काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित भएको छ ।
एन्फाले मंगलबार सबै क्लबहरूलाई पत्र लेख्दै प्रविधिक कारणले आगामी सुचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । बैठक मंगलबारै बस्ने तय थियो ।
बैठकमा आगामी पुसमा गर्ने प्रस्तावित सहिद स्मारक ‘ए’ डिभिजन लिगको बारेमा छलफल हुने बताइएको थियो ।
यस पटकको ‘ए’ डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा गर्ने गरि एन्फाले क्लबहरुसँग छलफल अघि बढाएको थियो । तर बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लिग नहुने सम्भावना बढेको छ।
यसैगरी एन्फाले यु-१६ युथ लिग पनि स्थगित गर्ने निर्णय गरेको छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
