पुस १३, २०८१ शनिबार | १५:४८:००
एनओसी चुनावः जीवनराम तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत एनओसी चुनावः जीवनराम तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत
शनिबारको दिन नेपाली क्रिकेट

एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटले नेपाली खेलकुदलाई धेरै अर्थमा पुनःपरिभाषित गरेको छ । खासगरी नेपाली खेलाडीको व्यावसायिकताको सवाल, टिम मालिकको लगानीको सवाल, अन्तर्राष्ट्रिय चर्चा र परिचर्चाको सवाल, प्रतियोगिताको समग्र आयोजना र व्यवस्थापनको सवाल होेस् या मैदान, टेलिभिजन र डिटिजल प्लेटफर्ममा समर्थकको उपस्थितिको सवालमा नेपाली खेलकुदको अहिलेसम्मकै पृथक र स्वादिलो व्यञ्जन बनेको छ । त्यति मात्र कहाँ हो र प्रायोजनको सवाल र सातै प्रदेशको पहुँच र अपनत्वका सवालमा एनपिएल मौलिक व्यञ्जन बनेकोमा कसैको दुईमत छैन ।

यो व्यञ्जनमा अलिकति तीतो घोल्ने काम केही समर्थकबाटै भएको छ । मैदानमा फेयर प्ले र खेलभावना ओतप्रोत भए पनि मैदानबाहिर जनकपुर बोल्ट्सका समर्थक सुरुदेखि नै निशाना बने । जनकपुरका समर्थक विपक्षी टोलीको उग्र समर्थकबाट साम्प्रदायिक दुव्र्यवहारको निरन्तर सिकार बन्नु परिरह्यो  ।

एनपिएलको उत्सवमा देश डुबेको बेला केही खेलमा मधेशी समुदायप्रति लक्षित रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ ।

सुरुआती संस्करणमै हजार करोडको मूल्यांकन पाएको एनपिएलको आयतन जति फराकिलो बनेको छ, त्यति नै संकुचित व्यवहार जातीय विभेद र साम्प्रदायिकतामा देखिएको छ । खेल राष्ट्रिय एकताको माध्यम हो र हुनुपर्छ । तर, यही खेललाई कसैले समाजमा बिग्रह ल्याउने र विद्वेष फैलाउने माध्यम बनाउन खोज्छ भने कानुनअनुसार उसलाई दण्डित गराउनै पर्छ ।

कीर्तिपुर मैदानमा जनकपुरका समर्थकमाथि दुव्र्यवहार गर्ने केही हुल्याहा समर्थकलाई प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ । नियम कानुनअनुसार दण्ड जरिवाना सँगसँगै भोलिका दिनमा यस्ता अराजक घटना दोहोरिन नदिन एनपिएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पनि हुल्याहाको पहिचान गरी रंगशाला प्रवेशमा निषेध गर्न सक्नुपर्छ । अहिले नै सुरु गरियो भने यो सम्भव पनि छ । प्रतियोगिता सकिहाल्यो भनेर चुप लागेर बस्ने हो भने भोलि तिनै समर्थक अर्को टोलीविरुद्ध वर्ग, जाति, भाषा, लिङ्ग, सम्प्रदाय वा नस्ललाई हतियार बनाएर प्रस्तुत हुनेछन् वा गराइने छ ।

नेपालको संविधान, ऐन, कानुनले नस्ल विभेद, गलत रीतिरिवाज र छुवाछुतलाई कानुनी रूपमा दण्ड सजायको व्यवस्था गरेको छ । तर कानुनमा जे लेखिए पनि बेलाबखत जातीय, नस्लीय, साम्प्रदायिक विभेद हुने गरेको छ । एनपिएलको उत्सवमा देश डुबेको बेला केही खेलमा मधेशी समुदायप्रति लक्षित रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ ।

एनपिएल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका समर्थक । 

जनकपुर बोल्ट्स एनपिएलको पहिलो संस्करणको उपाधि विजेता मात्रै होइन, मध्यम र निम्न आर्थिक स्तर भएका मधेश प्रदेशका देहाती युवाहरूको सपना हो । यसले हजारौं युवालाई एकसाथ क्रिकेटको सपना देखाएको छ अनि राष्ट्रिय नायक बन्ने हौसला दिएको छ ।

