माघ २९, २०८१ मंगलबार | ०६:०६:४०
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न
शनिबारको दिन काउन्टर अट्याक

‘खेलकुदका शासकहरू ! तिमीहरूलाई लाज लाग्दैन ?’

काठमाडौं । दशरथ रंगशालाको परिचय फेरिएको छ । कम्तीमा तत्कालका लागि दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबल रंगशाला भन्न सकिने अवस्था छैन । नेपाली फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफैं देशको सबभन्दा पुरानो र स्तरीय रंगशालालाई अन्तर्राष्ट्रिय खेल गराउन लायक नरहेको घोषणा गरिसकेको छ ।

कहिले मैदानको घाँस, कहिले सतहलाई दोष लगाएर ठूला अन्तर्राष्ट्रिय खेल विदेश लाने व्यक्तिगत स्वार्थ पूरा गर्न दशरथ रंगशालामा गराउनबाट पन्छिँदै आएको एन्फाले केही महिनाअघि झनै ठूलो अपराध गर्यो । एन्फाले दशरथ रंगशाला निकै पुरानो भइसकेको कारण सुरक्षाका दृष्टिले खेल गराउन लायक नरहेको बकम्फुसे विषय उठान गरायो । लाजै नमानी भन्यो, ‘सुरक्षाका कारण अब दशरथ रंगशालाले अन्तर्राष्ट्रिय खेल गराउन सक्दैन ।’

सुरुमा रंगशालाको मैदान ठिक भएन, घाँस भएन भन्ने बहानामा एन्फाले विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको खेल उसैको मैदानमा लगेको थियो । प्रतिक्रियास्वरुप एन्फाले रंगशाला स्याहारमा काम गरेन भनेर परिषदले मैदानको जिम्मा आफैं लियो । मैदानको अवस्था राम्रो भयो । तर, जसरी पनि नेपालको खेल विदेशमा लान प्रतिबद्ध एन्फाले युएईविरुद्धको खेलअघि अर्को बहाना बनायो । अनि भन्यो, ‘रंगशाला सुरक्षित छैन । धेरै पुरानो भयो । यहाँ खेल हुँदैन ।’

पक्कै पनि दशरथ रंगशाला अत्याधुनिक सुविधाले भरिपूर्ण छैन । धेरै समस्या छन् । मैदान नै गतिलो छैन । प्यारापिट र चेन्जिङ रुमहरू पनि खोजेजस्ता छैनन् । पर्याप्त शौचालय भए पनि सरसफाइको पक्ष दयनीय छ ।

दशरथ रंगशाला

तर, खेल गराउन रंगशाला अयोग्य भयो भनेर घोषणा गर्नुपर्ने अवस्था किन आयो ? समस्या कहाँ कहाँ हो ? यसलाई तत्काल योग्य बनाउनका लागि के गर्नुपर्छ ? जस्ता विषयमा कसैको कुनै ध्यान छैन । भएको रंगशालाका कमजोरी सुधार्दै अद्यावधिक गर्नु कता-कता राष्ट्रिय खेलकुद परिषद र एन्फा एकअर्कालाई दोषारोपण गरेर आ-आफ्नै स्वार्थका डम्फु बजाउन व्यस्त छन् ।

आफैंले खेल गराउन अयोग्य भनेर घोषणा गरिसकेको, यही कारण देखाएर नेपालको घरेलु खेल विदेश लगेर खेलाएको एन्फाले आगामी दिनमा यही रंगशालामा यथास्थितिमै अर्को प्रतियोगिता गर्ने नैतिकता कहाँबाट ल्याउने होला ? यस्ता प्रश्नले नेपाली खेल प्रशासनलाई सताउन छाडेको धेरै भइसक्यो ।

नेपालको राष्ट्रिय खेल भलिबल हो । नेपाल सरकारले नै २०७३ सालमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । सबै ७७ जिल्लामा खेल्न सकिने नेपाली माटो सुहाउँदो भलिबलमा पूर्वाधारको अवस्था झनै दुरुह छ ।

मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन भनेर सरकार तथा क्रिकेट पदाधिकारीहरूले भाषण गर्न थालेको पनि दुई दशक छुनै लाग्यो । भर्खर मूलपानीमा गाह्रो–साह्रो परेजसरी खेल गराउन कामचलाउ मैदान तयार भएको छ ।

कीर्तिपुरको मैदान स्तरोन्नति गर्ने, फ्लडलाइट हाल्ने भनेर मन्त्री र प्रधानमन्त्रीहरूले नै धेरै पटक घोषणा गरिसके । तर, मैदानको अवस्था उस्तै छ । पछिल्ला दुई दशकमा फेरिएका सबै प्रधानमन्त्रीका प्रतिबद्धता कार्यान्वयन भएको भए नेपालमा जताततै रंगशाला र कभर्डहल मात्र हुन्थे ।

नेपालको राष्ट्रिय खेल भलिबल हो । नेपाल सरकारले नै २०७३ सालमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । सबै ७७ जिल्लामा खेल्न सकिने नेपाली माटो सुहाउँदो भलिबलमा पूर्वाधारको अवस्था झनै दुरुह छ । देशको राष्ट्रिय खेलका लागि एउटा कभर्डहलसमेत छैन । राष्ट्रिय खेलाडीलाई नियमित प्रशिक्षण गर्न कोर्टसमेत छैन ।

महिला भलिबल टोली

भलिबलमात्र होइन, अरु थुप्रै इन्डोर खेललाई पनि तयारी तथा प्रतियोगिताका लागि पूर्वाधार छैन । त्रिपुरेश्वरमा भएको राष्ट्रिय खेलकुद परिषदको जर्जर अवस्थामा पुगिसकेको एउटै कभर्डहलले सबै इन्डोर खेलको प्रशिक्षण र प्रतियोगिता आयोजनाको लागि सेवा दिनुपरिरहेको छ । एउटा खेलको प्रतियोगिता वा प्रशिक्षण हुँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेर राष्ट्रिय गौरव बढाउनुपर्ने अर्को खेलका राष्ट्रिय खेलाडी परिषदको प्रांगणमा घण्टौं प्रतीक्षा गर्नुपर्छ ।

यसैगरि दशरथ रंगशालाको एथलेटिक्स ट्र्याकको अवस्था सधैं अद्यावधिक हुँदैन । संयोगले भूइँचालोपछि पुनर्निर्माण गरिएको ट्र्याक अहिले राम्रो अवस्थामा छ ।

विनासकारी भूकम्पले परिषदको परिसरमा रहेको पौडीपोखरीमा पारेको चिरा अझै पुरिएको छैन । बरु लामो समयसम्म टिनको जस्ताले बारेर परिषदको डम्पिङ साइटजस्तो बनाइएको त्यो ठाउँ अहिले झनै अलपत्र छ ।

उसै पनि त्यो पोखरी खेलाडीका लागि धेरै उपयोगी थिएन । परिषदले त्यसलाई पैसा कमाउनका लागि चलाइरहेको थियो । गर्मीमा शीतल खोज्नेहरूलाई सेवा बेच्दै आएको पोखरी खण्डहरमा परिणत भएको एक दशक हुनै लाग्यो । यत्तिका समयसम्म त्रिपुरेश्वरको पौडी पोखरी मर्मत वा पुनर्निर्माणमा कुनै चासो देखिएको छैन । खेलाडीका लागि भनेर बनाएको सातदोबाटोको अर्को पोखरीमा पनि खेलाडीले चाहेका बेला तालिम गर्न पाउँदैनन् । त्यसका लागि पनि पौडीवाजले एथलेटिक्स खेलाडीले स्टेपल चेजमा जस्तै परिषदका थुप्रै प्रशासनिक बाधाहरू पार गर्नुपर्छ । किनकि त्यसलाई पनि परिषदले पैसा कमाउने प्रयोजनमा उपयोग गरिरहेकै छ ।

यसैगरि दशरथ रंगशालाको एथलेटिक्स ट्र्याकको अवस्था सधैं अद्यावधिक हुँदैन । संयोगले भूइँचालोपछि पुनर्निर्माण गरिएको ट्र्याक अहिले राम्रो अवस्थामा छ । तर त्यहाँ पनि देशको प्रतिनिधित्व गर्ने वास्तविक खेलाडीभन्दा कुनै बेला देशको प्रतिनिधित्व गरेका पूर्वखेलाडी, खेल पदाधिकारी र उनीहरूका चिनाजानाहरूको भुँडी घटाउने अभियानले कब्जा जमाइरहेको हुन्छ ।

एथलेटिक्स र पौडी अन्तर्राष्ट्रिय खेलकुदमा म्यान्डेटरी (अनिवार्य) खेल हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिक आयोजना गर्दा पनि प्रत्येक देशबाट यी दुई खेलमा सहभागिता अनिवार्य गरेको हुन्छ ।

दशरथ रंगशालाको ट्रयाक

खासमा एथलेटिक्सलाई सबै खेलको ‘मदर स्पोर्टस’ मानिन्छ । अरू खेललाई पनि एथलेटिक्सले कुनै न कुनै रूपमा सघाइरहेको हुन्छ । यसैगरी पौडी सबै खेलको तयारी क्रममा व्यायामका लागि सबैभन्दा प्रभावकारी मानिन्छ । एथलेटिक्स र पौडीले यति धेरै महत्त्व पाउनुका कारण यस्तै हुन् ।

नेपालमै पनि एथलेटिक्स सबैभन्दा पुरानोमध्ये एक खेल हो । मल्ल वंशका संस्थापक अरि मल्ल नेपाली खेल इतिहासका यस्ता राजा हुन्, जसले कुस्ती प्रतियोगितामा सबै प्रतिद्वन्द्वीलाई हराएर काठमाडौंको सिंहासन हत्याएको प्रसंग इतिहासमा पढ्न पाइन्छ । यसैगरी गोरखामा हुने लिगलिग कोट दौडबाट शाहवंश स्थापित भएको प्रसंग नेपालमा अझै लोकप्रिय छ । द्रव्य शाहले लिगलिग कोटको दौड जितेर गोरखाको सिंहासन पाएको प्रसंग नेपाली इतिहासको अत्यन्तै रोचक र लोकप्रिय अध्याय हो । तर, यति लामो इतिहास बोकेको खेल नेपालमा अझै परम्परागत अवस्थाभन्दा माथि उठ्न सकेको छैन ।

तर, यस्ता दुरुह परिस्थितिहरूले नेपाली खेलकुदका प्रशासकलाई पोल्दैन । सामान्य रूपमा पनि छुँदैन । छोओस् पनि किन ? उनीहरूले यही दुरुह अवस्था भजाएर मोजमस्ती गर्न पाएकै छन् ।

राष्ट्रिय इतिहास र अन्तर्राष्ट्रिय महत्त्व बोकेका एथलेटिक्स र पौडीजस्ता ‘युनिभर्सल’ खेलका लागि खेल्ने ठाउँ (ट्र्याक र पोखरी) नभएको देशमा अन्य खेलका लागि पूर्वाधार खोज्नु आफैंमा हास्यास्पद कुरा होला । सामान्य पूर्वाधारसमेत नभएको अवस्थामा खेल प्रशासकहरूले भन्ने गरेको खेलकुदलाई विज्ञानसँग जोड्ने कुरा झन फगत ‘गफ’बाहेक अरू केही सकारात्मक सुनिँदैन ।

पूर्वाधार छैन । प्रतियोगिता छैनन् । नियमित प्रशिक्षणको व्यवस्था छैन । खानलाई पौष्टिक खुराक छैन । लगाउन स्तरीय पोसाक छैन । पारिश्रमिक र जीवनयापनको ग्यारेन्टी खोज्नु त मूर्खता भइहाल्यो । खेल विकासका लागि रणनीतिक योजना तय गर्न अध्ययन अनुसन्धान गर्ने व्यवस्था छैन । इमानदार भएर भन्ने हो भने नेपाली खेलकुदको अवस्था साँच्चै दरिद्र छ ।

नेपाली खेलकुदमा आशावादी हुनका लागि वा अन्तर्राष्ट्रिय मञ्चबाट भूराजनीतिक प्रभाव र राष्ट्रिय गौरव स्थापनाको लक्ष्य राख्न सकारात्मक केही छैन । छ त केवल पदाधिकारीका आकास-पाताल जोड्ने फोस्रा गफ । खेलकुदकै नाममा खेलकुदकै चीरहरण गरिरहन पल्केका स्वार्थ समूहहरूका रस्साकस्सी र चरम निराशा । यही निराशाबाट प्रतिभावान खेलाडीहरू दिनानुदिन विदेश पलायन हुने क्रम बढ्दो छ । अनि यस्तै थुप्रै परिस्थितिहरू ।

