगडा हुन थालेको छ ।

फ्रेन्डस क्लबविरुद्धको खेलमा सहायक रेफ्री गणेश तामाङलाई नियुक्त गरिएको विरोध गर्दै एन्फाका प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संकटा क्लबले मैदान छोडेर झण्डै आधा घण्टा खेल अवरुद्ध गरेको थियो । संकटाले १–० ले पछि परेको अवस्थामा मैदान छोडेको थियो । तर पछि खेल टेबहालको टोलीले २–१ को नतिजामा जित्यो । सोही खेलको अन्त्यतिर फ्रेन्डसका अधिकारीहरुले रेफ्रीमाथि हातपातको प्रयास गरेपछि एन्फा कम्प्लेक्स तनावग्रस्त भएको थियो ।

फ्रेन्ड्स क्लब नै सहभागी अर्को खेलमा पनि सातदोबाटो क्लबले गोल खाएपछि केहीबेर मैदान छोडेर खेल अवरुद्ध गरेको थियो । एन्फाले हालेको पोष्टको जाली प्वाल परेका कारण फ्रेन्ड्सको प्रहार जालीबाट छिरेर बाहिरिएको थियो । सातदोबाटोले त्यसैको विरोधमा खेल अवरुद्ध गरेको थियो ।

अनुशासन मिचिएका अनगिन्ती घटना हुँदा पनि एन्फा निरिह भएर बस्न बाध्य छ । कतिपय त प्रतिबन्ध नै लगाउनुपर्ने खालका घटनामा पनि क्लबविरुद्ध केही गर्न सकिँदैन । क्लबका मालिकहरु कित एन्फामा छन् । एन्फामा नभए पनि मताधिकारका कारण केही गर्न सकिँदैन ।

यसैगरी चर्च ब्वाइज र एपिएफबीचको एउटा खेलले त २० वटा कार्डको कीर्तिमान कायम गरेको थियो । रेफ्री रवि खाम्चाले उक्त खेलमा १८ पहेलो र २ रातो कार्ड निकालेका थिए । मैदानभित्रको सामान्य विवादमा दुई टिमबीच सामूहित झगडा हुँदा एकैपटक रेफ्री खाम्चाले १५ पहेलो र २ रातो कार्ड निकालेका थिए । जसमा एपिएफले १० पहेलो र १ रातो तथा चर्च ब्वाइजले ५ पहेलो र १ रातो कार्ड सामना गरेका थिए ।

लामो समयदेखि एन्फाद्धारा आयोजना गरिने सबै प्रतियोगिताहरुमा रेफ्रीको निर्णय विवादित हुने गरेका छन् । जारी युवा लिगमा पनि निर्णायकहरुले गलत निर्णय तथा आयोजक अधिकारीहरुले पक्षपातपूर्ण व्यवहार गरेको आरोप खेप्दै आएका छन् ।

एन्फाका एक वरिष्ठ पदाधिकारी भने क्लबहरुको दादागिरीका कारण सही तरिकाले लिग लगायतका प्रतियोगिताहरु गराउन नसकेको आरोप लगाउँछन् । भन्छन्, ‘अनुशासन मिचिएका अनगिन्ती घटना हुँदा पनि एन्फा निरिह भएर बस्न बाध्य छ । कतिपय त प्रतिबन्ध नै लगाउनुपर्ने खालका घटनामा पनि क्लबविरुद्ध केही गर्न सकिँदैन । क्लबका मालिकहरु कित एन्फामा छन् । एन्फामा नभए पनि मताधिकारका कारण केही गर्न सकिँदैन ।’


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA