चैत्र ३, २०८२ मंगलबार | २२:२४:२७
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

प्रदर्शन गर्न नसके खेलाडी बाहिरिनुपर्ने, पदाधिकारी चाँही दशकौंसम्म माखो नमारी पदमा बस्न पाउने ?

एसियाली खेलकुद प्रतियोगिता असोज ६ बाट सुरू हुँदैछ । दुःख लाग्दो कूरा के छ भने, विश्व खेल जगतमा तुलनात्मक रूपमा कमजोर मानिने महादेशीय प्रतियोगितामा सुरूदेखि नै नेपालको सहभागिता सधै झै दयनीय छ ।

पदकको त कुरा छाडौं, अधिकांश खेलाडीलाई प्रारम्भिक चरण पार गर्न पनि महाभारत हुनेछ । कुनै पनि खेल वा खेलाडीलाई पदकको दावेदार भन्न सकिने अवस्था छैन । आशा गर्नु बाहेक तथ्यांकले पुष्टी गर्न सक्ने आधार देखिँदैन ।

आजसम्म स्वर्ण पदक जितेका छैनौं । नयाँ समावेस भएका खेलमा  सुरूआती क्रममा प्राप्त आक्कल–झुक्कल केही पदक बाहेक नेपालले बलिया प्रतिद्वन्दीलाई पराजित गरेर प्राप्त गरेको पदक छैन भने पनि हुन्छ ।

नेपालको निरन्तर कमजोर प्रदर्शन रहनुमा खेलकूद नीति र बजेट भन्दा लामो समयसम्म खेल संघ हाँकिरहेका व्यक्तिहरू बढी  जिम्मेवार छन् भन्दा अतिशयोक्ति नहोला । उनीहरूको ध्यान खेल र खेलाडीको स्तर उकास्न भन्दा कयौं गुणा बढी आफू खेल संघमा कसरी टिक्न सकिन्छ भन्नेमा रहन्छ ।

यसका लागि र यस्तो अवस्था रहिरहनुमा के खेलकूद नीति र सानो बजेट मात्र कारण हो त ? खेलाडी र प्रशिक्षकले त प्रतिकूल अवस्थामा पनि मिहिनेत गरिराखेकै थिए । यसमा उनीहरूको दोष र कमजोरी भन्न सकिन्न । आफ्नो क्षमता अनुरूप सक्ने प्रदर्शन गर्ने न हो ।

नेपालको निरन्तर कमजोर प्रदर्शन रहनुमा खेलकूद नीति र बजेट भन्दा लामो समयसम्म खेल संघ हाँकिरहेका व्यक्तिहरू बढी  जिम्मेवार छन् भन्दा अतिशयोक्ति नहोला । उनीहरूको ध्यान खेल र खेलाडीको स्तर उकास्न भन्दा कयौं गुणा बढी आफू खेल संघमा कसरी टिक्न सकिन्छ भन्नेमा रहन्छ । खेल संघ लामो समयसम्म हाँकेर पनि देशको खेल स्तर पनि उकास्न सकेन भने पदमा बसिरहनुको के औचित्य रहन्छ ? वास्तवमा तिनीहरू त खेलकुदको स्वभाविक विकासका पनि बाधक हुन् । सहयोगी हैनन् ।

अनेक बहानाबाजी गर्ने र अरूलाई दोष दिनुभन्दा, गर्न खोज्नेलाई छोडेर स्वतः बाहिरिए खेल र खेलाडीको कल्याण हुने थियो । जहाँसम्म नयाँले सक्छ कि सक्दैन भन्ने प्रश्न छ, त्यो त समयले देखाउने कुरो हो । सकेन भने फेरी अरू आउलान । तर, यथास्थितीमा केही हुने वाला छैन भन्ने त जगजाहेर नै छ ।

फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छन् । भविष्यमा पनि चुकाउने छन् ।

फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छन् । भविष्यमा पनि चुकाउने छन् ।

सामान्य खेलाडीको त कुरै छाडौं यदाकदा देखिने प्रतिभावान खेलाडीले पनि प्रशिक्षण समयमा निकै बाधा अवरोध सामना गर्दा उच्च क्षमता प्रदर्शन गर्ने ‘प्लेटफर्म’ (स्वेदश तथा विदेशमा) नपाउँनु र अन्तमा आफूले सक्ने जति पनि प्रदर्शन गर्न नपाउँदै दुःखपूर्वक खेलक्षेत्र छाड्नुपर्ने अवस्था रहेको छ ।

फलस्वरूप समकक्षी देशका खेलाडीले फड्को मार्दै जाँदा पनि नेपाली खेलाडीको स्तर जहाँको त्यही अड्किइरहेको छ ।

दशकौंसम्म पदमा रहेर संघका बलिया व्यक्ति भनिनेहरुलाई अन्तर्राष्ट्रिय खेल मैदानमा निरन्तर कमजोर खेलाडी बोकेर जाँदा विदेशी समकक्षीहरू समक्ष लाज लाग्नु पर्ने हैन र ?

एकछिन सोचौं त, ‘खेलाडीको उच्चस्तरीय प्रदर्शन गर्न नसकेमा एक दुई वर्षमै पछाडी पर्ने, अनि पदाधिकारी चाँही लगभग निस्क्रिय रहेर दशकौंसम्म संघमै रहिरहन सक्ने ?’ अनि त्यस्ताहरुसँग खेलाडी दबेर बस्नुपर्ने ? खेलाडी चुप छन् भन्नुको अर्थ संघका निस्क्रियता र गलत कार्यसँग सहमत र खुसी छन् भन्न मिल्छ ?

यता, खेलाडीको अवस्था दयनीय अनी उता पदाधिकारी अन्तर्राष्ट्रिय महासंघका पदमा भन्दा खेल जगतले के बुझ्ने ? दशकौंसम्म पदमा रहेर संघका बलिया व्यक्ति भनिनेहरुलाई अन्तर्राष्ट्रिय खेल मैदानमा निरन्तर कमजोर खेलाडी बोकेर जाँदा विदेशी समकक्षीहरू समक्ष लाज लाग्नु पर्ने हैन र ?

साथै खेलस्तर कमजोर हुनुमा गलत नेतृत्वको साथ दिने र आफू केही नगर्ने तर पदका लागि मरिहत्ते गर्नेहरू पनि उत्तिकै जिम्मेवार छैनन् र ?

च्याउसरी उम्रेका खेल संघहरूको आवश्यकता हाम्रो जस्तो सीमित साधन र स्रोत भएको देशलाई छैन । सीमित खेलमा ध्यान दिऔं ।

खेलकुद संघको नेतृत्वमा आउन राजनीतिक पार्टीकै नेता कार्यकर्ता हुनु पर्ने वा समर्थनको आवश्यकता अपरिहार्य हुने अहिलेको अवस्थालाई निरूत्साहन गरौं ।

– क्षमता र योगदानको आधारमा नेतृत्वमा आउन सक्ने वातावरण बनाऔं ।

– नेतृत्व चयन स्वार्थ र पैसाको आधारमा नगरौं ।

– लामो समय संघमा रहेर पनि माखो मार्न नसकेकाहरूलाई हटाआंै ।

– च्याउसरी उम्रेका खेल संघहरूको आवश्यकता हाम्रो जस्तो सीमित साधन र स्रोत भएको देशलाई छैन । सीमित खेलमा ध्यान दिऔं ।

– प्रतिभा पहिचान, दीर्घकालिन तालिम र उमेर समूह सहितका प्रतियोगिताहरू नियमित रूपमा संचालन गर्न नखोज्ने र गर्न नसक्ने खेल संघका नेतृत्व र पदाधिकारीहरूको आवश्यकता खेलाडीलाई छैन, खेललाई छैन र देशलाई पनि छैन । त्यस्ताहरूलाई पाखा लगाऔं । हैन भने नेपालको खेलस्तर र नेपाली खेलाडीहरूको अवस्था सधै यस्तै रहिरहने छ ।

(पूर्व राष्ट्रिय खेलाडी एवं नेपाल एथ्लेटिक्स संघका पूर्व महासचिव राजवंशीको फेसबुक वालबाट साभार)
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH