फाल्गुन ९, २०८२ शनिबार | ००:२५:१५
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष

काठमाडौं । जेनजी आन्दोलनका एकजना अगुवा योद्धा एवं हालै गठित जेनजी फ्रन्टका सदस्य ऋषि थापाले शीर्ष डिभिजनको लिग नभए सम्पूर्ण फुटबलप्रेमी पनि सडक संघर्षमा उत्रने भन्दै एन्फालाई लिगको विषय गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले गर्नुपर्ने काम कुनै पनि नगरेको भन्दै देशमा एन्फा हुनुको अर्थ प्रष्ट्याउन माग गरेका छन् । अध्यक्ष र महासचिवको भत्ता तथा तलबकै लागि मात्र सबैखाले चलखेल भएको भए आफूहरु चन्दा उठाएर त्यो खुवाउन तयार रहेको उनले लेखेका छन् ।

‘एन्फा हरेक वर्ष लिग गराउन नसक्ने ! अन्तर्राष्ट्रिय खेल हुँदा खेलाडीलाई राम्रो खानपिन, बसोबास र यातायात बन्दोबस्त गर्न नसक्ने ! अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन नसकेर दण्ड तिर्ने ! विदेशी प्रशिक्षकलाई देशमा टिकाउन नसक्ने ! फुटबलप्रेमी अर्थात दर्शकले आलोचना गरे कमेन्ट बक्स नै अफ गर्ने ! आफ्नो कार्यशैलीप्रति प्रश्न गर्ने पदाधिकारीलाई निलम्बन गर्ने ! यी सबै पछि फुटबल खेलाडी विदेसिनुबाहेक विकल्प  नहुने । होइन खासमा एन्फा नेपालमा केको लागि छ ?,’ थापाले प्रश्न गरेका छन् ‘के महासचिव र अध्यक्षलाई डलरको दरमा तलब भत्ता खुवाउन, सीमित खेल हुँदा आफ्नो बारेमा नराम्रो लेख्ने पत्रकारहरु अनि पदाधिकारी श्रीमतीसहित विदेश भ्रमण गर्न मात्र हो नेपालमा एन्फाको काम ?’

स्थानीय स्तरका पूर्व फुटबल खेलाडी थापाले अगाडि लेखेका छन्, ‘तलबभत्ताकै लोभमा यो सब हुँदै छ भने हामी चन्दा उठाएर खेलकुद बचाउन तपाईंहरुलाई तलब भत्ता खुवाउँला, तपाईंहरु पद छोडिदिनुस । फुटबल खेल अनि खेलाडीको भविश्य बचाउन हामी खेलप्रेमी दर्शक यो अभियान चलाउनेछौं । होइन भने आफ्नो कार्य कुनै सम्मान नगर्ने अनि केही भन्यो भने फिफाको डर देखाउने ! आखिर कहिलेसम्म ?’

शीर्ष डिभिजनको लिग गर्नुबाहेक विकल्पमा नसोच्न अनुरोध गर्दै उनले एन्फालाई चेतावनी दिएका छन्, ‘ए डिभिजन लिग भएन भने सडक संघर्षमा खेलाडीमात्रै होइन फुटबलप्रेमी हामी पनि उत्रन्छौं भन्दै एन्फालाई यो विषय सामान्य नलिन अनुरोध गर्दछु ।’ 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||