राष्ट्रिय खेलकुद परिषदको भवन

तर, यस्ता दुरुह परिस्थितिहरूले नेपाली खेलकुदका प्रशासकलाई पोल्दैन । सामान्य रूपमा पनि छुँदैन । छोओस् पनि किन ? उनीहरूले यही दुरुह अवस्था भजाएर मोजमस्ती गर्न पाएकै छन् । चप्पल पड्काउँदा पड्काउँदै नवधनाढ्यको हैसियत बनाउन पाएकै छन् । अनि अन्त्यमा आफैंले सधैं ठगिरहेको खेल क्षेत्रमा आफूलाई मसिहाको रूपमा दुनियाँसामु झुटो प्रभाव स्थापित गर्न पाएकै छन् । जसलाई नपत्याए पनि पत्याएझै गर्ने तथा साँच्चै पत्याउने निरीह खेलाडी र खेलकर्मीको साथ मिलेकै छ ।

नेपाली खेलकुद दरिद्रताको आफ्नै वास्तविकताभित्र रुमल्लिइरहँदा फ्रान्सको राजधानी पेरिस अहिले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा रमिरहेको छ । आइओसीका २०६ सदस्य राष्ट्रका १० हजार ७१४ खेलाडी ३२ खेलमा ३२९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न तम्तयार छन् ।

विश्वभरबाट १० हजारभन्दा बढी खेलाडी आ-आफ्नो देशलाई प्रतिनिधित्व गर्दै पेरिस पुग्दा नेपालबाट पनि ६ खेलका ७ खेलाडी चन्द्रसूर्य झन्डा बोकेर युरोप पुगेका छन् । 

ओलम्पिकमा सहभागिता जनाउने धेरैजसो देशको उद्देश्य पेरिसमा उच्च प्रदर्शन गर्दै समृद्धि, संस्कार, अर्थतन्त्र, विकासलगायतमा आफू माथि रहेको देखाउनु हुनेछ । खेलकुदको प्रतिस्पर्धा स्थललाई आफ्नो देशको भूराजनीतिक प्रभाव र राष्ट्रिय गौरव स्थापना गर्ने माध्यम बनाउने लक्ष्य साथ शक्ति राष्ट्रहरूले आफ्ना खेलाडीलाई पेरिस पठाएका छन् ।

केही शक्ति राष्ट्रहरू श्रेष्ठताको होडमा रहँदा कतिपय देश केही पदकको सामान्य उपलब्धिका लागि पनि पेरिस पुगेका छन् । धेरै देश चाहिँ हार्नका लागि गएका छन् । ‘हामी सक्दैनौं । हामी जित्नका लागि बनेकै होइनौं । हामी त अरूको जित्ने महत्त्वाकांक्षालाई औपचारिकता दिन आवश्यक पर्ने हरुवामात्र हौं’ भन्ने सोच बोकेर जाने लाचारहरूले ‘ओलम्पिक अभियानको पात्र बन्ने, भाइचारा वृद्धि गर्ने, अनुभव बटुल्ने’ जस्ता निरीह लक्ष्य बताउने गर्छन ।

नेपाली पदाधिकारीहरूले पनि प्रत्येक ओलम्पिकमा बताउने लक्ष्य यस्तै निरीह र लाचार हुने गर्छ । अनि पदाधिकारीले बोकाएको त्यही लाचारी र दरिद्रताको भारी बोकेर नेपाली खेलाडी ओलम्पिकको मैदानमा प्रतिस्पर्धा गर्न बाध्य हुन्छन्, ‘हामी सक्दैनौं, हामी हार्नकै लागि बनेका हौं’ भन्ने सोचका साथ ।

विश्वभरबाट १० हजारभन्दा बढी खेलाडी आ-आफ्नो देशलाई प्रतिनिधित्व गर्दै पेरिस पुग्दा नेपालबाट पनि ६ खेलका ७ खेलाडी चन्द्रसूर्य झन्डा बोकेर युरोप पुगेका छन् । नेपाली खेलाडीले ओलम्पिकमा देशको प्रतिनिधित्व गर्न थालेको सन् १९६४ मा जापानमा भएको टोकियो ओलम्पिकदेखि हो । तर प्रशासनले बोकाएको त्यही ‘सक्दैनौं । हामी जित्नका लागि होइनौं’ भन्ने भारीका कारण विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा अहिलेसम्म नेपाली सहभागिता पदाधिकारीहरूले भनेजस्तै अनुभव बटुल्नमै सीमित हुने गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरवमय उपस्थिति त कसरी कल्पना गर्नु ?

‘ओलम्पिकमा नेपालले पदक आस गर्ने बेला आइसकेको छैन’ नेपालका खेल पदाधिकारीले सधैं भन्ने र केही साताअघिमात्र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले भनेको यो भनाइ शतप्रतिशत साँचो हो । खासमा १९६४ को टोकियो संस्करणदेखि फ्रान्समा जारी पेरिस २०२४ सम्म पनि नेपालको सहभागिता उपलब्धिका लागि भएकै होइन । यो त फगत मित्रता, अनुभव बटुल्ने, खेलभावना प्रवद्र्धन गर्ने र ओलम्पिक अभियानको पात्र बन्नेमै सीमित बनाइएको छ ।

पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोली

प्रत्येक पटक देशको झन्डा बोकेर जाने खेलाडीलाई बिदाइ गर्दा प्रशासकहरूले जित्नुहोस भनेर शुभकामना दिन सक्दैनन् । उनीहरूको शुभकामना राष्ट्रिय कीर्तिमान र आफ्नै विगतको प्रदर्शनमा सुधार गर्नेमा मात्र सीमित हुनुले नतिजा कसरी आशा गर्नु ? यस्तो शुभकामना लिएर जाने खेलाडीले कुन मनोबलका आधारमा जितका लागि प्रतिस्पर्धा गर्नु ?

नेपाली खेलकुदको दूरावस्थाबारे जानकार मात्र होइन, यसको मुख्य कारक भएकाले प्रशासकहरूले ‘पदक जित्नुस’ भनेर शुभकामना दिन नसकेका हुन् । टोकियोको प्रचण्ड गर्मीबीच तातेको सडकमा बिना जुत्ता भूपेन्द्र सिलवालले म्याराथन दौडिँदा पैतालामा धाँजा फाटेको कथा नेपाली खेल प्रशासकलाई जति अरूलाई थाहा छैन । किनकि दिवंगत सिलवालको खुट्टाबाट त्यो बेला बगेको रगतको कथा भजाएरै प्रशासकहरूले आफ्ना धेरै स्वार्थ पूरा गरिसकेका छन् ।

तेक्वान्दोका दुई स्टार संगीना र दीपक तथा टेबलटेनिसका स्यान्टुबाहेक अरू सबैको ओलम्पिक सहभागिता एथलेटिक्स र पौडीमा भाग लिनैपर्ने बाध्यता तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाट आउने ‘वाइल्ड कार्ड’का भरमा जुर्ने गरेको छ ।

समयक्रमले ल्याउने नगन्य परिवर्तनबाहेक नेपाली खेलकुदको अवस्था अहिले पनि त्यस्तै छ । अचेल सुविधाका नाममा खेलाडीले सामान्य पोसाक र खेल सामग्री पाए पनि त्यो धेरै अवस्थामा विश्वस्तरीय छैनन् । अहिले खेलाडीले जुत्ता र खेल पोसाक पाउन थाले होलान् तर विश्व खेलकुद जसरी विज्ञान र प्रविधिसँग एकाकार भएर अघि बढिरहेको छ, त्यस विपरीत नेपाली खेलकुदचाहिँ ढुंगेयुगमै छ । यस्तो अवस्थामा पदकको आस गर्नु खेलाडीमाथिको अन्याय हो ।

ओलम्पिक सहभागिताको आधा शताब्दी नाघिसक्दा नेपालका उपलब्धि निकै साना र थोरै मात्र छन् । संगीना वैद्यले २००४, दीपक विष्टले २००८ र यसपालि स्यान्टु श्रेष्ठले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउनु नै नेपाली खेलकुदको ठूलो उपलब्धि हो ।

ओलम्पिकअघि अभ्यास गर्दै स्यान्टु

त्यसबाहेक नेपालीले गौरव गर्ने अर्को संस्करण १९८८ को सोल ओलम्पिक हो, जहाँ तेक्वान्दोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिँदा विधान लामाले कांस्य पदक जितेका थिए । जब कि लामाको त्यो पदक ओलम्पिक खेलकुदको आधिकारिक इतिहासमा कहीँकतै उल्लेख छैन, हुँदैन ।

तेक्वान्दोका दुई स्टार संगीना र दीपक तथा टेबलटेनिसका स्यान्टुबाहेक अरू सबैको ओलम्पिक सहभागिता एथलेटिक्स र पौडीमा भाग लिनैपर्ने बाध्यता तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाट आउने ‘वाइल्र्ड कार्ड’का भरमा जुर्ने गरेको छ 

यसरी जुरेको सहभागिताबाट ठूला उपलब्धि खोज्नु पनि जायज हुँदैन । खेलाडी वा प्रशिक्षकको मात्र प्रयासमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा हासिल गर्न सम्भव नै हुन्न । खेलाडीलाई पदक जित्न सक्षम बनाउन नसक्नुमा संघ, ओलम्पिक कमिटी र राखेपजस्ता प्रशासनिक निकायलाई जवाफदेही बनाउनुपर्छ । लगानी नगर्ने सरकारले दोष लिनुपर्छ ।

खेलकुदलाई व्यवस्थित गर्दै अगाडि बढाउन सरकारी निकाय राखेप र अन्तर्राष्ट्रिय समन्वयकारी भूमिकाको एनओसीजस्ता संस्था नेपालमा पनि लामो समयदेखि सक्रिय छन् तर राजनीतिक नियुक्तिले नेतृत्व गर्ने नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको राजनीतिक चरित्र र अन्तर्राष्ट्रिय मान्यताको धाक मात्र देखाएर आफ्ना स्वार्थसिद्ध गरिरहने एनओसी नेतृत्वको गैरजिम्मेवारी नै नेपाली खेलकुदका ठूला समस्या हुन् ।

राखेप कार्यकर्ता भर्तीमै मस्त भइरहने अनि एनओसी ओलम्पिक चार्टर र ओलम्पिक अभियानको डम्फु बजाउँदै अन्तर्राष्ट्रिय धाक देखाएर व्यक्तिगत स्वार्थसिद्धिमा निरन्तर लागिरहने कारण आधा शताब्दीमा पनि नेपाली खेलकुदले गुणात्मक फड्को मार्न नसकेको हो ।

नेपाली खेलकुदको नेतृत्व सम्हालिरहेका युवा तथा खेलकुद मन्त्रालय, परिषद र ओलम्पिक कमिटीका वर्तमान नेतृत्वमात्र होइन, हिजो यही कुर्सीमा बसेर राज गरेकालाई पनि जवाफदेही बनाउनुपर्छ ।

पदक नै जित्नुपर्छ भन्ने होइन, पहिलो एउटा मात्र हुन्छ, पदक एउटैले जित्छ तर प्रगति भइरहेको प्रमाणचाहिँ दिन सक्नुपर्छ । अन्यथा सधैं अनुभव, खेलभावना, भाइचारा, ओलम्पिक अभियानजस्ता नाराको भरमा देशलाई दिग्भ्रमित पार्न पाइन्न । जुन परिषद र ओलम्पिक कमिटी अनि संघका नाममा खुलेका सबै खेलका पसलहरूले प्रत्येक दिन गरिरहेकै छन् ।

खासमा यथास्थितिलाई कसैले चुनौती दिन नसकेका कारण ओलम्पिकका १५ संस्करणमा सहभागिता जनाइसक्दा पनि नेपाली खेलकुद जहाँको त्यहीँ रह्यो । यसको हिसाबकिताब दशकौंदेखि नेपाली खेलकुदमाथि रजाइँ गरिरहेका सीमित शासकसँग माग्नुपर्छ ।

नेपाली खेलकुदको नेतृत्व सम्हालिरहेका युवा तथा खेलकुद मन्त्रालय, परिषद र ओलम्पिक कमिटीका वर्तमान नेतृत्वमात्र होइन, हिजो यही कुर्सीमा बसेर राज गरेकालाई पनि जवाफदेही बनाउनुपर्छ । खेलप्रशासकलाई खेलकुदप्रति जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन सकेमात्र राम्रो भविष्यको कल्पना गर्न सकिन्छ ।

समयले २१औं शताब्दीमा पुर्याए पनि नेपाली खेलकुद पूर्वाधार र तालिम सुविधाका हिसाबमा अझैसम्म १९६४ कै अवस्थाबाट खास माथि उठ्न सकेको छैन । त्यो बेला विकसित देशका खेलाडीले पाउने सुविधा नेपालमा अहिले पनि पाइँदैन भनेर पाका खेलाडीले गरेको गुनासो सुन्न बिहानीको समय त्रिपुरेश्वर पुग्नुपर्छ ।

नेपाली खेलकुदमा दिनहरू खेलकुदलाई ठग्दै उसै बितिरहेका छन् । प्रगति केही नहुनुमा धेरै कारण छन् । नेपाली खेलकुद जानेबुझेकालाई सबै थाहा छ ।

भनिन्छ ‘ठूलो सपना देखेमात्र ठूलै सफलता प्राप्त हुन्छ ।’ नेपाली खेलकुदले ओलम्पिकजस्तो ठूलो मञ्चका लागि जस्तो लक्ष्य लिने गरेको छ, त्रुटी त्यहींबाटै सुरु हुन्छ, कमजोरी त्यहीँनिर प्रकट हुन्छ । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य लिएपछि त्यहाँभन्दा पर कसरी पुग्न सकिन्छ र ?

