माघ ९, २०८२ शुक्रबार | ०५:२६:४०
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

एन्फाका महासचिव राई निलम्बित !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा आइतबार महासचिव किरण राईलाई निलम्बन गरेका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले यस्तो निर्णय गरेका हुन् । अध्यक्षसँगै महासचिव राई पनि साउदी गएका छन् । खड्काको निर्णयपछि खेलाडी डटकमले उनीहरुसँग सम्पर्क गर्न खोज्दा अध्यक्ष नेम्वाङ र महासचिव राई दुवैको फोन स्विच अफ थियो ।

अध्यक्षले साउदी अरेबिया जाँदा वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्यवाहकको जिम्मेवारी भने दिएका थिएनन् । तर एन्फा विधानअनुसार अध्यक्षको अनुपस्थितीमा वरिष्ठ उपाध्यक्ष स्वत कार्यवाहक अध्यक्ष हुने खड्काको दाबी छ ।

गत बैशाखमा धुलिखेलमा सम्पन्न साधारणसभाले निर्णय गरेअनुसार लिग गराउने जिम्मेवारी किन पूरा नगरेको भन्दै तीन दिनअघि खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव राईलाई तीन दिनभित्र पेश गर्ने गरि स्पष्टीकरण मागेका थिए । तर विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि आइतबार खड्काले पत्र काट्दै निलम्बन गरेको जनाएका छन् ।

‘असोज २९ गतेको पत्रअनुसार संघको साधारणसभा र कार्यसमितिको म्यान्डेटसमेतलाई बेवास्था गर्दै संघको विधान विधि र पद्दतिविपरित फुटबल खेलको विकासमा नै दीर्घकालिन असर पार्ने गरि के कति आधारमा, कस्को निर्देशनमा कार्य गर्नुभएको हो ? भनि तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईंबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले आजको मितिदेखि लागु हुनेगरि तपाईंलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं,’ एन्फा कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई बोदार्थ दिइएको पत्रमा खड्काले लेखेका छन् ।

खड्काले नयाँ व्यवस्था नभएसम्मका लागि सहायक महासचिव दामोदर भट्टराई (बद्रि)लाई कार्यवाहक महासचिव तोकेको पनि जनाएका छन् ।

भट्टराईले भने आफू यसअघि नै कार्यवाहक महासचिवको रुपमा कार्य गर्दै आइरहेको जनाउँदै संघको बाकी राजनीतिक विषयमा जानकारी नभएको बताए । महासचिव राईले साउदी जानेबेलामै आफूलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको उनको भनाई थियो ।

खड्काले आफू विधानअनुसार कार्यवाहक अध्यक्ष भएको बेला विधि विधान स्थापना गर्दै फुटबललाई सही बाटोमा फर्काउन काम थालेको बताए ।

उनले भने, ‘हो, हामीले महासचिव राईलाई आगामी कार्यसमितिको बैठकसम्मका लागि निलम्बन गरेको हो । फुटबल विकासको बाटोमा दीर्घकालिन अशर गर्ने गरि विधि र विधानविपरित चल्दै आएको एन्फाको पद्दति फेर्न हामीले प्रयास गर्नैपर्छ । कार्यवाहक अध्यक्षको हैसियतले लिग नगराएकोमा उहाँसँग स्पष्टीकरण मागिएको थियो । तर उहाँले अटेर गरेर जवाफ समेत दिनुभएन । त्यसकारण थिति बसाल्नका लागि बाध्य भएर निलम्बन गरिएको हो । बाँकी निर्णय कार्यसमितिको बैठकले गर्नेछ ।’

एन्फा राजनीतिमा राई अध्यक्ष नेम्वाङका मुख्य सारथी हुन भने वरिष्ठ उपाध्यक्ष खड्काहरु प्रतिपक्षको भूमिकामा छन् ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate