चैत्र १६, २०८२ सोमबार | ०२:२१:०८
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सुधार कार्ययोजना सर्वाजनिक गरेको छ । 

मंगलबार सार्वजनिक भएको कार्ययोजनमा निम्नबुँदाहरू समावेश छन्ः

–युवा तथा खेलकुद विषयसँग सम्बन्धित नागरिकका गुनासो सुनुवाई र समाधान प्रयासका लागि मन्त्रालयमा गुनासो सुनुवाई कक्षको स्थापना गर्ने, 

–मन्त्रालयवाट गरिने निर्णय प्रकृयामा नेपाल सरकारद्वारा सञ्चालित जिआइओएमएसमार्फत तत्काल निर्णय प्रक्रिया अवलम्बन गर्ने, 

–मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायका बैठकका गतिविधिलाई सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने (प्रारम्भ भैसकेको) ,

–मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारुप तयार गर्ने, 
क.मन्त्रालय
ख.राष्ट्रिय खेलकुद परिषद्
ग.राष्ट्रिय युवा परिषद् (नोटः सैद्धान्तिक सहमति प्रक्रिया सुरु गर्ने )।

–खेलकुद पुर्वाधारको वर्गीकरण र कार्यान्वयन जिम्मेवारीलाई तहगत सरकारमा बाँडफाड सम्बन्धी कार्यविधि/मापदण्ड निर्माण गर्ने, 

–गैर सरकारी निकाय र निजी संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई खेलकुद पूर्वाधार, प्रशिक्षण र कार्यक्रम सञ्चालनमा उपयोगका लागि कार्यविधि/मापदण्ड तयार गर्ने,

–मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने,

–स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गरी खेलाडी परिचयपत्रका आधारमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि तयारीका सुरु गर्ने,

–राष्ट्रिय खेलकुद परिषद र नेपाल स्काउट जस्ता स्वायत्त संस्थाहरूको आन्तरिक स्रोत पहिचान र परिचालन,
 क. आन्तरिक श्रोत पहिचान गर्ने,
ख. आन्तरिक श्रोत परिचालन कार्यविधि निर्माण गर्ने,
ग.कोषमा श्रोत संकलन गर्ने,
घ. आन्तरिक श्रोतको बजेट नियमानुसार स्वीकृत गरी कार्यान्वयनमा लैजाने,

ङ. नियमानुसार खोलिएका बैंक खाता मार्फत कारोबार गर्ने र यसका लागि सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयद्वारा खाताको पहिचानको सुनिश्चितता गराउने ।

-खेल संघ /महासंघ नवीकरण सम्बन्धी जाँचसूची तयार गरी अनिवार्य रुपमा प्रयोग गर्ने गराउने ,

-खेल संघ /महासंघलाई देहायका विषयमा पारदर्शी सूचना सम्प्रेषण गरी आफ्ना गतिविधिमा जवाफदेही हुने गरी परिचालन गर्ने,

क.स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र प्रगति सार्वजनिक गर्ने,

ख.नियमानुसार आन्तरिक आम्दानी विद्युतीय माध्यमबाट अभिलेख राख्ने,

ग. नियमानुसार खोलिएको बैंक खाता बाहेक कुनै पनि आर्थिक कारोबार नगरिएको सुनिश्चितता गर्ने (नोटः यसका लागि राष्ट्रिय खेलकुद परिषद्‌को अनुमतिमा मात्र बैंक खाताको प्रबन्ध मिलाउने ),

घ.कुनै पनि प्रकारका बैदेशिक सहायता र प्राप्तिलाई कोषमा आम्दानी जनाएर मात्र खर्च गर्ने व्यवस्था मिलाउने ।

-अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा मापदण्ड बमोजिम खुला प्रतियोगिता गराएर मात्र छनोट गर्ने कार्यविधि सार्वजनिक गर्ने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो