पुस २, २०८२ बिहीबार | १८:५१:२१
जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने

पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति

काठमाडौ । पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ तदर्थ समिति गठन भएको छ ।

एनओसीसँगको कटुतापूर्ण सम्बन्ध रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनओसी अवैधानिक रहेको दावीका साथ नयाँ समिति गठन गर्ने बताएको पृष्ठभूमीमा पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति बनेको हो । तदर्थ समिति गठनसँगै एनओसी विवाद थप पेचिलो बनेको छ ।

समितिको प्रवक्ताको हैसियतमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य एवं नेपाल मुश्लिम आयोगका पूर्व अध्यक्ष समिममिया अन्सारीले प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको जानकारी गराएका छन् ।

अन्सारीले एनओसीसँग आबद्ध २३ राष्ट्रिय खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुको भेलाले तदर्थ समिति गठन गरेको एनओसीको लेटरहेड तथा छाप प्रयोग गरी नेपाल ओलम्पिक कमिटीको नाममा जारी गरेको विज्ञप्तीमा लेखेका छन् ।

सरकारको असहमतिका बावजुद एनओसीले गएको पुषमा निर्वाचन गरेर अध्यक्षमा जीवनराम श्रेष्ठलाई लगातार तेस्रो कार्यकालका लागि चुनेको थियो । नेपालको खेलकुद ऐनअनुसार कुनैपनि खेल संस्थामा अध्यक्ष वा महासचिव पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढि बस्न नपाउने व्यवस्था छ।

एनओसीको विधानमा ऐन आउनुभन्दा पहिला नै दुई कार्यकालको व्यवस्था थियो । तर एनओसीले चुनावअघि साधारणसभा गरेर विधननकोदुई कार्यकालवाला व्यवस्था हटाएको थियो । त्यसकै विरोधस्वरुप चुनाव रोकिपाउ भन्दै परेको मुद्धामा पाटन उच्च अदालतले स्टे अर्डर जारी गर्दै चुनाव रोक्न आदेश दिएको थियो । एनओसीले भने अदालतको आदेश निर्वाचन सकिइसकेपछि मात्र जानकारीमा आएको बताउँदै आएको छ ।

सरकारले भने अदालतको आदेशविपरित चुनाव गरेको भन्दै एनओसीलाई अवैधानिक भन्दै आएको छ ।

सरकार र एनओसीबीचको विवादका कारण आसन्न एसियाली युथ तथा एसियाली खेलकुद लगायतका ठूला अन्तर्राष्ट्रिय खेल मेलामा नेपालको सहभागिता धरापमा पर्दै आएको छ ।

अन्सारीले भने एनओसी नेतृत्वविहिन रहेको दावी गर्दै समस्याको निकास निकाल्दै नेपाली खेलाडीहरुको खेल्न पाउने अधिकार रक्षाका लागि तदर्थ समिति बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तदर्थ समितिले मंगलबारबाटै काम सुरु गरिसकेको र एनओसी-सरकारबीचको विवादका कारण अवरुद्ध खेल संघ तथा महासंघहरुका कार्यक्रम तत्काल सुचारु गराउने दावी गरेका छन् ।

अन्सारीले ९ सदस्यीय समिति गठन गरेकोबताए पनि नाम भने सार्वजनिक गर्न चाहेनन् । 'केही दिनमै पत्रकार सम्मेलन गरेरै सबथोक जानकारी गराउनेछौं । हामीले विभिन्न वर्किङ कमिटीहरु पनि बनाएका छौं,' उनले भने ।

उनका अनुसार केही दिन भित्रमा राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयसँग अनुमति लिएर एनओसी कार्यालयमै प्रव्श गरेर पत्रकार सम्मेलन गर्ने तयारी छ ।

समितिमा एनओसीका पूर्व उपाध्यक्ष सुनील श्रेष्ठ र पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठ पनि रहेको बताइएको छ ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team