फाल्गुन ९, २०८२ शनिबार | ००:२१:४३
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र मञ्चका अध्यक्ष निरञ्जन अधिकारी । साथमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल (सबभन्दा वायाँ) र एनएसजेएफ गण्ड

काठमाडौं । काठमाडौं बाहिर पहिलो पटक हुने क्रममा खेल पर्यटनको केन्द्र पोखरालाई गन्तव्य बनाएको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई पोखरा महानगरपालिकाले प्रवर्धन गर्ने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच भदौ २९ गते हुने अवार्डका लागि प्रवर्धन सम्झौता भयो । सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे ।

पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए । ‘मञ्चले यति ठूलो अन्तर्राष्ट्रिय अवार्डका लागि पोखरा रोजेकोमा हामी आभारी छौं । यसले पोखराको ब्राण्डिङमा थप योगदान गर्ने हामीले विश्वास लिएका छौं,’ सम्झौता कार्यक्रममा मेयर आचार्यले भने, ‘यो अवार्ड सफल बनाउने दायित्व अब पोखराको हो । काठमाडौं बाहिर कार्यक्रम गर्दा मञ्चको खर्च धेरै बढ्छ । हामीले रकम थोरैमात्र सहयोग गर्नेछौं । तर हाम्रो पूरा नैतिक सहयोग रहनेछ ।’

पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरु हुन थालेको जानकारी गराउँदै मेयर आचार्यले सहरलाई नेपाली खेलकुद र खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र मञ्चका अध्यक्ष निरञ्जन अधिकारी । तस्बिरः सुदर्शन रञ्जित/खेलाडी

‘पोखरा भनेको देशको एउटा सामान्य सहरमात्र होइन । यो देशको एउटा निक्कै चलायमान र सम्भावना बोकेको सहर पनि हो । पर्यटनको कुरा गर्दा यो निक्कै बहुआयामिक हुन्छ र खेलकुद पर्यटनको सबभन्दा मुख्य हिस्सा हो,’ उनले थपे, ‘पोखरा राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद, आहारारा गोल्डकप, पोखरा म्याराथन, ड्रयागन बोट प्रतियोगिता, प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रा फ्लाइट, अन्तर्राष्ट्रिय टेनिस र भलिबलजस्ता ठूला खेल मेला नियमित आयोजना गरिरहने सहर हो । पल्सर स्पोर्टस अवार्डको आगमनले त्यसमा एउटा ठूलो अन्तर्राष्ट्रिय इभेन्ट थपिने भएको छ ।’

प्रत्येक वर्ष अवार्डलाई परिस्कृत गर्दै लाने क्रममा यसले एउटा ठूलो अन्तर्राष्ट्रिय अवार्डको रुप लिइसकेको र यसपाली अवार्डमा पोखरा महानगरपालिकालाई प्रवर्धकको भूमिकामा पाउँदा मञ्च परिवारको उत्साह र आत्मविश्वास चुलिएको मञ्चका अध्यक्ष अधिकारीले बताए ।

अवार्डको आकार र दायरालाई फराकिलो पार्दै अगाडि बढ्ने क्रममा काठमाडौं बाहिर गर्ने सोचअनुरुप थुप्रै सहरको बीचबाट पोखरालाई छानेको उनको भनाई थियो । अवार्डलाई प्रवर्धकको रुपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्य र महानगरपालिका परिवार तथा सम्पूर्ण पोखरावासीप्रति धन्यवाद ज्ञापन गरे ।

उपत्यकाबाहिर अवार्ड गर्नु आर्थिक र व्यवस्थापकीय दृष्टिले निक्कै चुनौतीपूर्ण निर्णय हुने भए पनि पोखरा महानगरपालिकाको दरिलो साथका कारण सफल हुने विश्वास व्यक्त गर्दै अध्यक्ष अधिकारीले अवार्ड आयोजनाबाट पोखरा भ्रमण वर्ष २०२५ को अभियानमा पनि ठूलो योगदान गर्ने विचार राखे ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआइपिएस एसिया) को नियमित क्यालेन्डर इभेन्ट हो ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा आयोजक मञ्च र प्रवर्धक पोखरा महानगरपालिकाका पदाधिकारीहरु । तस्बिरः सुदर्शन रञ्जित/खेलाडी

एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निक्कै उत्साहका साथ लिएको बताए । उनले केन्द्रिय अवार्ड आयोजनाका सबै पक्षमा संलग्न हुन पाउँदा नयाँ कुरा सिक्ने र त्यसलाई भविश्यमा गण्डकी स्पोर्टस अवार्डमा लागु गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष आस्थाले अवार्ड आयोजनाका लागि पोखरा रोजेकोमा मञ्च केन्द्रलाई धन्यवाद दिए । साथै उनले प्रवर्धकको रुपमा सहयोग गरेकोमा महानगरपालिकालाई पल्सर स्पोर्टस अवार्डमा स्वागत गरे ।

अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुने जानकारी गराए । अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन् ।

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए ।

महासचिव खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्वपूर्ण र सशक्त सहर भएको विचार राख्दै अवार्डको सफलताका लागि सम्पूर्ण पोखरेली पत्रकारहरुलाई सहयोगको आह्वान गरे ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||