काठमाडौं । नेपाली क्रिकेट अहिले नेपाल प्रिमियर लिग (एनपिएल)को माहोलमा रमिरहेको छ । क्रिकेट मात्र नभई सम्पूर्ण खेलजगत, अझ पूरा देश नै एनपिएल सिजन दुईलाई एउटा चाडझैं मनाइरहेको छ ।
गत वर्ष पहिलो सिजनको भव्यतापछि सरकारको विशेष प्राथमिकतामा क्रिकेट पर्यो । फलस्वरुप दशकौंदेखि नेपाली क्रिकेटलाई सेवा दिइरहेको सुविधाहीन त्रिवि क्रिकेट मैदानले एक वर्षमै मुहार फेर्यो । नेपालमै पनि फ्लडलाइटमा दिवारात्रि खेल हुने अवस्था सिर्जना भयो । दर्शकले चिसो भुईंमा नभएर आरामदायी कुर्सीमा बसेर क्रिकेट हेर्न पाउने भए ।
नेपाली क्रिकेटमा सुविधाको यस्तो दिन एकाएक आएको हो । अघिल्लो सिजनको एनपिएल उही पुरानै धुलिमाटी रंगशालामा भएको थियो । सरकारले चाहे हुनसक्छ भन्ने प्रमाण त्रिवि क्रिकेट रंगशालाले दियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समयसीमा तोकेर १० महिनाभित्र रंगशाला स्तरोन्नतिका सबै काम भ्याउने प्रतिबद्धताअनुसार काम अगाडि बढाउन लगाए । भयो पनि ।
उता बुटवलमा एकजना क्रिकेटप्रेमी एनआरएनएले आफ्नै खर्चमा ठूलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला एक वर्ष हाराहारीकै समयमा ठड्याएर देखाइदिए । आफैं जग्गा किनेर, आफैं निर्माण गरेको एस्ट्राटेक ओभल रंगशालाले नेपाली क्रिकेटलाई सेवा पनि दिन थालिसक्यो । प्रधानमन्त्री कपका घरेलु खेलहरु आयोजना गरिसकेको एस्ट्राटेकले जारी एनपिएलका टोलीलाई फ्लडलाइटमै अभ्यासको मौका पनि दियो ।
कीर्तिपुरमा आधुनिक सुविधाका साथ क्रिकेटको मेला चलिरहँदा अनि एउटा व्यक्तिले बनाएको सुविधासम्पन्न एस्ट्राटेक रंगशालाको प्रशंसा भइरहँदा सामाजिक सञ्जालमा अर्को एउटा विषय निकै भावुक तरिकाले उठिरहेको छ ।
आठ वर्षअघि नेपाली क्रिकेट पूर्वाधार अत्यन्तै प्राचीन र कामचलाउभन्दा पनि तल्लो स्तरको हुँदा एउटा अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेर काम थालेका कलाकारहरुले भोग्नुपरेको दुर्गति अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
अब उनीहरुको क्षमताले रंगशाला नबन्ने पनि पक्का भयो । त्यसपछि धुर्मुस-सुन्तलीले विभिन्न तहका सरकार गुहारे । सबै सरकारले रंगशाला जिम्मा लिएर लागेको ऋण (१८ करोडभन्दा माथि) तिरिदिने वचन दिए । कतिपय राजनीतिक निर्णय पनि भए ।
६० करोडको बजेटमा चितवनको भरतपुर नगरपालिकामा उनीहरुले निर्माण सुरु गरेको गौतम बुद्ध क्रिकेट रंगशालाको काम सम्पन्न भएको छैन । धेरै काम भइसक्यो । बीचमै अब उनीहरुको क्षमताले रंगशाला नबन्ने पनि पक्का भयो । त्यसपछि धुर्मुस-सुन्तलीले विभिन्न तहका सरकार गुहारे । सबै सरकारले रंगशाला जिम्मा लिएर लागेको ऋण (१८ करोडभन्दा माथि) तिरिदिने वचन दिए । कतिपय राजनीतिक निर्णय पनि भए ।
