चैत्र ३, २०८२ मंगलबार | २२:२७:४७
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

निर्णय चित्त नबुझेको कि रेफ्रीको भूमिका कमजोर ?

काठमाडौं । पोखरा थन्डर्ससँगको खेलमा ललितपुर सिटी एफसीको प्लेयर बक्स निकै तनावमा थियो । मुख्य प्रशिक्षक इयान गिलान रातो कार्ड पाएर निलम्बन भएका कारण प्यारापिटमा थिए । सहायक प्रशिक्षक रवीन्द्र सिलाकारको हातमा टिमको कमाण्ड थियो । मैदानभित्रका स–साना घटनामा पनि सिलाकार र अरू अधिकारीहरू निकै आक्रोशित भएर ट्र्याकमा उफ्रिन्थे । सहायक रेफ्रीसम्मै पुगेर आक्रोश पोख्थे ।

९० मिनेटको सिठी बजिसक्दा पनि त्यो आक्रोश शान्त भएन । खेलपछि पत्रकार सम्मेलनमा पनि गुनासोको स्वर उत्तिकै चर्को रह्यो । ‘रेफ्रीको निर्णय चित्तबुझ्दो भएन । हुनुपर्ने अफसाइड चाहिँ लिएको छैन । नभएकोमा झण्डा उठाइएको छ । प्रत्येक निर्णय गलत छ । हामीले त्यसैको प्रतिक्रिया मात्र दिएका हौं,’ गोलरहित बराबरी नतिजा निस्किएको खेलपछि सिलाकारको भनाइ थियो ।

नेपाल सुपर लिगमा रेफ्रीप्रति सबैभन्दा कडा रूपमा प्रस्तुत हुने प्रशिक्षक हुन्, धनगढी एफसीका युगलकिशोर राई । वीरगन्ज युनाइटेडविरुद्ध २–१ को जित हासिल गरेपछि पनि उनी रेफ्रीप्रति आक्रामक थिए ।

जारी नेपाल सुपर लिगमा रेफ्रीप्रति सबैभन्दा कडा रूपमा प्रस्तुत हुने प्रशिक्षक हुन्, धनगढी एफसीका युगलकिशोर राई । वीरगन्ज युनाइटेडविरुद्ध २–१ को जित हासिल गरेपछि पनि उनी रेफ्रीप्रति आक्रामक थिए । एनएसएलका तीनमध्ये दुई खेलमा रेफ्रीप्रति कडा रूपमा प्रस्तुत भएका राईको विचारमा रेफ्रीको विरोध गर्नु फुटबलमा सामान्य कुरा हो ।

‘रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्नु पार्ट अफ गेम हो । हुन त रेफ्रीको क्षमतामा पनि भरपर्छ । राम्रो रेफ्री ल्याउन सकिन्छ भने एनएसएललाई तपाईंहरूले नै भनेर ल्याइदिनुस्,’ व्यंग्यात्मक शैलीमा राईले भने, ‘नेपाली रेफ्रीहरू अलि भावनात्मक हुनुहुन्छ । थोरै केही कुरा भन्दा पनि एग्रेसिभ हुन्छन् । रेफ्रीका लागि नो कमेन्ट्स, उहाँहरूले राम्रो खेलाउनुभयो । तर बोल्न पाउनुपर्छ । गणतन्त्रमा बोल्न पाउनुपर्छ जस्तो लाग्छ ।’

मुख्य प्रशिक्षक नवीन न्यौपानेको रातो कार्डपछि टिमको कमान सम्हालेका पोखरा थन्डर्सका सहायक प्रशिक्षक राजेन्द्र तामाङ झापा एफसीविरुद्धको खेलमा रेफ्रीप्रति बढी नै आलोचनात्मक रहे ।

‘रेफ्रीले दुवै टोलीलाई बराबर सम्मान गर्नुपर्छ । एकतर्फी निर्णयका कारण हाम्रो बेन्च आक्रामक भयो,’ न्यौपानेले रातो कार्ड सामना गरेको विषयमा तामाङको भनाइ थियो ।

पोखरासँग १–१ को बराबरी नतिजा निकालेको खेलपछि झापाका स्पेनिस प्रशिक्षक ओरिओर सेगुराले भने, ‘रेफ्रीको निर्णय ठीक भएन । हामीले अरू खेल पनि हेरेका छौं । हरेक समय गल्तीहरू भइरहेका छन् । खेलको लय रेफ्रीका गलत निर्णयले बिगारिरहेको छ ।’

झापामाथि १–० को जित हासिल गरेपछि स्पोर्टिङ इलामका प्रशिक्षक मेघराज केसीले ‘रेफ्रीको निर्णयलाई सम्मान गर्ने र केही नबोल्ने’ बताएका थिए ।

बुटवल–लुम्बिनीका प्रशिक्षक विजय महर्जनलाई पनि रेफ्रीको निर्णयमा चित्त बुझेको छैन । धनगढीसँग १–० को नतिजामा पराजित भएपछि उनको भनाइ थियो, ‘रेफ्रीको निर्णय चित्त बुझेन । महत्त्वपूर्ण खेल छ । अफसाइड छ भन्दा लिएन, भएकोलाई दिइएन । हामीले खाएको गोल प्रस्ट अफसाइड थियो ।’ त्यही गोलमा अफसाइड अपिल गर्न जाँदा महर्जनले पहेँलो कार्ड सामना गरेका थिए ।

झापामाथि १–० को जित हासिल गरेपछि स्पोर्टिङ इलामका प्रशिक्षक मेघराज केसीले ‘रेफ्रीको निर्णयलाई सम्मान गर्ने र केही नबोल्ने’ बताएका थिए । तर, यसो भनिरहँदा उनी पनि निर्णायकहरूप्रति पूर्ण सन्तुष्ट नभएको बुझिन्थ्यो ।

पछिल्लो दुई सातादेखि दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) दौरान निर्णायकप्रति सहभागी टिमका प्रशिक्षक तथा प्रतिनिधिले गरेका टिप्पणीका यी केही उदाहरण हुन् । जारी प्रतियोगिताका सबै ९ फ्रेन्चाइज टिमका प्रतिनिधिहरूले औपचारिक तथा अनौपचारिक विभिन्न अवसरमा रेफ्रीप्रति आक्रोश पोखिरहेका छन् । एनएसएलमात्र होइन, यसअघि पनि नेपालमा हुने सबैखाले घरेलु प्रतियोगितामा निरन्तर उठ्ने आवाज हो, ‘नेपाली रेफ्रीको स्तर भएन ।’

एनएसएलका प्राविधिक निर्देशक एवं एन्फाका लिग निर्देशक सञ्जीव मिश्र नेपाली रेफ्रीको स्तरमा गुनासो गर्नु नपर्ने बताउँछन् ।

आयोजकले यही कारण युगलकिशोर राईले भनेजस्तै जारी प्रतियोगिताका लागि दुई भारतीय रेफ्री ल्याएको छ । तर, उनीहरूले खेलाएका खेलमा पनि टिमका प्रतिनिधिहरूको गुनासो उही छ, ‘रेफ्रीको स्तर नै भएन । रेफ्रीकै कारण खेलको लय बिग्रियो । नतिजा उलटपुलट भयो ।’

एनएसएलका प्राविधिक निर्देशक एवं एन्फाका लिग निर्देशक सञ्जीव मिश्र नेपाली रेफ्रीको स्तरमा गुनासो गर्नु नपर्ने बताउँछन् । फुटबलमा टिमहरूबाट रेफ्रीको निर्णयमा अपिल हुनु स्वाभाविक मान्ने मिश्र भन्छन्, ‘हामीकहाँ एउटा खेलमा दुवै टिमले अपिल गरेका हुँदैनन् । खेलाडीले पनि मैदानमा धेरै अपिल गरेको देखिन्न । धेरैजसो बेन्चबाट अपिल भइरहेको देखिन्छ । नेपाली रेफ्रीको स्तरमा गुनासो गर्नुपर्ने कुनै कारण छैन । नेपाली रेफ्री अन्तर्राष्ट्रिय स्तरका छन् र खेलमाथि रेफ्रीको राम्रो नियन्त्रण देखिन्छ ।’

एन्फाका एक पदाधिकारीको विचार पनि उस्तै छ । नेपाली फुटबलमा समस्या रेफ्रीको नभई क्लब, खेलाडी, प्रशिक्षक र तिनका अधिकारीमा रहेको उनको बुझाइ छ । ‘नाच्न नजान्ने आँगन टेढो भनेजस्तो छ यहाँको अवस्था । उनीहरूमा आफू खेल्न नसक्ने, जित्न नसक्ने अनि सबै दोष रेफ्रीलाई थोपरेर आफू उम्कन खोज्ने, एक्सक्युज लिने बानी परिसकेको छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा त नेपालका प्रशिक्षक, खेलाडी र अधिकारीहरूले फुटबलका नियम नै बुझेका हुँदैनन् । अफसाइडमा अलि बढी विवाद हुन्छ । जबकि अफसाइड लाइनमा भएको सहायक रेफ्रीबाहेक अरूले राम्ररी देख्दैन । यही कारण हो नेपालमा रेफ्रीको धेरै आलोचना भएको ।’

विश्वभर नै आफ्ना कमजोरी लुकाउन रेफ्रीलाई दोष दिने परिपाटी रहेको उनी बताउँछन् । ‘खेल जित्न नसकेपछि वा आशा गरिएभन्दा फरक संघर्षपूर्ण तरिकाले जितेपछि हामी कमजोर भयौं । हामीले सकेनौं भन्नु भन्दा रेफ्रीलाई दोष दिएर पन्छन् सजिलो भयो नि,’ उनले थपे । 
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH