पछिल्लो समय साउदी अरेबिया आफूलाई विश्व खेलकुदको ‘हब’ बनाउने अभियानमा छ ।
डेढ दशकमा देश बदलिएको छ । परिवेश बदलिएको छ । नेपाली महिला फुटबलको ‘फेस’ बदलिएको छ । अब बदल्नुपर्छ नेपाली महिला फुटबल टोलीको परिचय । बदल्नुपर्छ दक्षिण एसियाली महिला फुटबलको परिभाषा, अनि नेपालको आफ्नै इतिहास ।
नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा संगीनाप्रति कृतज्ञ हुनेछ । दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।
एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।
नेपाली खेलकुदलाई गर्व गर्ने ऐतिहासिक अवसर दिएकामा पलेशालाई धेरै धेरै धन्यवाद ! पलेशाको परिवार र प्रशिक्षक लामालाई सलाम ! तेक्वान्दो संघप्रति आभार ! अनि, सरकारलाई पलेशाको सफलताबाट प्राप्त सन्देश कार्यान्वयन गर्दै नेपाली खेलकुदलाई राष्ट्रिय गौरव स्थापनाको मार्गमा डोर्याउने प्रेरणा मिलोस ! शुभकामना !
एन्फा र फुटबललाई भजाएर यसका नाममा फिफा र एएफसीबाट आउने डलरमा मोज गर्ने लाइसेन्स पाएका सीमित बेइमानहरूका लागि स्वर्ग भए पनि समग्रमा नेपाली फुटबलको सर्वोच्च निकाय समस्या नै समस्यामा छ । बेथिति र विसंगतिका विषय चर्चामात्र गर्न पनि लामै समय लाग्छ । हजारौं शब्द खर्चिनुपर्छ । आस जगाउने केही देखिन्न । जताततै अँध्यारो र निराशामात्र व्याप्त छ ।
खेलाडी डटकम आजबाट चौथो वर्षमा टेकेको छ । पछिल्ला तीन वर्ष हामीले प्रिय पाठकहरूबाट असिम स्नेह, आलोचना र सुझाव पाएका छौं । जसलाई हामीले सँगालेका छौं । सञ्चित गरेका छौं । यो सञ्चितिले हामीलाई सधैं प्रेरित गरिरहने छ ।
खेलकुदमा सधैं सबै कुरा नतिजाले मात्र पनि बोल्दैन । कहिलेकाहीँ नतिजाको बोलीमा धेरै अर्थ मिसिएको हुन्छ । त्यस्तो बेला स्तर मापनका लागि प्रदर्शन, प्रयास, विगतसँगको तुलना र भावनामा प्रवेश गर्नुपर्छ ।
नेपालको सहभागिता उपलब्धिका लागि भएकै होइन । यो त फगत मित्रता, अनुभव बटुल्ने, खेलभावना प्रवद्र्धन गर्ने र ओलम्पिक अभियानको पात्र बन्नेमै सीमित बनाइएको छ ।
नेम्वाङले अध्यक्षका रुपमा दुई वर्ष एन्फामा रजाईं गरिसक्दा पनि मैदानमा भने दुई पटक भइसक्नुपर्ने ‘बी’ डिभिजन लिग एक पटक समेत भएको छैन । ‘ए’ र ‘सी’ डिभिजनका लिग पनि एक पटकमात्र हुन सकेका छन् । अघिल्लो वर्ष भएको शीर्ष डिभिजनको लिग यसपाली हुने छाँट छैन ।
आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ लाई बितेको वर्षको तुलनामा सुखद बनाउनुपर्छ । बढी सफल बनाउनुपर्छ । निराशा, असफलता र विवादका चाङ यतै बिसाएर नेपाली खेलकुद अघि बढ्नुपर्छ ।
नेपालको फुटबललाई केन्द्रमा राखेर स्मरण गर्ने हो भो समग्रमा यो वर्ष बिर्सनलायक रह्यो । मैदानभित्र र प्रशासनमा पनि आशाको सञ्चार गराउँदै क्रिकेटले सर्वत्र चर्चा कमाइराख्दा फुटबलको दैनिकी द्वन्द्वमात्रै रह्यो ।
हारेको नेपाली फुटबल टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।
एन्फालाई भएका रंगशाला ‘मेन्टेन’ गर्नेमा कुनै ध्यान छैन । तिनको भरपूर उपयोग गर्ने खालको कुनै योजना छैन । अनि एन्फा अध्यक्षले राज्यको थप अर्बौ लगानीमा अर्को ठूलो रंगशाला चाहियो भन्दा फुटबलप्रेमीमाझ आलोचित हुनु स्वाभाविक थियो ।
हरि खड्का भनेपछि पुलिस, वसन्त थापा भनेपछि मनाङ वा प्रदीप महर्जन भनेपछि थ्री स्टारलाई सम्झिने दिन पनि थिए । तर, अब ती केही रहेनन् । त्यसैले त नेपाली फुटबल बिरामी छ । यस्ता प्रतिद्वन्द्विता, समर्पणभावलाई नेपाली फुटबलमा ब्युँझाइनुपर्छ ।
एन्फा नेतृत्वलाई महिला फुटबलले सधैंझै फेरि एउटा अवसर दिएको छ । सर्वत्र आलोचित अवस्थाबाट प्रशंसा पाउने ठाउँमा पुग्नका लागि महिला फुटबल प्रस्थानबिन्दु बन्न सक्छ ।
फाइनल जितेको भए ३८ वर्षको अन्तर्राष्ट्रिय प्रतियोगिता यात्रामा नेपाली महिला फुटबलको पहिलो उपाधि हुन सक्थ्यो । तर, नेपाल ११ पटक फाइनल पुगेर उपाधि जित्ने सौभाग्य प्राप्त गर्न सकेन । यद्यपि पहिलोपल्ट नेपाली महिला फुटबलले स्वदेश–विदेश सबैतिरको ध्यान तानेको छ ।
क्रिकेट संघले केही महिना अघिमात्र नयाँ नेतृत्व पाएको थियो । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गर्नुभएका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा नै यो अवस्था आइपुगेको मेरो अनुमान छ ।
एन्फा नेतृत्वलाई यी विषयमा सोच्ने फुर्सत कहाँ छ र ? कार्यसमितिमा बहुमत कसरी पुर्याउने, साधारणसभामा देशभरबाट आएका प्रतिनिधिको आँखामा कसरी छारो हाल्ने, फुटबलकै नाम लिएर यही खेलको दोहन कसरी गर्ने ? जस्ता रणनीति बनाउन छाडेर फुटबलका कुरा सोच्न फुर्सत पनि चाहियो नि ।
विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो स्पेसल अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।
जीवनका मुल्य मान्यताहरु स्थापित गर्नुपर्ने फुटबलजस्तो खेलको सर्वोच्च निकायका उपाध्यक्ष लागु औषध सेवन र कारोवारमा अदालतबाट दोषी ठहर भएको विषय इमेलमा छ । यस्तो गम्भीर विषयमा लामा निर्दोष छन् भने स्वयम उनी र नेतृत्वले सरिता परियारविरुद्ध कानुनी उपचार खोज्नुपर्ने होइन ? ‘त्यो नामको कोही मानिस नै छैन, विरोधीले गरेको षडयन्त्र हो’ भनेको भरमा एन्फा पन्छिन मिल्छ ?
एनएसएलले बनाइदिएको माहोलमा भटाभट प्रतियोगिता गरे चरम आर्थिक संकटको दुरुह अवस्था पुगेको एन्फा नेतृत्वको व्यक्तिगत स्वार्थ पनि फुटबलले नै पूरा गर्न सक्छ । तर, त्यसका लागि अब पनि लाजसमेत लजाउने खालका हर्कतमै रमाउने छुट एन्फा नेतृत्वसँग हुने छैन ।
प्रश्नहरू हजारौं छन् । नेपाली फुटबलको पक्षमा एन्फाभित्रै बसेर यी सब प्रश्नको उत्तर खोज्नु छ । नेपाली फुटबलमा विधिको शासन पुनःस्थापित गर्नु छ । पारदर्शिताको मापदण्ड सिर्जना गर्नु छ । फुटबललाई देशभित्र एउटा उद्योगको रूपमा स्थापित गर्नु छ ।
नेपाली फुटबलमा समस्या रेफ्रीको नभई क्लब, खेलाडी, प्रशिक्षक र तिनका अधिकारीमा रहेको बुझाइ नै हो । ‘नाच्न नजान्ने आँगन टेढो भनेजस्तो यहाँको अवस्था छ ।
नेपाली फुटबलले निरन्तर ओराली यात्रामा पाइला बढाइरहेका बेला कम्तिमा त्यसलाई रोक्ने र दर्शकलाई रंगशाला फर्काउने अभियानका साथ नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।
निर्वाचित भएपछिको पहिलो बैठकबाट सुरु भएको फुट र गुटबन्दीले कहिल्यै विश्राम लिएन । अन्ततः निर्वाचित अध्यक्षले नेपाली फुटबल इतिहासमै पहिलो पटक बर्खास्तगी प्रस्तावको सामना गर्नुपर्ने स्थिति सिर्जना भयो ।
नेपालसामू २०१४ पछि फेरि एकपटक ट्वान्टी २० विश्वकपमा उपस्थिती पक्का गर्ने राम्रो व्यवहारिक सम्भावना छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले गरेको प्रदर्शनले त्यही भन्छ ।
अब अवस्था फेरिएको छ । पारससहित केही नयाँ युवा र दिवाकर घले जस्ता पाका क्रिकेटकर्मीको उपस्थितिले नेपाली क्रिकेट प्रशासनको अँध्यारोमा चाँदीको घेरा देखाएको छ । क्यानले सरकारी अनुदानमा बर्सेनि गर्दै आएको प्रधानमन्त्री कप थप व्यवस्थित गर्दै बहुदिवसीय ढाँचामा लाने निर्णय गरेको छ ।
खासगरी खेल संघहरुको नेतृत्वमा फेरि पनि पदाधिकारीहरु दोस्रो, तेस्रो, चौथो वा त्योभन्दा बढि पटक निरन्तर रहिरहनका लागि तानाबुना बुन्न व्यस्त छन् । एसियाली खेलकुदको नाममा २९ खेल चीनमा छ । तर कुनै पनि खेलका पदाधिकारीको ध्यान त्यतातिर छैन । आफू कसरी दोहोरिने, तेस्रो, चौथो वा त्योभन्दा बढिऔं पटक नेतृत्वमा टिक्ने भन्ने कसरतमा छन् ।
मैदानभित्र नेपाली क्रिकेटका सबैखाले उतारचढावमा सबल र परिपक्व नेतृत्व गरेका पूर्व कप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित भएका छन् । पारससँगै केही नामलाई छोड्ने हो भने १७ सदस्यीय कार्यसमितिको मुहार पुरानै छ । प्रवृत्ति पनि पुरानै ।
फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छन् । भविष्यमा पनि चुकाउने छन् ।
हाम्रो काम मूल्यांकन गरेर कुनै न कुनै रूपमा सहयोग गर्ने हातहरू दिल खोलेर अगाडि आउने पूरापूर विश्वास छँदै छ । दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा हामी आम पाठक, खेलकुदकर्मी, शुभेच्छुक, विज्ञापनदाता, पत्रकारसँगै नेपाली खेलकुदसँग नै खुसीको क्षण साट्न चाहन्छौं ।
एपिएफले आफूलाई अन्याय भएको ठानेर फुटबलबाट मात्र हात झिके पनि अवस्था अकल्पनीय हुनेछ । कम्तीमा चार वर्षपछि हुने विश्वकपका नाममा एन्फाले घोषणा गरेको 'मिसन महिला विश्वकप २०२७' लक्ष्य अलपत्र पर्नेछ । साँचो यही हो । आजको मितिमा एपिएफले खेलाडी नदिए महिला फुटबलमा दक्षिण एसियाली फुटबलकै लागि पनि प्रतिस्पर्धात्मक राष्ट्रिय टोली कल्पना बाहिरको विषय हो ।
फलामलाई चाहेको आकार दिन तातेको बेला हथौडा प्रहार गर्नुपर्छ । नेपाली क्रिकेट अहिले मज्जासँग तातेको छ । रातै भएको छ । अत्यन्तै सुन्दर बन्न सक्ने सम्भावना भए पनि प्रशासनले विद्रुप बनाएको क्रिकेटको मुहार सही ढाँचामा ल्याउन हथौडा हान्ने समय यही हो । तातेको फलाम सेलाउन बेर लाग्दैन । वर्षातमा भेल छोप्न पाउने जति समय पनि नमिल्न सक्छ । त्यसैले क्रिकेटमा बनेको माहोलको भेल छोप्न ढिलो गरियो भने खेलाडीले मैदानमा गरेको मिहिनेत यसपाली पनि फुस्सा हुन सक्छ ।
एन्जिला हारेकी होइनन् । नतिजा नेपालको पक्षमा नआए पनि महिला टिम पराजित भएको होइन । हारेको त नेपाली फुटबल प्रशासन हो । जो महिला फुटबललाई आफ्नो जिम्मेवारी ठान्दैन । भइरहेको लिग बीचमै रोकिदिन्छ । अनि आफ्ना क्रियाकलापमार्फत उद्घोष गर्छ, महिलाले धेरै खेल्न आवश्यक छैन ।
एकातिर अनुकूल बन्दै गएको समयले दिएको अपार सम्भावना छ भने अर्कोतिर आर्थिक रूपमा भ्रष्ट, नैतिक रूपमा पतित, क्षमताका हिसावमा कुनै भिजन र योजना नरहेको अनि व्यावहारिक रूपमा रामभरोसे स्वभावका स्वार्थी प्रशासकहरूका कारण चुनौतीको अजङगको पहाड देखिन्छ ।
एकपछि अर्को प्रश्न आइरहे । नेपाली फुटबल, यसलाई सञ्चालन गर्ने सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), यसका पदाधिकारी अनि तिनै प्रशिक्षक अल्बर्टोलाई प्रश्न तेर्सिइरहे । त्यसबाट सबै भागिरहे । प्रश्नबाट भाग्नु भनेको जिम्मेवारीबाट भाग्नुको सबैभन्दा उत्तम उपाय हो । नेपाली फुटबलमा साँच्चै यस्तै भइरहेको छ ।
महिला फुटबलका लागि ढंगको लिग कल्पना बाहिरको विषय भयो, नियमित एउटा प्रतियोगितासमेत छैन । जुन देशमा फुटबल विकासका ठूल्ठुला नारा घन्काउने ठेकेदारहरु नै फिफाको बजेटमा बन्न लागेको महिला एकेडेमीको निर्माण रोक्न अदालतमा मुद्धा हाल्छन् । जुन देशको फुटबल संघले महिला फुटबलमा आधा भएको लिगलाई बीचमै रोकेर विजेता घोषणा गर्छ । नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बललाई छोड्ने हो भने एउटै स्थायी महिला टिमसमेत छैन ।
प्रतियोगितामा सहभागी हुने तीन टिममध्ये पहिलो त नेपाल भइहाल्यो । बाँकी दुई टिम छन् भुटान र लाओस । यी दुई प्रतिद्वन्द्वीको नाम सुन्ने बित्तिकै हामी मनमनै भन्न सक्छौं, उपाधि जित्ने नेपालले नै हो । यसमा मज्जा के रह्यो र ? धेरै अर्थमा भुटान र लाओसको फुटबल नेपालको तुलनामा पछाडि नै छ ।
रुवान्डा जानका लागि परिवारसँग बिदा भएर टीकाटालो गरी सोमबार फिफाले पठाएको निमन्त्रणा र हवाई टिकट साथमै लिएर त्रिभुवन विमानस्थल पुगेका एन्फा उपाध्यक्ष विराटजंग शाही आफ्नै नेतृत्वका बदनियतका कारण विमानस्थलबाटै फर्कनुपर्यो । किन ?
हालको ऐन अनुसार यस कार्यकारी समितिले सामुहिक रुपमा अधिकारको प्रयोग गरी काम कारवाही गर्ने देखिन्छ । सामुहिक नेतृत्वको अवधारणा अन्तर्गत यस व्यवस्था भएको देखिन्छ । यस व्यवस्थाबाट व्यवहारिक रुपमा राष्ट्रिय खेलकुद परिषद् केही हदसम्म आलंकारिक रुपमा रहन जाने देखिन्छ भने कार्यकारी समिति चुस्त एवं प्रभावकारी हुन सक्ने देखिन्छ ।
नीति निर्माणको तहमा रहेका व्यक्तिहरुको सोचाइमा ‘खेलको विकासको लागि, अन्तराष्ट्रिय स्तरको रंगशाला र बहुउदेस्सीय कभर्डहल निर्माण गर्न पर्छ’ भन्ने पाइन्छ । तर यो सम्भव छैन । र, आवश्यक पनि होइन ।
मञ्चले सुरु गरेको एउटा प्रयोग आज नेपाली खेलकुदको सर्वमान्य प्रमाण बनेको छ । नेपाली खेलकुदको मूल्यांकन र उपलब्धिहरूको कदरको शृंखला १९औं संस्करणसम्म आइपुग्दा फगत एउटा समारोहमा मात्रै सीमित भएको छैन, समग्र खेलजगतले वर्षभर व्यग्रका साथ प्रतीक्षा गरिरहने आशा र भरोसा बनेको छ । अलिक आलंकारिक भाषामा भन्दा समग्र खेलकुद एउटा शरीर हो भने पल्सर स्पोर्ट्स अवार्डलाई यसको रक्तसंचार प्रणाली मान्न सकिन्छ, जसले नेपाली खेलकुदमा जीवन भरिरहेको छ ।
यो अवार्ड प्राप्त गर्ने खेलाडीलाई समाजे सेलिब्रेटीको रूपमा हेर्ने र चिन्ने काम भइरहेको छ । खेलजीवनमा प्रवेश गरेर आफूलाई समाजमा चिनाउन सक्ने आधार खेलाडी र खेलकर्मीले यो अवार्डमार्फत प्राप्त गरेका छन् । समग्रमा यो नेपाली खेलकुदको एउटा प्रेरणा स्रोत बनेको छ ।
सन्दीपमाथि अत्यन्तै जघन्य आरोप लागेको चाँही साँचो हो । एउटा सभ्य समाज यति गम्भीर प्रकृतिको आरोपमा आरोपितभन्दा पीडितको पक्षमा उभिन्छ । तर शुक्रबार सुन्धारामा उपस्थित भिड र सामाजिक सञ्जालमा देखिएका कतिपय गैह्रजिम्मेवार प्रतिक्रियाहरुले नेपाली समाजमा ‘छोरी सुरक्षित छैनन’ भन्ने भाष्यलाई जबरजस्ती स्थापित गरेको छ ।
समग्रमा जर्मनीले १९ पटक विश्वकपमा सहभागिता जनाउँदा आठ पटक फाइनल खेलेको छ भने १३ पटक सेमिफाइनलसम्मको यात्रा गरेको छ ।
खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।
यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदको नाममा । दक्षिण एसियाली खेलकुदका समेत परिकल्पनाकार राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गर्दा केही खास उद्देश्य राखेका थिए । जसले दीर्घकालसम्म नेपाली खेलकुदलाई सबै पक्षबाट बलियो बनाउँदै अघि बढाउने उनको विश्वास थियो ।
आफ्ना खेलाडीलाई आवश्यक शिक्षा दिन नसक्ने, खेलाडीको समग्र व्यक्तित्व विकासको काममा माखो समेत नमार्ने, अनि बन्द प्रशिक्षणमा रहँदा पनि असनको साँडे झै खुल्ला छोड्ने टिम म्यानेजर र क्यानको नेतृत्वलाई पनि कार्वाहीको दायरामा ल्याइनुपर्छ ।
दर्शकले कुटाई खानुपर्ने अवस्था सिर्जना भयो । धेरै भन्दा धेरै पास बाढ्दा टिकट काटेका दर्शकले कुटाई खानुपर्यो । टिकट काटेका सयौं दर्शक रंगशाला छिर्न पाएनन् । हजारौंले टिकट काट्ने मौका नै पाएनन् ।
अघिल्लो शुक्रबार नेपाली महिला टोलीले एउटा त्यस्तै स्मरणीय उपलब्धिको उपहार दिएको थियो । सात हजारभन्दा बढी दर्शकको उपस्थितिमा नेपाली महिला टोलीले इतिहासमै दोस्रो तथा साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक भारतलाई पराजित गरेको थियो ।
यही प्रतियोगितामा पनि बंगलादेशले जुन किसिमको प्रदर्शन गरेको छ । त्यसले गर्दा हामीले कमजोर लिनु हुँदैन । बंगलादेशले भारतलाई तीन गोल गरेको छ । हामीले एक गोल मात्र गरेर फाइनल पुगेका हौं ।
आलोचनात्मक हुनुपर्छ । नेतृत्वलाई प्रश्न गरिरहनुपर्छ । त्यसो गर्न सकिएन भने खेल निरन्तर नभए पनि राज्यको ढुकुटीबाट खर्चिएको रकममा सीमित ‘जंगबहादुर’हरूको दोहनले निरन्तरता पाउनेछ ।
नेपालको ‘ब्युटिफुल’ खेल खेल्न सकेको भए गोलहरु स्वतः निस्किहाल्थ्यो । पहिलो हाफमा नेपालले क्रसिङ र कर्नर किकबाट निकालेको तीन गोलहरु निकालेको थियो ।
एउटा खेलाडी लेजेन्ड बन्नका लागि राम्रो खेलेर मात्र पुग्दैन । स्टारडम जति बढि हुन्छ, त्यति नै व्यक्तिगत रूपमा उसले गर्ने व्यवहार सरल र सहज हुनुपर्छ । श्याम सर वास्तवमै लेजेन्ड हुनुहुन्थ्यो ।
ढल्कँदो उमेरमा पनि उहाँ पूरा नेपाली फुटबल हल्लाउन सक्षम हुनुहुन्थ्यो । यसबाट पनि ‘श्याम थापा नेपाली मूलको फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो’ भन्न सकिन्छ ।
विश्व फुटबलको राजा हुन पेले भन्ने जसरी उनको बयान हुन्थ्यो । पेलेपछि सुनेको दोस्रो सुपरस्टार नाम भनेको श्याम थापाको हो ।
सबै काम गर्नुपर्ने भनेको हाल उपलब्ध १९ जनाको कार्यसमितिले हो । तर, त्यो कार्यसमिति ‘थापाले दिएनन, पाँडेले रिमोट चलाए’ जस्ता हचुवा कुरा गरेर पानीमाथि ओभानो बन्न खोजिरहेको छ । वास्तविक मुद्दाबाट नेपाली फुटबलको बहसलाई विषयान्तर गर्ने प्रयास गरिरहेको छ ।
व्यावसायिक फुटबल सिको गर्नेले थाइल्यान्डलाई पछ्याउँदा पनि फरक पर्दैन । जहाँ शारीरिक खेल खेल्नुभन्दा पनि मानसिक खेल खेल्न प्रोत्साहन गरिन्छ । तेस्रो श्रेणीका क्लबहरू समेत एएफसीको मापदण्डमा बाधिँदै क्लब सञ्चालन गर्छन् । हरेकको आ-आफ्नै घरेलु मैदान छन् ।
भर्खरै सम्पन्न एन्फाको अर्को साधारणसभाले ‘हिलोमा जग’ हाल्दै गरेका शेर्पालाई विस्थापित गर्दै उनैका पुराना सहयात्री पंकजविक्रम नेम्वाङलाई नेतृत्व सुम्पेको छ । नेम्वाङ चुनावी प्रतिस्पर्धामा उत्रिँदाको आफ्नो प्यानलको बहुमतसहित एन्फा नेतृत्वमा पुगेका छन् । भलै उनको प्यानल विभिन्न गुटको एउटा मोर्चाको रुपमा किन नहोस् ।
भर्खरै निवर्तमान भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले पनि यस्तै आरोप झेलेको थियो । यस्तै आरोपहरूको बलमा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिलाई विस्थापित गर्दै पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । एन्फाले आगामी चार वर्ष नेपाली फुटबलको मोटर चलाउन नयाँ चालक पाएको छ ।
एएफसीको व्यावसायिक प्रशिक्षक लाइसेन्सप्राप्त अल्मुताइरी नेपाल आएको १५ महिना पुग्दै छ । उनले औपचारिक रूपमा टिम सम्हालेको त भर्खर १४ महिना भयो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा उनको पहिलो खेल गत वर्ष बैशाख १२ गते कतारविरुद्ध थियो । माल्दिभ्सको मालेमा गत कात्तिकमा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबलको फाइनल पुग्नु अल्मुताइरीको करियरको उत्कर्ष थियो ।
खेलाडीका रूपमा पनि मेरो अन्त्य राम्रो भएन । पदाधिकारीका रूपमा पनि मैले सही तरिकाले फुटबलबाट बिदा लिन पाइनँ । यो मेरो भाग्यको कुरा हो । मैले यो भूमिका उल्लेख गर्न खोज्नुको कारण छ । कारण के भने दुवै भूमिकामा मलाई साँच्चैको ढाडस दिने व्यक्ति थियो, ललित भाइ (ललितकृष्ण श्रेष्ठ) । ललितसँगको मेरो सम्बन्ध दाजुभाइभन्दा बढी थियो । ऊ मेरो भाइ अनि म उसको अभिभावक दाजु ।
त्यो खेलको भोलिपल्ट बिहानै ललितकृष्ण फेरि मैदान भने पुगे । उनमा कौतूहल थियो, पोस्ट के अझै त्यही स्थितिमा छ त ? थिएन । पोस्टलाई मिलाइसकेको थियो । अब त्यो दुरुस्त स्थितिमा थियो ।
के ललितजी भएको भए म आज एन्फा अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेको हुन्थें त ? मैले आफैंलाई प्रश्न गरें । एक सेकेन्डमै मेरो मनले उत्तर दियो, ‘पक्कै पनि हुन्नथें । उहाँजस्तो मान्छे भएपछि मेरो आवश्यकता पर्ने थिएन । त्यो दुर्घटनाले ललितजीलाई हामीबाट खोसेर लगेपछि मात्र मैले नेतृत्वमा आउनुपरेको हो ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालय पुग्दा सधैं एउटा हँसिलो अनुहार स्वागतका लागि तम्तयार हुन्थ्यो । तर ७ वर्ष भइसक्यो त्यो अत्यन्तै उर्जाशील अनुहार निर्जिव सालिकमा परिणत भएको । एन्फामा हुने सबैखाले पत्रकार सम्मेलन तथा कार्यक्रमअघि निरन्तर ललित दाइको ९८५१०७७७५८ नम्बरबाट फोन आउने क्रम बन्द भयो ।
फुटबलका असल व्यक्तित्व ललितकृष्ण श्रेष्ठको सातौं पुण्यस्मृतिमा उहाँप्रति समर्पित खेलाडी डटकमको विशेषांक
ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डितकहाँ जानुभएको थियो । बाटोमा हामी गफ गर्दै गइयो । त्यसबेला उहाँले मसँग गम्भीर कुरा गर्नुभएको थियो ।
जसका कारण मेरो फुटबलप्रतिको लगाव बढ्यो । आज उन ललित दाइको श्रद्धाञ्जलीमा यी शब्दहरू लेख्दै गर्दा मेरो हात कामिरहेको छ । हार्दिक श्रद्धाञ्जली ललित दाइ । हामी सधैं सम्झिइरहने छौं ।
हो, पक्कै पनि फुटबलका प्राविधिकलाई चुनावसँग चासो हुनुहुन्न । खेलाडीको काम खेल्ने, प्रशिक्षकको काम खेल्नका लागि आफ्ना खेलाडीलाई तयार गर्ने हो । तर, अहिले एक पूर्वखेलाडी र प्रशिक्षक भएर पनि हामी जस्तोका लागि एन्फाको निर्वाचन चासोको विषय बनेको छ । कारण सत्तामा पुग्नका लागि होइन । अथवा कुनै अमूक पात्रलाई सत्तामा पुर्याउनका लागि पनि होइन ।
समर्थकको त्यही अन्धो मायाबाट पुल्पुलिएका कारण होला, अल्मुताइरी शृंखलाबद्ध रूपमा विवादको केन्द्रमा रहिरहे । वरिष्ठ उपाध्यक्षविरुद्ध अभिव्यक्ति दिएर होस् वा पत्रकारसँगको व्यवहारले अल्मुताइरीलाई विवाद र आलोचनाको घेराभित्र राखिरह्यो । विदेशमा गएर नेपाली मिडियालाई गाली गर्दै कहिल्यै नेपाल नफर्कने कसम खाएर पनि अल्मुताइरीले विवादको शृंखला अघि बढाइरहे ।
मैदानबाहिरको फुटबल झन चर्को छ । सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) चुनावको मुखमा छ । चार वर्षअघिको चुनाव सकिएलगत्तै नयाँ चुनाव लागिसकेको एन्फा अहिले आन्तरिक शक्ति संघर्षको चरमोत्कर्षमा छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) विवादमा स्वयं एन्फा, आयोजक र शीर्ष डिभिजनको लिगका क्लबहरू मुछिएका छन् । एनएसएल तत्काललाई नहुने निर्णय भइसकेको छ ।
मौसम सफा नै थियो, खेलका लागि वार्मअप गरेपछि हामी ड्रेसिङ रूममा छिर्यौं । १९ मिनेट जतिको खेल भएको थियो । उनीहरू (बंगलादेशको मुक्तिजोद्धा क्लब) ले १७–१८ मिनेट जतिमा गोल हानेको थियो । हामी सबै टोलीलाई जित्दै फाइनलमा पुगेको भएर त्यो गोलको दबाब लिएका थिएनौं । जित्छौं भन्नेमा विश्वस्त थियौं । सेमिफाइनलमा नेपालकै आरएनएसीलाई हराएकाले पनि हाम्रो मनोबल उच्च थियो ।
जनकपुर चुरोट कारखना, रोयल नेपाल एयरलाइन्स (आरएनएसी) जस्ता संस्थामा प्राय: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको बाहुल्य रहन्थ्यो । यहाँ आबद्ध भएपछि खेल्नुका साथै आकर्षक रोजगारीको पनि अवसर मिल्थ्यो । घर धान्ने सहज माध्यम थियो फुटबल ।
नेपाली फुटबलका सबैजसो स्टार खेलाडीको साथ रहेको जनकपुर उपाधिको बलियो दाबेदार थियो । त्यसमाथि दशरथ रंगशालाको घरेलु मैदानमा दसौं हजार घरेलु समर्थकको साथले जनकपुरको उत्साह अझै थपिएको थियो ।
कोभिड १९ महामारीले नेपालमा विकराल रूप लिइरहेको समय भएकाले एन्फाले कुल क्षमताको एक तिहाइमात्र टिकट बेच्ने बताएको छ । सरकारी मापदण्ड पनि त्यस्तै छ । सरकारले जारी गरेको पछिल्लो मापदण्डअनुसार रंगशाला निम्त्याइएका एक तिहाई दर्शकमध्येबाट एक तिहाईको आयोजकलेआफ्नै खर्चमा आरडिटी परीक्षण गराउनुपर्छ । तर, एन्फाको जानकारी यस विषयमा भने मौन छ ।
एथलेटिक्सका खेलाडीले टोकियोमा सहभागी हुन नपाएको विषय र एकजना प्रशिक्षकको सट्टामा अर्का प्रशिक्षक पठाएको र नक्कली पिसिआर रिपोर्टजस्ता विषय पनि अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ ।
खेलकुदलाई उत्पादनमूलक क्षेत्रको रूपमा सुपरिचित गराउँदै यसलाई एउटा समृद्ध उद्योगको रूप दिने अभियानमा एउटा जिम्मेवार सञ्चारमाध्यमका लागि हामीले आफ्नो भूमिका राम्ररी बुझेका छौं ।
हामीले एउटै चेनमा फुटबल खेल्न सकिरहेका छैनौं । जिल्लाले आफ्नो हिसाबमा लिग गरिरहेको छ । जिल्ला लिग समापनपछि त्यहाँका टिमले कहाँ गएर खेल्ने भन्ने नै टुंगो छैन । यता केन्द्रमा पहिले देखि रहँदै आएको सहिद स्मारक ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजन र ‘सी’ डिभिजन छनोटको आफ्नै संरचना छ ।
प्रश्न त अझै धेरै छन् । मूल प्रश्न भने यही हो । के यी सबै प्रश्नको उत्तर दिन एन्फा तयार र जिम्मेवार छ ?