मंसिर ८, २०८२ सोमबार | २०:१५:४४
च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित सुदूरपश्चिमविरुद्ध कर्णालीको खराब सुरुआत विश्वकप उपविजेता दृष्टिविहिन महिला टिमलाई प्रधानमन्त्री कार्कीको बधाई एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित सुदूरपश्चिमविरुद्ध कर्णालीको खराब सुरुआत विश्वकप उपविजेता दृष्टिविहिन महिला टिमलाई प्रधानमन्त्री कार्कीको बधाई एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरिको सानदार अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत ‘वेस्टर्न डर्बी’मा कर्णाली याक्सविरुद्ध ४५ रनको रवाफिलो जित हासिल गरेको छ ।


प्रतियोगिताको आठौं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य कर्णालीले पछ्याउन सकेन । सुदूरपश्चिमको कसिलो बलिङसामू निरीह देखिएको कर्णाली १९.२ ओभरमा ९४ रन बनाउँदै ‘अल–आउट’ भयो । शीर्ष क्रमका ब्याटर नचल्दा सुदूरपश्चिमको पारी उकासेका ऐरिले बलिङमा पनि सानदार प्रदर्शन गरे । उनले चार खेलाडीलाई पवेलियनको बाटो देखाए ।

कर्णालीका लागि मध्यक्रमका ब्याटर पवन सराफले २६ बलमा चार चौकासहित २७ रनको पारी खेले । त्यस्तै मार्क वाटले १७ रन बनाउँदा कप्तान सोमपाल कामीले १४ रन जोडे । यसैगरी अर्जुन घर्ती र गुल्सन झाले समान १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि अर्का अलराउन्डर हर्मित सिंह र अविनाश बोहराले दुई विकेट लिए । त्यस्तै स्कट कुगुलेइन र हेमन्त धामीको नाममा एक विकेट रह्यो ।

कर्णालीको सुरुआत खराब रह्यो । ब्याटिङ पावरप्लेमा चार विकेट गुमाउँदै कर्णालीले मात्र ३३ रन बनाउन सकेको थियो । पावरप्लेमा ऐरिले तीन तथा हेमन्तले एक विकेट लिए ।

ओपनर प्रियान्क पन्चाल ‘डक आउट’ गराएका ऐरिले मार्क वाटलाई एलबिडब्लुको शिकार बनाए । लुम्बिनीविरुद्धको पछिल्लो खेलमा शतकीय पारी खेलेका वाटले १० बलमा दुई छक्कासहित १७ रन जोडे ।

लुम्बिनीविरुद्ध वाटसँग दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका विलियम बसिस्टो तीन रनमा पवेलियन फर्किए । धामीको बलमा बसिस्टो विकेटकिपर विनोद भण्डारीबाट क्याच भए । छैटौं ओभरमा ऐरिले नाजिबुल्लाह जद्रान एलबिडब्लुको शिकार बनाए ।

जद्रान पवेलियन फर्किएपछि क्रिजमा आएका सोमपालले पवनसँग मिलेर पाँचौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारीलाई अगाडि बढाएका थिए । तर, १२औं ओभरको पहिलो बलमा हर्मितले सोमपालको विकेट लिँदै सुदूरपश्चिमलाई अर्को सफलता दिलाए ।  १४ रनपछि पवनलाई अविनाशले वैकल्पिक फिल्डर ध्रुव प्रसहरबाट क्याच गराए ।

अब पारीलाई उकास्ने जिम्मेवारी पूर्ण रुपमा अलराउन्डर गुल्सन झामाथि थियो । तर, गुल्सन ऐरिको चौथो शिकार बने । गुल्सनलाई ऐरिले बोल्ड गरिदिए । जतिबेला कर्णालीले मात्र ८१ रन जोडेको थियो । पाँच रन जोडिन नपाउँदै कर्णालीले थप दुई विकेट गुमायो । नन्दन कुगुलेइनको बलमा अर्का वैकल्पिक फिल्डर दीपक बोहराबाट क्याच हुँदा हर्मितको बलमा एलबिडब्लुको शिकार बनेका युवराज खत्री ‘डक आउट’ भए । निर्धारित अन्तिम ओभरको दोस्रो ओभरमा अविनाशले अर्जुन घर्तीलाई आरिफ शेखबाट क्याच गराए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल खडा गरेको थियो । शीर्ष क्रम चल्न नसकेपनि मध्यक्रमका ब्याटरले पारी उकास्दा सुदूरपश्चिम मध्यम लक्ष्य प्रस्तुत गर्न सफल रह्यो ।

सुदूरपश्चिमका लागि  ऐरिले २८ बलमा एक चौका र दुई छक्कासहित ३९ रनको पारी खेले । त्यस्तै आरिफ (शेख)ले २५ बलमा तीन चौकासहित २७ रन बनाउँदा हर्मित (सिंह)ले १९ र क्रिस लिनले १८ रन जोडे । यसैगरी ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइनले १० रन बनाए ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नन्दन यादवले दुई खेलाडीलाई पवेलियनको बाटो देखाउँदा मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।

इनिङ्सको पहिलो बलमै ओपनर जस ब्राउन ‘रोयल डक’ भए । सोमपालले ब्राउनलाई बोल्ड गरे । त्यसपछिको पाँच बल सोपालले ‘डट’ फाले । त्यसपछि आएका क्रिस लिन र अर्का ओपनर विनोद भण्डारीले दोस्रो विकेटका लागि २६ रनभन्दा बढीको साझेदारी गर्न सकेनन् ।

पाँचौं ओभरको चौथो बलमा विनोदलाई विपीन शर्माले एलबिडब्लुको शिकार बनाए । पावरप्लेको समाप्तिमा ४.५० को रनरेटमा सुदूरपश्चिमले स्कोरबोर्डमा २७ रन जोड्यो ।

आठौं ओभरको पाँचौं बलमा युवराज खत्रीले लिनको विकेट लिए । १८ रनमा ब्याटिङ गरिरहेका लिनलाई खत्रीले विलियम बसिस्टोबाट क्याच गराए । अर्को ओभरमा बसिस्टोले नन्दन यादवको ‘थ्रो’मा इशान पाण्डेलाई पवेलियनको बाटो देखाए ।

इशान पवेलियन फर्किएसँगै क्रिजमा आएका ऐरिले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि २७ रनको साझेदारी गरे । स्कोरबोर्डमा ७३ रन हुँदा अरिफलाई नन्दनले बोल्ड गरे । त्यसपछि आएका हर्मित सिंहले ऐरिसँग मिलेर ४८ रनको साझेदारी गर्दा सुदूरपश्चिम पारी सम्हालिएको थियो । यसबीच १५औं ओभरको पाँचौं बलमा सुदूरपश्चिमले एक सय रनको आँकडा पूरा गर्यो ।

१७औं ओभरको पाँचौं बलमा सोमपालले हर्मितलाई बोल्ड गर्दै कर्णालीलाई ‘ब्रेक थ्रु’ दिलाए । लगत्तैको ओभरमा सुदूरपश्चिमले ऐरिलाई पनि गुमायो । वाटको बलमा ऐरि नाजिबुल्लाह जद्रानबाट क्याच भए । जतिबेला सुदूरपश्चिमले १२६ रन जोडेको थियो । ९ रनपछि सोमपालको बलमा नरेन ‘हिट विकेट’को शिकार बने । अन्तिम ओभरमा नन्दनले स्कट कुगुलेइनलाई बोल्ड गरे ।
 


भिडियो
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
TRI NATION INTERNATIONAL SERIES मा NEPAL को एकमात्र लक्ष्य उपाधि II NEPAL WOMEN FOOTBALL TEAM
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2