फाल्गुन २, २०८२ शनिबार | ०१:११:३९
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन शनिबारको दिन

क्रिकेट टिमलाई चाहिएको समर्थन

काठमाडौं । खेलकुदमा एउटा भनाई प्रायः दोहराएर भन्ने गरिन्छ, ‘यही कोही समर्थकले टिम गाह्रो पर्दा समर्थन गर्दैन् भने टिमको सफलतामा पनि उनको समर्थन चाहिन्न । कोही कसैलाई समर्थक त त्यही बेला मानिन्छ, जसले प्रत्येक उतारचढावमा टिमको साथ दिन्छ ।’ 

यो प्रसंग किन भन्दा अहिले चारैतर्फ नेपाली क्रिकेटको चर्चा छ । यो चर्चा समर्थन भन्दा पनि बढी आलोचनामा केन्द्रित छ । आलोचना भन्दा पनि समर्थकहरु टिमलाई गाली नै गरिरहेका छन् ।

यो यस्तो हार थियो, जसमा टिमको आलोचना गर्न लायक क्षेत्र जहाँतहीं थिए । यही हारपछि त हो, नेपाली टिमको विरोध सुरु भएको छ ।

खास कुरा यस्तो हो । अहिले भारत र श्रीलंकामा ट्वान्टी-२० विश्वकप २०२६ चलिरहेको छ । नेपालका सबै खेल मुम्बईको वाङ्खडे स्टेडियममा चलिरहेको छ । त्यसमध्ये पनि नेपालले दुई खेल खेलिसकेको छ । 

इङ्ल्यान्डविरुद्ध पहिलो खेलमा नेपालको प्रदर्शन बबाल नै रह्यो । त्यसो त नेपाल दुई पल्टको च्याम्पियन इङ्ल्यान्डविरुद्ध चार रनले पराजित भयो । तर त्यो हारमा पनि नेपालले गर्व गर्न लायक धेरै उपलब्धी थिए ।

लगतै नेपालले इटालीको सामना गरेको थियो, त्यसमा भने नेपाल असाध्यै नराम्रोसँग पराजित भयो । यो विश्वकपमै डेब्यु गरिरहेको इटालीले नेपाललाई दस विकेटले पराजित गरेको थियो । यो यस्तो हार थियो, जसमा टिमको आलोचना गर्न लायक क्षेत्र जहाँतहीं थिए । यही हारपछि त हो, नेपाली टिमको विरोध सुरु भएको छ । इङ्ल्यान्डविरुद्धको हारपछि जहाँ नेपालले अब टेस्ट मान्यता टिमलाई चुनौती दिने कुरा गरिरहेको थियो ।

गाह्रै बेला त हो, आफ्नो टिमलाई समर्थन गर्ने । टिमले जितेको बेला मात्र समर्थन गर्ने हो भने त्यो समर्थक नै हुन्न ।

त्यहीं इटालीसँग हारेपछि भन्न सुरु भयो, नेपालले अब टेस्ट टिमका मान्यताबारे नसोचे पनि हुन्छ । त्यसो त प्रशंसक भएर टिमको आलोचना नै गर्न पाइन्न भन्ने होइन्, तर कम्तीमा नेपाली क्रिकेटले केही गरेन् र गर्न सक्दैन भने गाली चाहिँ गर्न पाइन्न । 

विश्व क्रिकेटमा प्रत्येक टिमले उतारचढाव बेहोरेका हुन्छन् । यो तथ्य क्रिकेट मात्र होइन्, सबै खेलमा लागू हुन्छ । जहिल्यै एउटै टिमले मात्र प्रगति गर्ने हो यो आफैमा खेल कसरी हुन्छ र ?

फेरि नेपालका लागि यो विश्वकप यहीं सकिएको छैन् । अझै नेपालले दुई खेल खेल्न बाँकी छ । त्यसमध्ये आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्नु छ भने मंगलबार स्कटल्यान्डविरुद्ध । नेपाल सुपर एट पुग्नेछ अथवा छैन्, त्यो अलगै भयो, तर यी दुई खेल नेपालका लागि उत्तिकै महत्त्वपूर्ण छन्, यसमा त कुनै विवाद छैन् । विश्वकप सकाएर नेपाली टिम आफ्नो देश फर्किसकेपछि नेपालको प्रदर्शनमा कहाँनिर चुक भयो भनेर विश्लेषण गर्ने अवसर त छ नै ।त्यसैले यति बेला नेपाली टिमलाई चाहिएको भनेकै समर्थकको माया हो । गाह्रै बेला त हो, आफ्नो टिमलाई समर्थन गर्ने । टिमले जितेको बेला मात्र समर्थन गर्ने हो भने त्यो समर्थक नै हुन्न । एउटा तथ्य के निश्चित छ भने नेपाली क्रिकेट अगाडि बढिरहेको छ, यसमा दुई मत छैन् । 

दुई मत के तथ्यमा पनि छैन् भने नेपाली क्रिकेटले गर्नु पर्ने काम अझै धेरे बाँकी छन् । अहिलेको लागि विश्वकप खेलिरहेको नेपाली टिमलाई मनैदेखि हाम्रो समर्थन ।