काठमाडौं । मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध १२४ रनमा अलआउट भएको हो ।
जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश ३८ दशमलब १ ओभरमा १२४ रनमा अल आउट भएको हो ।
मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक ३२ रन बनाए । आदिल आलम २३ तथा पवन सरार्फ १९ रनमा आउट भए । लुम्बिनीका लागि सन्देश थापा र सन्तोष यादवले समान ३ तथा अजय चौहानले २ विकेट लिए ।
दुवै टोलीको यो तेस्रो खेल हो । दुवै टोली समान ३ अंकमा रहेका छन् । पहिलो खेलमा अंक बाडेका दुवै टोलीले दोस्रो खेलमा भने जित हात पारेका थिए ।
पहिलो खेल वर्षाका कारण रद्ध भएपछि कर्णाली प्रदेशसँग अंक बाडेको लुम्बिनीले दोस्रो खेलमा कोशीलाई पराजित गरेको थियो । मधेशविरुद्धको खेलमा जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ ।
मधेश भने खेलेको २ खेलमा ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । कोशी प्रदेशसँगको पहिलो खेलमा अंक बाडेको मधेशले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।
