काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित भएको छ ।
एन्फाले मंगलबार सबै क्लबहरूलाई पत्र लेख्दै प्रविधिक कारणले आगामी सुचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । बैठक मंगलबारै बस्ने तय थियो ।
बैठकमा आगामी पुसमा गर्ने प्रस्तावित सहिद स्मारक ‘ए’ डिभिजन लिगको बारेमा छलफल हुने बताइएको थियो ।
यस पटकको ‘ए’ डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा गर्ने गरि एन्फाले क्लबहरुसँग छलफल अघि बढाएको थियो । तर बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लिग नहुने सम्भावना बढेको छ।
यसैगरी एन्फाले यु-१६ युथ लिग पनि स्थगित गर्ने निर्णय गरेको छ ।
भिडियो
Private video
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