‘हामी सक्दैनौं, हामी जित्नका लागि नै होइनौं, हार नै हाम्रो एकमात्र नियति हो’ भन्न समेत लाज नमान्ने संघ, परिषद र ओलम्पिक कमिटीका पदाधिकारीलाई सबैभन्दा पहिला अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय गौरव कायम गर्नुपर्ने क्षेत्रबाट राष्ट्रिय मनोविज्ञानलाई नै डिप्रेसनमा पुर्याउने काम गरेवापत कडा कारबाही गर्नुपर्छ ।

काम गर्नुपर्ने बेला सधैं राष्ट्रिय र अन्तर्राष्ट्रिय धाकका भरमा झगडामात्र गर्ने अनि ‘तर’ मार्ने बेला चाहिँ लाजै नमानी ७ खेलाडीका लागि झन्डै ५० जनाको जन्ती पेरिस पुग्नेलाई पनि राजनीतिक पहुँचका भरमा उन्मुक्ति दिनुहुन्न ।

खेलाडीको तयारीका लागि, अन्तर्राष्ट्रिय मञ्चमा पदकको लायक बनाउनका लागि लगानी गर्न पैसा छैन भन्नेलाई यति ठूलो लावालस्कर पेरिस जाने पैसा कहाँबाट आउँछ ? भन्ने प्रश्न सोधिनुपर्छ । ओलम्पिक कमिटीले आइओसीको सुविधा भनेर पन्छिन सक्छ । ‘जीवन नै खेलकुदमा समर्पित गरेकालाई एकचोटि ओलम्पिक जाने रहर हुन्छ नि’ भनेर पनि साखुल्लो पल्टिन सक्छ ।

त्यहाँ सोध्न सक्नुपर्छ, ‘आइओसीले दिने पदाधिकारी भ्रमणको सुविधा लिन्न भन्न सक्ने नैतिकता तिमीहरूमा छैन ? खेलाडीले जित्ने अवस्था नभइकन हामीले यसरी विदेशमा ठूल्ठुला भवनको अगाडि वा समुन्द्रको किनारमा खिचेका फोटाले हामी आफैंलाई जिग्याउँछ भन्ने इमानदारी तिमीहरूमा हुनुपर्दैन ? पूरा जीवन खेलकुदको दोहनमा बिताइसक्यौं, अब कति लुट्न पाए तिमी तृप्त हुन्छौं ?’

ओलम्पिक भवन

सोध्ने कस्ले ? सरकारलाई राजनीति गर्दैमा फुर्सत छैन । आफ्ना कार्यकर्ता भर्ती गर्ने र युवाको व्यापक सहभागिता हुने खेलकुदलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने योजना बनाउँदैमा फुर्सत छैन ।

खेलाडीहरूले सोध्नुपर्ने । खेलिरहेकाहरू खेलको दोहन गरिरहेका यिनै पदाधिकारीको त्रासले बोल्न सक्दैनन् । ‘तिमीहरूलाई लाज लाग्दैन शासकहरू’ भनेर खेलाडी संघले सार्वजनिक स्थानमै व्यक्ति तोकेरै सोध्नुपर्ने । त्यो पनि कताकता बरालिएझै देखिन्छ । संघ, परिषद र ओलम्पिक कमिटी त मिलेरै खेल दोहन गरिरहेकै छन् ।

नयाँ गठबन्धन सरकार बनेको छ । नयाँ हुँदामात्र नेपाली खेलकुदमा आस गर्न सकिने परम्परा थियो । तर, यो सरकारका युवा तथा खेलकुदमन्त्रीले पनि ओलम्पिकको बहानामा पेरिस भ्रमणको ललिपप खाइसके । त्यसैले सरकारबाट पनि आशा गर्ने ठाउँ धेरै देखिन्न ।