एनपिएलको सबैभन्दा ठूलो पक्ष राष्ट्रिय अपनत्व हो । देशका सबै सूचक औसतभन्दा तल रहेको वर्तमान समयमा एनपिएलले नेपालको ‘राष्ट्रिय सामथ्र्य’ बढाइदिएको छ । सातै प्रदेश र ७७ वटै जिल्लाले एनपिएलको अपनत्व लिएको छ । आफ्नो फाइदा र स्वार्थका लागि सहरको नाम बेच्दै फ्रेन्चाइज प्रतियोगिता भन्दै हिँडेकाहरूलाई वास्तविक अर्थको फ्रेन्चाइज प्रतियोगिता देखाइदिएको छ । एनपिएलका सबै आठ टिमले पहिलो सिजनमै बलियो ‘फ्यानवेस’ तयार पारेका छन् । पहिलो पटक नेपालको कुनै फ्रेन्चाइज लिगका टोलीहरूले भौगोलिक र समुदायगत आधारमा पनि समर्थक भेट्टाएका छन् ।

खेलकुद राष्ट्रिय पहिचान पनि हो । यसमा हुने सामुदायिक संलग्नताले मौलिक विधिबाट द्वन्द्व समाधान गर्दै सामाजिक एकता पनि सुदृढ गर्दछ । विश्वका हरेक देशमात्रै नभएर देशविहीन मानिएका शरणार्थीहरूको समेत टिम सहभागी गराएर ओलम्पिक खेलकुदले सबैखाले राजनीतिक र सांस्कृतिक भिन्नताहरू पार गरिसकेको छ ।

एनपिएलले पहिलो सिजनमै तयार पारेको फ्यानवेस उसको सबैभन्दा ठूलो सम्पत्ति हो । यसले खेलाडीको मनोबल मात्रै बढाएको छैन, टिमहरूको पहिचान र दिगोपनमा पनि योगदान दिने निश्चित छ । तर, आफ्नो टिमको समर्थनको नाममा अर्को टिमका समर्थकमाथिको दुव्र्यवहार, विभेदकारी एवं अपमानजनक नाराबाजीले भने एनपिएलको शिरको टोपीलाई धुलोमा खसालिदिएको छ । वर्षौंदेखि राज्यबाटै विभेदमा पारिएको गुनासो गर्दै आएको मधेशी समुदायलक्षित नकारात्मक टिप्पणीले फेरि एउटा प्रश्न जन्माएको छ, खेलकुदले जोड्ने कि तोड्ने ?

सुदूरपश्चिमका समर्थक । 

भनिन्छ, खेलकुद राष्ट्रिय एकता सुदृढ गर्ने र पहिचानको जगेर्ना गर्ने सबैभन्दा सशक्त र प्रभावकारी माध्यम हो । जस्तोसुकै सांस्कृतिक, जातीय र सामाजिक आर्थिक अवरोधहरू पार गर्दै साझा मूल्य मान्यता र लक्ष्यहरूमा मानिसलाई एकसाथ ल्याउने सामथ्र्य खेलकुदले राख्दछ । विविध सहभागिता र साझा अनुभवको आदानप्रदान हुने भएकोले खेलकुदले सांस्कृतिक एकीकरणमा अहम् भूमिका खेल्ने गर्दछ । खेलकुदलाई गौरवको प्रतीक पनि मानिन्छ । यसमा सांस्कृतिक प्रतिनिधित्व पनि हुने गर्दछ ।

यस अर्थमा खेलकुद राष्ट्रिय पहिचान पनि हो । यसमा हुने सामुदायिक संलग्नताले मौलिक विधिबाट द्वन्द्व समाधान गर्दै सामाजिक एकता पनि सुदृढ गर्दछ । विश्वका हरेक देशमात्रै नभएर देशविहीन मानिएका शरणार्थीहरूको समेत टिम सहभागी गराएर ओलम्पिक खेलकुदले सबैखाले राजनीतिक र सांस्कृतिक भिन्नताहरू पार गरिसकेको छ ।

फिफा विश्वकपले कुनै एउटा देश वा खेलाडीको पक्षमा सारा विश्वलाई गोलबद्ध गरिदिन्छ । सन् १९९५ को रग्बी विश्वकपले दक्षिण अफ्रिकामा रंगभेदपछिको विभाजनमा महम लगाएको हामीले बिर्सेका छैनौं । तर, हामी भने २१औं शताब्दीमा जातीय र साम्प्रदायिक दुर्व्यवहारको सामना गरिरहेका छौं । यो कस्तो बिडम्बना ?  

जनकपुरका समर्थक ।