फाल्गुन ९, २०८२ शनिबार | ००:२२:५१
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

एनपिएलको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुन्छ: मन्त्री चौधरी

फाइल तस्विर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणमा आर्थिक अनियमितता भएको विषयमा छानबिनका लागि ‘उच्चस्तरीय’ समिति गठनको तयारी गरेको छ ।

शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको विषयमा छानबिन गर्न गठन गरेको कार्यदललाई नेपाल क्रिकेट संघ (क्यान) ले असहयोग गरेकाले नयाँ समिति गठन गर्ने तयारी भइरहेको बताए ।

‘एनपिएल कानुन अनुसार सञ्चालन गर्नुपर्छ । एनपिएलको दोस्रो संस्करण कुनै पनि हालमा हुन्छ । तर अर्कोतर्फ पहिलो संस्करणको छानविन पनि सँगसँगै अगाडि बढ्छ,’ शुक्रबार मन्त्री चौधरीले भने, ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि हामीले छानबिन कार्यदल गठन गरेका थियौं । तर क्यानले छानविनका लागि आवश्यक कागजपत्र उपलब्ध गराएन । त्यसैले पहिलो संस्करणको विषयमा विस्तृत छानबिन आवश्यक छ । हामी अख्तियारलाई जिम्मा दिने की आफै छानविन गर्ने विषयमा छलफलमा छौं । यसको बारेमा केही दिनमा जानकारी गराउँछौं ।’

उनले आफूले कहिल्यै एनपिएल रोक्न नखोजेको बताउँदै छानबिन गर्न हुन्न भन्नेहरू नै एनपिएल विरोधी भएको आरोप उनले लगाए ।

मुलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कूल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ तथा खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको थियो ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत (४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ) आठ फ्रेञ्चाइज टोलीलाई बाँडफाँड गरिएको छ ।

त्यसपछि बाँकी रहेको बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि कूल नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानले जानकारी दिएको छ ।

एनपिएलको आय-व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ ।

गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको एनपिएलमा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दुई वटा उजुरी परेको छ ।

अख्तियारले गत फागुन १२ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि सुरूमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य अञ्जन धमलाको संयोजत्वमा छानविन समिति गठन भएको थियो ।

तर मन्त्रीले चौधरीले गत जेठ ११ गते राखेप बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानविन कार्यदल गठन गरेको थिए ।

पछिल्लो कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिगको विषयमा विवरण उपलब्ध गराउन पत्राचर गरेको थियो । क्यानले गत असार २ गते कार्यदलको प्रश्नको उत्तर समेत पठाएको थियो । तर क्यानले माग गरिएका आवश्यक कागजात, सूचना र तथ्य प्रदान गर्न नसकेको भन्दै कार्यदलले असन्तुष्टि प्रकट गरेको थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||