फाल्गुन ९, २०८२ शनिबार | ००:२५:१५
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस

काठमाडौं । कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कार्यसैली सुधार्न सुझाएका छन् ।

एन्फामा लामो समय केन्द्रिय सदस्यका रुपमा समेत काम गरिसकेका चन्दले एन्फाको पछिल्लो परिपत्रलाई लिएर सबैखाले सुचना तथा निर्देशन समयमै पठाउने सुझाव दिएका हुन् ।

एन्फाले असार २६ गते (बिहीबार) सुचना जारी गरेर यही २९ र ३० गते (आइतबार र सोमबार)  यु–१७ महिला खेलाडीको छनोट गर्न पत्राचार गरेको थियो । भदौ ४ देखि १५ गतेसम्म भुटानको थिम्पुमा हुने यु–१७ महिला साफ च्याम्पियनसिपमा सहभागी गराउने राष्ट्रिय टिम छान्नका लागि जिल्ला तथा प्रदेश छनोट गर्न लागेको जनाएको छ ।

एन्फाले सम्बन्धित जिल्ला तथा प्रदेश फुटबल संघलाई जारी गरेको परिपत्रअनुसार प्रदेश छनोट चाँही असार ३१ र साउन १ गते गर्ने उल्लेख छ । त्यसपछि जिल्ला र प्रदेश हुँदै छानिएका खेलाडीबीच साउन ४ देखि ६ गतेसम्म केन्द्रिय छनोट गर्ने एन्फाको पत्रमा भनिएको छ ।

‘प्रतियोगितामा सहभागी हुनको निम्ती संघले नेपाली राष्ट्रिय यु–१७ महिला फुटबल टिमका खेलाडी छनोट गरि राष्ट्रिय टिम तयारी तथा प्रशिक्षण सञ्चालन गर्न लागेको हुँदा एन्फामा आबद्ध प्रदेश फुटबल संघ तथा जिल्ला फुटबल संघले आफ्नो मातहतमा रहेका १७ वर्ष मुनिका उत्कृष्ट महिला युवा खेलाडी छनोट गरि नामावली उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु,’ साफ च्याम्पियन सहभागिताको विषयमा एन्फाका महासचिव किरण राईले सबै ४९ जिल्ला र ७ प्रदेश फुटबल संघलाई लेखेको पत्रमा भनिएको छ ।

चन्दले आफ्ना ‘भनाईलाई अन्यथा नलिने हो भने’ भन्दै फेसबुकको वालमा लेखेका छन्, ‘मैले विगतका साधारण सभाहरू देखि लिएर व्यक्तिगत रुपमा केन्द्रीय कार्यसमितिका पदाधिकारी साथीहरूलाई भेटेर पनि कार्यक्रमहरूका बारेमा कम्तिमा पनि १५ दिन देखि एक महिना अगाडि जिल्लाहरूलाई अवगत गराउनुपर्छ भन्ने भनाइहरु राख्दै आएको छु । किनभने जिल्लाहरूको खेल अवस्थाको बारेमा केन्द्रीय कमिटीका साथीहरुले कुनै किसिमको समयको चासो नराखिकन मनपरि तवरमा दुई दिन अगाडि पत्राचार गर्ने र दुई दिनभित्र पत्राचार गरेको आधारमा जिल्लाका छनोट, प्रदेशका छनोट हतार हतारमा गरेर खेलाडीहरू पठाउनुपर्ने बाध्यात्मक स्थितिलाई ध्यानमा नराखिएको मैले महसुस गरेको छु ।’

चन्दले सबैखाले अन्तर्राष्ट्रिय कार्यक्रमहरूको तालिका समयमै एन्फामा आइसक्ने बताउँदै एन्फाले कम्तिमा एक महिनाको समय राखेर सर्कुलर गरे जिल्लाले खेलाडीलाई समयमै जानकारी गराउन सक्ने र धेरै भन्दा धेरैले सहभागिता जनाउन पाउने बताएका छन् । चन्दको विचारमा यसरी धेरै भन्दा धेरै खेलाडीको सहभागिता रहँदा छनोट थप प्रभावकारी रहन्छ ।

‘त्यसकारण समयमा जानकारी पठाउने, सामग्री पठाउने, खर्च पठाउने कुराहरु अनिवार्य रुपमा आउँदा दिनदेखि गर्नुहुनेछ भन्ने कुरामा आशावादी रहेका छौं,’ चन्दले अगाडि लेखेका छन्, ‘हतारपतार गरेर कुनै पनि कार्यक्रमहरू दिगो हुन सक्दैन । त्यसकारण जिल्लाले गर्नुपर्ने कुनै पनि जिम्मेवारी कम्तीमा एक महिना अगाडि र जिल्लाले गर्नुपर्ने लिगहरू जाडोको समयमा कम्तीमा पनि चार महिनाको समय दिने गरेर तालिका पठाउनु हुनेछ भन्ने पनि आशा गर्दछौं । र यसमा जिल्लाका अरु साथीहरूको पनि सहमति होला भन्ने कञ्चनपुर जिल्ला फुटबल संघले आशा राखेको छ ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||