कार्तिक १८, २०८२ मंगलबार | ००:०६:४५
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड ३२ लाख

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वर्षको अनुमानित बजेट १ अर्ब ५६ करोड ३२ लाख हुने बताएको छ ।

सोमबार र  मंगलबार दुई दिन बसेको एन्फाको बैठकले आगामी आर्थिक वर्षको बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ साधारण साभामा पेश गर्ने निर्णय गरेको हो ।

एन्फाको आगामी साधारणसभा वैशाख २६ गते हुँदैछ । मिति तय भए पनि स्थान भने घोषणा गरिएको छैन । आर्थिक वर्ष २०८०/०८१ आर्थिक वर्षको बजेटको विषयमा पनि छलफल भएको थियो । तर, यसको निर्णय भने एन्फाले सार्वजनिक गरेको छैन ।

त्यस्तै, बैठकले आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षण आगामी साधारणसभाबाट पास गर्ने निर्णय गरेको छ । यसैगरी म्याट रसलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि भएकाे छ । पियुष न्यौपानेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै एन्फाले पूर्व अध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लङ्घन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानविन गरि कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानविन गरि निर्णयका लागि पत्रचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA