फाल्गुन ९, २०८२ शनिबार | ००:२३:१९
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्छुः खेलकुद मन्त्री चौधरी

काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी विघटन गर्दै तदर्थ समिति गठन गर्ने बताएका छन् ।

शुक्रबार खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले ओलम्पिक कमिटीले गैरकानुनी रुपमा आफ्नो काम गरिरहेको बताउँदै तदर्थ समिति गठन गर्न आफू अन्तिम चरणमा रहेको प्रष्ट पारेका छन् । ‘ यो ओलम्पिक कमिटीलाई राखेपले अवैध मानेको छ । २० राष्ट्रिय खेलसंघहरुले उजुरी गरिसक्नु भयो,’ मन्त्री चौधरीले भने, ‘सम्मानित अदालतको आदेश लागु गराउन राखेप लागि परेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई पत्र फेरी लेख्छौं र तथर्द समिति गठन गर्छौं ।’

ओलम्पिक कमिटीको विधान संसोधित गर्दै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष भएका थिए । जीवनराम निर्विरोध चुनिएपछि  ओलम्पिक कमिटी र सरकारबीच चर्को असन्तुष्टि छ । सरकारले सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा ताला लगाएको छ ।

यस्तै, ओलम्पिक कमिटीका पदाधिकारीलाई विदेश भ्रमण र बैंक खाता नै रोक्का गरेको हो । ‘हामीले विदेश भ्रमणमा रोक लगाएका छौं । भर्खरै बैंक खाता रोक्का पनि भयो । तर, पदाधिकारी आफ्नो घरायसी कारण देखाएर विदेश जान सफल भए ।’

मन्त्री चौधरीले जापानमा हुने २०औं एसियाली खेलकुदको तयारी सुरु भएको बताउँदै तदर्थ समितिले नै सबै प्रक्रिया सुरु गर्ने बताए । ‘अहिले खेलाडी तयारीमा छन् । हामी गठित तदर्थ समितिबाट नै २०औं एसियालीको लागि प्रक्रिया अगाडी बढाउँछौं ।’

गठन हुने तदर्थ समितिमा उजुरी गर्न मन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेका सदस्यलाई नै स्थान दिने मन्त्री चौधरीले बताएका छन् । उनले अन्तिम पटक पनि यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग निवेदन गर्ने जानकारी गराए ।

यता, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजिव श्रेष्ठसहितको कार्यसमितिलाई नै मान्यता दिएको छ । यही कार्य समितिले २०औं एसियाली खेलकुदको लागि ३० खेलको दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||