तर देशको कानुनअनुसार नीतिगत निर्णय नहुँदा धुर्मुस-सुन्तलीको ऋण तिर्ने काम भने हुन सकेन । प्रक्रियागत अलमली र ऋणको बोझका कारण धुर्मुस (सीताराम कट्टेल) शारीरिक र मानसिक रुपमा निकै बिरामी भएको, उनकी छोरीको अवस्था पनि नाजुक रहेको जस्ता विषयहरु सामाजिक सञ्जालमा आउन थाले ।

सुन्तली (कुञ्जना घिमिरे)को स्ट्याटस नै आयो । फेसबुकका भित्तामा पोष्ट्याइएका तस्बिरमा देखिएका तेजिला धुर्मुसको टीठलाग्दो अनुहार र बिरामी छोरीका कारण कुनैबेला आशा र उत्साहको केन्द्र बनेका उनी अहिले विचराको रुपमा प्रस्तुत भइरहेका छन् ।
आठ वर्षअघि ‘राज्यले सक्दैन, गर्दैन । हामी सक्छौं, गर्छौं’ भन्ने भावसाथ धुर्मुस-सुन्तली प्रस्तुत भएका थिए । आमजनता र राज्य संयन्त्रबाट पनि वाहवाही पाए । राष्ट्रिय नायकझै भए । धुर्मुस–सुन्तलीले रंगशाला बनाउने घोषणा गर्नेबित्तिकै सामाजिक सञ्जालमा उनीहरुको वाहवाही र राज्यको आलोचना गर्ने लहर चल्यो । अहिले आठ वर्षपछि उनीहरु असफल भइसक्दा फेरि राज्यको आलोचनाको लहर सामाजिक सञ्जालमा चर्किँदै गइरहेको छ ।
धुर्मुस-सुन्तली र क्रिकेट रंगशालाको कथा
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि हौसिँदै हास्य कलाकार जोडी धुर्मुस र सुन्तलीले रंगशाला बनाउने घोषणा गर्दा पूरा देश तरंगित भएको थियो ।
केन्द्र सरकारका मन्त्रीदेखि प्रधानमन्त्री, विभिन्न प्रदेशका मन्त्रीहरूदेखि मुख्यमन्त्रीहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र स्थानीय तहका जनप्रतिनिधिहरूसमेत यति उत्साही भए कि ! सिंगो राज्यसंयन्त्रको लावालस्कर रंगशाला बनाइदिऊन् भनेर धुर्मुस-सुन्तलीको पछि लाग्यो ।
दलका नेताहरू कुर्सीमा पुगेपछि दिने फोस्रा आश्वासन कहिल्यै पूरा भइरहेका थिएनन् । निर्वाचनका बेला बाँडिने पपुलर एजेन्डाहरु पनि निर्वाचनसँगै विलिन भइरहेका थिए । प्रशासनिक ढिलासुस्ती, झाङ्गिँदो भ्रष्टाचार, नातावाद, स्वार्थप्रेरित नेतृत्व, अस्थिरता आदिका कारण राज्यप्रति आजित सर्वसाधारण त्यो घोषणा सुन्दा उत्साहित हुनु स्वाभाविक थियो ।
राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान अहिले नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यो घोषणालाई स्वागत गर्नु र सहयोगको वाचा गर्नु झनै स्वाभाविक थियो । तर, रंगशाला मात्र नभई सम्पूर्ण देश बनाउने जिम्मेवार केन्द्र सरकारका मन्त्रीदेखि प्रधानमन्त्री, विभिन्न प्रदेशका मन्त्रीहरूदेखि मुख्यमन्त्रीहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र स्थानीय तहका जनप्रतिनिधिहरूसमेत यति उत्साही भए कि ! सिंगो राज्यसंयन्त्रको लावालस्कर रंगशाला बनाइदिऊन् भनेर धुर्मुस-सुन्तलीको पछि लाग्यो ।
खोला उल्टो बगेजस्तै भयो । सरकारकै सरोकारवाला निकाय जसको काम नै यस्तै पूर्वाधार बनाउने हो, यस्तै पूर्वाधारका लागि बजेट निर्माण गर्ने हो, उनीहरूसमेत कलाकारको पछि लाग्नुले ‘हामी सक्दैनौँ । हामी निकम्मा भयौँ । अब तिमी बनाइदेऊ । यहाँ हामी आफैँ सञ्चालकलाई यो राज्य संयन्त्रप्रति विश्वास छैन । तिमीहरू आऊ । रक्षा गरिदेऊ’ भन्ने अर्थ दियो ।
दुई दशकभन्दा लामो समयदेखि कीर्तिपुरको मैदानले नेपाली क्रिकेटलाई सेवा प्रदान गरिरहे पनि त्यसको स्तरोन्नतिमा राज्यबाट त्यतिबेलासम्म कुनै माखो मारिएको थिएन । मूलपानीको बहुचर्चित क्रिकेट रंगशाला शिलान्यास भएको १२ वर्ष बितिसकेको थियो । प्रत्येक सरकारको योजनामा रहने गरे पनि अझैसम्म सानो जग्गा विवादमा सरकारबाट प्रभावकारी निर्णय नहुँदा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र अवस्थामा थियो ।
भुइँचालोले चिरा पारेको देशकै एकमात्र बहुउद्देश्यीय दशरथ रंगशाला भर्खर भत्काउन थालिएको थियो । महेन्द्रनगर, धनगढीको फाप्ला, कोहलपुर, दाङ, भैरहवा, चितवन, मकवानपुरको गौरीटार, वीरगन्ज रंगशाला, जनकपुरको प्रस्तावित रंगशाला, मोरङको बैजनाथपुरलगायत दर्जनौं पूर्वाधार निर्माणको पर्खाइमै थिए ।
राज्य र राज्य चलाउनेहरूले यी सबै जग्गामा रंगशाला बनाउने घोषणा गरेको वर्षौं बितिसकेको थियो । तर काममा सिन्को भाँचिएको थिएन । खासमा नेपाली खेलकुदमा पूर्वाधार निर्माणका लागि जग्गा कहिल्यै पनि समस्या थिएन, होइन । काम गर्ने प्रतिबद्धता र इमान्दारीको खाँचो हो । जसको एउटा उदाहरण दशकौंदेखि बेवास्तामा परेको कीर्तिपुरको मैदानमा एक वर्षमा भएको कायापलट हो ।
राज्यमाथि सर्वसाधारणको मात्र होइन, स्वयं राज्यसंयन्त्रलाई पनि विश्वास थिएन । यही कारण जग्गा खोज्न कालो चस्मा ढल्काएर बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल धुर्मुस-सुन्तलीलाई लिएर भक्तपुरको चाँगुनारायण पुगे ।
तर राज्यमाथि सर्वसाधारणको मात्र होइन, स्वयं राज्यसंयन्त्रलाई पनि विश्वास थिएन । यही कारण जग्गा खोज्न कालो चस्मा ढल्काएर बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल धुर्मुस-सुन्तलीलाई लिएर भक्तपुरको चाँगुनारायण पुगे ।

राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव केशवकुमार बिष्टले धुर्मुसलाई सरकारी लगानीमै आधाभन्दा बढी काम भइसकेको र सामान्य जग्गा विवादका कारणमात्र रोकिएको मूलपानी रंगशाला घुमाए ।
मुख्यमन्त्रीदेखि सदस्यसचिव, समृद्धिको सपना बाँडेर भोट लिने प्रधानमन्त्रीदेखि विकासको आश्वासन दिँदै मेयर हुने रेणु दाहालसम्मले ‘हामी सक्दैनौँ । धुर्मुसहरू आउनुस् र बनाउनुस्’ भने ।
धुर्मुस-सुन्तलीले रंगशाला बनाउने घोषणा गर्नेबित्तिकै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर ‘तपाईंहरू रंगशाला बनाउनुस्, सरकारले सहयोग गर्छ’ भनेर आश्वासन दिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले धुर्मुसलाई जग्गा दिने घोषणा गरिन् । पोखरा, भैरहवालगायतका ठाउँबाट पनि आफैँमाथि विश्वास नभएका खेल नेतृत्व र जनप्रतिनिधिहरूले धुर्मुस-सुन्तलीलाई रंगशाला बनाइदिन गुहारे । आफू झन्डावाला गाडीमा सवार हुँदा खेलकुदलाई लगानीको दृष्टिले अनुत्पादक क्षेत्र ठान्ने पूर्वमन्त्रीहरू पनि धुर्मुसको नम्बर डायल गर्ने होडमा तँछाडमछाड नै गरिरहे ।
यसबाट राज्यको नेतृत्वमा देशभित्र केही हुन्छ भन्ने बचेखुचेको केही आशा पनि समाप्त त पार्यो नै । सामाजिक सञ्जालका ‘प्रोएक्टिभ’ प्रयोगकर्ताहरुलाई पनि लामै बिजिनेस दियो ।
आफै एउटा रंगशाला बनाउने समेत आँट नभएको राज्यसंयन्त्रको आश्वासनमा पर्दा ठूलो दुर्घटनाको सिकार आफैं हुनुपर्छ भन्नेतिर ध्यान पुर्याएनन् । कसैले सचेत गराउन खोजे उसैलाई शत्रु ठानेर आफैं उछित्तो काड्नेतिर लागे । सामाजिक सञ्जालका लाखौं समर्थकलाई लगाए ।
समग्रमा धुर्मुस-सुन्तलीको घोषणाबाट आम जनता, सामाजिक सञ्जाल र खेल क्षेत्रमात्र नभई सम्पूर्ण राज्यसंयन्त्र पनि यतिविघ्न उत्साहित भयो कि आफ्नै इमान्दारी, प्रतिवद्धता, पारदर्शितामा विश्वास नभएका प्रधानमन्त्रीदेखि पियनसम्मको लस्कर उनीहरूको पछि लाग्यो । आफ्नो पछि पूरा देश लाग्दा धुर्मस-सुन्तली उत्साहित हुनु जायज थियो ।
उनीहरु पनि अस्वाभाविक पारामा उत्साहित भए । आफै एउटा रंगशाला बनाउने समेत आँट नभएको राज्यसंयन्त्रको आश्वासनमा पर्दा ठूलो दुर्घटनाको सिकार आफैं हुनुपर्छ भन्नेतिर ध्यान पुर्याएनन् । कसैले सचेत गराउन खोजे उसैलाई शत्रु ठानेर आफैं उछित्तो काड्नेतिर लागे । सामाजिक सञ्जालका लाखौं समर्थकलाई लगाए ।
यो कुरा हो, आठ वर्षअगाडिको । अहिले आठ वर्ष बित्दा दृश्य बदलिएको छ । उत्साह निराशामा परिणत भएको छ । ‘हामी सक्छौं, हामी गर्छौ’ भन्ने भावना ‘हामीले नसकिने रहेछ, गलत गरिएछ’ भन्ने अवस्थामा पुगेको छ । उतिबेला धुर्मुस-सुन्तलीको अघिपछि लाग्न तँछाडमछाड गर्ने राज्यसंयन्त्रको नेतृत्व उनीहरुसँग तर्किन थालेका छन् ।
राज्य कमजोर तर व्यक्ति बलियो हुने, राज्य बेइमान तर व्यक्ति इमान्दार हुने, राज्य अलोकप्रिय तर व्यक्ति लोकप्रिय हुने कुराले समग्रमा कसैको हित गर्दैन । समाज र राष्ट्रलाई त झनै अहित गर्छ ।
सामाजिक सञ्जालको लोकप्रियता र त्यसबाट थाहै नपाई हुने उक्साहटबाट गरिने कुनै पनि काम आफ्नै लागि सबभन्दा बढी प्रत्युत्पादक हुन्छ भन्ने जस्ता कुरा धुर्मुस-सुन्तलीले उतिबेलै बुझ्नुपर्थ्यो । आफै नबुझ्दा सचेत गराउनेका कुरा सुन्नुपर्थ्यो ।

तर उनीहरुले त्यो विवेक पुर्याएनन् । यदि त्यो विवेक उतिबेलै पुर्याएको भए उनीहरु आफू होइन, देशलाई बलियो बनाउने अभियानमा लाग्ने थिए । आफ्नो होइन, देशको विश्वसनीयता वृद्धिका लागि योगदान गर्थे । आफूलाई सर्वोपरी भाग्यविधाताको सट्टा राज्यसंयन्त्रको एउटा हिस्साका रुपमा प्रस्तुत गर्थे ।
सामाजिक सञ्जालको उक्साहटमा आफू नायक हुनुको साटो राज्यलाई जिम्मेवार, प्रतिबद्ध र विश्वसनीय बनाएको भए आज उनले यो दुर्गति भोग्नुपर्ने थिएन ।
उनीहरुले नजानेर वा सामाजिक सञ्जालको उक्साहटमा आएर गल्ती गरेकै थिए । त्यही गल्तीको परिणाम अहिले उनले भोगिरहेका छन् । हिजो राज्यको प्रतिबद्धता र विश्वासमाथि प्रहार गरेकै कारण आज राज्यका विभिन्न तहले निर्णय गरे पनि उनको ऋण चुक्ता भएको छैन । सामाजिक सञ्जालको उक्साहटमा आफू नायक हुनुको साटो राज्यलाई जिम्मेवार, प्रतिबद्ध र विश्वसनीय बनाएको भए आज उनले यो दुर्गति भोग्नुपर्ने थिएन ।
उतिबेला ‘हामी नै राज्य’ भनेजसरी होसिएकाहरुले अहिले राजनीतिक निर्णयको भरमा पैसा नपाएको भनेर गुनासो गर्नु पनि सुहाउँदैन । नैतिक रुपमा आफैले निकम्मा भनेको राज्यसँग कसरी आशा गर्ने ? अनि राजनीतिक निर्णय र आश्वासनका भरमा कानून र विधिविपरित सरकारी पैसा कर्मचारीले कसरी निकासा गर्ने ? देश बनाउन हिड्नेहरुले यत्तिको विधि र कानून त बुझ्नैपर्छ ।
अहिले दुःखका दिनमा पनि सामाजिक सञ्जालमार्फत विधि विधान र सबथोकलाई बेवास्ता गर्दै उनीहरुप्रति सहानुभूतिका शब्द राख्नेहरु थुप्रै छन् । कतिपय राज्यसत्ताको विभिन्न तहमा पुगेर त्यसको तर मार्ने र मारिरिहेकाहरु पनि छन् । हिजो ‘रंगशाला बनाइदेउ’ भनेर धुर्मुसको पछि लाग्न हानथाप गर्नेहरु अहिले ‘मैले त यस्तो जोखिम नलिन पहिल्यै भनेको थिएँ’ भनेर पनि साखुल्ले पल्टिइरहेका छन् ।
धुर्मुस-सुन्तलीले अहिले पनि बुझ्न्पर्छ, सामाजिक सञ्जालमा साखुल्ले पल्टिने ती तरमारा र आम सर्वसाधारणले अहिले पनि आफ्नै बखान गरिरहेका हुन् । अथवा धुर्मुस-सुन्तलीको पीडामा भावनाको खेती गरेर ‘अटेन्सन सिक’ गरेका मात्र हुन् । उनीहरु वास्तविकतामा धुर्मुस-सुन्तलीका शुभचिन्तक वा बलियो राज्यका हिमायती हुँदै होइनन् ।
धुर्मुस-सुन्तलीको सामाजिक अभियानको सुरुआत कसरी भयो त ?
मुख बङ्ग्याएर होस् कि कुप्रो परेर, ग्रामीण जनजीवनका दरिद्रता देखाएर होस् वा सामाजिक सन्देश दिएर किन नहोस् यो जोडी लोकलाई हँसाउन सफल भइरहेकै थियो । व्यावसायिक रूपमा राम्रो गरिरहेको थियो ।
धुर्मुस-सुन्तली खासमा सानो पर्दाका लोकप्रिय हास्य कलाकार हुन् । मुख बङ्ग्याएर होस् कि कुप्रो परेर, ग्रामीण जनजीवनका दरिद्रता देखाएर होस् वा सामाजिक सन्देश दिएर किन नहोस् यो जोडी लोकलाई हँसाउन सफल भइरहेकै थियो । व्यावसायिक रूपमा राम्रो गरिरहेको थियो ।
२०७२ वैशाख १२ र २९ गतेका महाविनाशकारी भूकम्पले केही समयका लागि सम्पूर्ण नेपालीलाई आ-आफ्नो पेसाबाट टाढा पुर्यायो । महाभूकम्पबाट ज्यान जोगाउन सफल सबै नेपाली पीडितको उद्दार, राहत र पुनर्निर्माणको काममा समर्पित भए ।
अस्थायी रूपमा देशभित्र र विदेशमा रहने नेपालीसमेत सामाजिक अभियन्ताका रूपमा सक्रिय भए । समयक्रमले भूकम्पको घाउ विर्साउँदै लग्यो । जनजीवन सामान्यीकरणतर्फ उन्मुख भयो । अस्थायी सामाजिक अभियन्ताहरू पनि आ-आफ्नो पेसामा फर्किन थाले ।
तर धुर्मुस र सुन्तलीको मन मानेन । भुइँचालोबाट घरबारविहीन भएकाहरू अझै पालमै कष्टकर जीवन बिताइरहेका थिए । धेरैको भाग्यमा गतिलो पालसमेत थिएन । पुस-माघको ठिही भोग्ने पीडित बर्खाको पानी थेग्न सक्ने छानोको आशामा थिए । त्यो पनि पूरा भइरहेको थिएन । दिन, महिना, वर्ष बित्ने क्रम चलिरहेको थियो । तर ठुल्ठूला घोषणा गरे पनि प्रक्रियाको साङ्लोमा अल्झिएको राज्य राहत परै जाओस् झन् घाउ कोतर्न मस्त थियो ।
धुर्मुस-सुन्तली त कलाकार न परे, भावुक मनका । त्यसैले धेरै अस्थायी अभियन्ताहरू पेसामा फर्किए पनि यिनको भावुक मनले पूरा देश रोइरहेका बेला मुख बिगारेर लोकलाई हँसाउने व्यर्थ प्रयास गर्न अनुमति दिएन । त्यसैले सिन्धुपाल्चोकबाट सुरु भएको नमुना बस्ती बसाउने यिनको अभियान काभ्रेपलाञ्चोक हुँदै महोत्तरीको मुसहर बस्तीसम्म पुग्यो । अर्बौंको राज्यकोषका साथै विदेशी सहयोगको समेत सुविधा रहेको पुनर्निर्माण प्राधिकरणलाई गिज्याउँदै धुर्मुस-सुन्तलीले उदाहरणीय काम गरेका थिए ।

राज्य आफैँ इमान्दारी र प्रतिबद्धतामा विश्वास गर्न लायक नभएको अवस्थामा उदाहरणीय अभियान चलाउने धुर्मुस-सुन्तली नेपाली समाजमा आदर्श बन्नु स्वाभाविक थियो, बने । जनस्तरमै विश्वसनीयता आर्जन गर्न सफल धुर्मुस-सुन्तलीको अभियानलाई देश–विदेशबाट अपेक्षा गरेभन्दा बढी साथ सहयोग मिल्यो ।
कुनै पनि समाजले यस्तो आदर्श नायक पाउनु समाजशास्त्रीय दर्शनले ठीक भन्न सक्ला, नयाँ पुस्ताले यस्तै आदर्शलाई पछ्याउने अपेक्षामा । तर राज्यभन्दा बलियो र विश्वसनीय हुने त्यस्तो आदर्श नायकको जन्मले झन समाजलाई घाटा हुन्छ भन्ने कुरा अहिले तिनै आदर्श नायक धुर्मुस-सुन्तलीको भोगाइले प्रमाणित गरेको छ ।
सामान्य हानिर्माणाधिन मैदानको सुरुको अवस्था । तस्विर सौजन्यः धुर्मुस सन्तुली फाउन्डेसनस्य कलाकारबाट देशकै आदर्श अभियन्ताका रूपमा परिचय फेर्न उनीहरूलाई समय लागेन । इमान्दारी, निष्ठा, प्रतिबद्धता, पारदर्शिताको खडेरी परेको देशमा हरेक नागरिक यस्तै आदर्श व्यक्तिको खोजी गरिरहेको हुन्छ । नेपाली समाजले पनि आफ्नो खोजीको आदर्श नायक धुर्मुस-सुन्तलीमा पायो ।
कुनै पनि समाजले यस्तो आदर्श नायक पाउनु समाजशास्त्रीय दर्शनले ठीक भन्न सक्ला, नयाँ पुस्ताले यस्तै आदर्शलाई पछ्याउने अपेक्षामा । तर राज्यभन्दा बलियो र विश्वसनीय हुने त्यस्तो आदर्श नायकको जन्मले झन समाजलाई घाटा हुन्छ भन्ने कुरा अहिले तिनै आदर्श नायक धुर्मुस-सुन्तलीको भोगाइले प्रमाणित गरेको छ ।
प्रशासनको नालायकीका कारण धुर्मुस-सुन्तलीको लोकप्रियता जसरी बढ्दै थियो, राज्यप्रतिको विश्वास त्यति नै घट्दो थियो । किनकि पुनर्निर्माणको जिम्मा सरकारको थियो । धुर्मुस-सुन्तली वा उनीहरू जस्तै थुप्रै अभियन्ताको काम सरकारलाई सहयोग पुर्याउने मात्र हो । तर सरकारले भूकम्पपछि उद्दार, राहत र पुनर्निर्माणमा विश्वासलाग्दो नेतृत्व गर्न नसकेपछि समाजले धुर्मुस-सुन्तलीजस्ता अभियन्ताको निरन्तरता अपेक्षा गर्यो ।
धुर्मुस-सुन्तलीले पनि आफ्नो पेसा स्थगनमा राख्दै यही अभियानमा आफूलाई समर्पित गर्दै गए । अपेक्षा गरेभन्दा कैयौँ गुणा बढी चासो, साथ र सहयोग पाउँदा उनीहरू उत्साहित हुनु स्वाभाविक थियो । परिणाम कमजोर राज्यसंयन्त्रको विश्वसनीयतामाथि गरेको प्रहारले अहिले आफैलाई पीडा दिइरहेको छ ।
आदर्श नायकका रुपमा कोही व्यक्ति स्थापित हुने भुलभुलैयाको साटो राज्यलाई बलियो, इमान्दार, विश्वसनीय र प्रतिबद्ध बनाउन सके गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाजस्ता योजना र धुर्मुस-सुन्तलीजस्ता अभियन्ताहरुले यस्तो दुर्गति भोग्नुपर्ने थिएन ।
रंगशाला निर्माणको आर्थिक पारदर्शितामाथि प्रश्न उठाउनेहरु पनि छन् । राज्यका लागि एउटा कलाकार जोडीले गरेको प्रयास पूरा सफल नभए पनि धेरै काम चाँही सकिइसकेको छ र राज्यलाई हस्तान्तरण भइसकेको छ । तर पनि कमजोर र अविश्वसनीय बनाइएको राज्यले त्यो योजनाको स्वामित्व ग्रहण गर्न सकेको छैन । धुर्मुस-सुन्तलीले ‘राज्यलाई एउटा ठूलै उपहार दिउँ’ भनेर सुरु गरेको योजनाले आफै, समाज, राज्य र सबै सरोकारवालालाई पीडा दिइरहेको छ ।
आदर्श नायकका रुपमा कोही व्यक्ति स्थापित हुने भुलभुलैयाको साटो राज्यलाई बलियो, इमान्दार, विश्वसनीय र प्रतिबद्ध बनाउन सके गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाजस्ता योजना र धुर्मुस-सुन्तलीजस्ता अभियन्ताहरुले यस्तो दुर्गति भोग्नुपर्ने थिएन ।