पुस २०, २०८२ सोमबार | १७:५९:३२
विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी

हामी आजदेखि तेस्रो वर्षमा

आज भदौ ८ । हाम्रा लागि विशेष खुसीको दिन । खुसीभन्दा पनि जिम्मेवारी बोध गराउने दिन । यही दिन त हो, दुई वर्षअघि खेलाडी डटकमको जन्म भएको ।

आजबाट हामी तेस्रो वर्षमा प्रवेश गरेका छौं । पक्कै हामी खुसी छौं, तर ठीक यही बेला गम्भीर जिम्मेवारी पनि महसुस गरिरहेका छौं । हामीले आफैले आफैंलाई सोध्नुपर्ने प्रश्न हो, के हामीले सोचे जस्तो अनि भने जस्तो गर्न सकेका छौं त ? कि हामी पनि अनलाइनको हुलमा एक अर्को अनलाइन पोर्टलमात्र भएका छौं ?

यसको उत्तर दिने बढीभन्दा बढी जिम्मेवारी भनेको पाठकको हो, त्यो पनि नेपाली खेलकुद भनेपछि हुरुक्कै हुने खेलकुदकर्मीको हो । हामी पक्कै केही फरक भने छौं । किनभने हामी खेलकुदमा केन्द्रित अनलाइन हौं ।

त्यस अर्थमा हामी नेपाली खेलकुदलाई धेरै माया गर्छौं । नेपाली खेलकुदलाई हाम्रो आफ्नो ठान्छौं । फेरि हाम्रा पाठक पनि त्यस्तै हुन्, नेपाली खेलकुदलाई आफ्नो भन्ने । नेपाली खेलकुदमा त्यस्ता धेरै छन्, जसले यो क्षेत्रबाट केही लिन्छ, लिँदै लिँदैन पनि । तर, दिन भने धेरै दिन्छ ।

हामीलाई आजको दिन यस्तै नेपाली खेलकुदप्रेमीको माया, भरोसा र सहयोग चाहिन्छ । यो सम्बन्ध आउने दिनमा पनि कायम रहिरहने वचन चाहिन्छ । हामी पनि वचन दिन चाहन्छौं, अझ बढी परिस्कृत हुँदै जाने छौं । सच्चिने छौं । सच्याउने छौं ।

हामीलाई हाम्रो धरातल थाहा छ । अनि यसमै टिकेर नेपाली खेलकुदलाई सधैं झक्झकाइरहने छौं । मार्गनिर्देश गरिरहनेछौं । हामी आफ्नो पत्रकारिताको कर्तव्यबाट कहिले पनि पछाडि हट्ने छैनौं । अझ प्रष्टसँग भन्दा व्यावसायिकताको दौडमा वास्तविक खेलकुद पत्रकारिताका मुल्य मान्यतालाई लिलाम हुन दिने छैनौं ।

शनिबारीय विशेष ‘शनिबारको दिन’ खेलाडी डटकमको फरक सम्पत्ति हो । त्यसलाई अझ माँझेर प्रस्तुत गर्ने प्रयास गर्नेछौं । नियमित समाचारलाई अझ सही र सटिक ढंगले पस्कने प्रयास सधैं गर्नेछौं । त्योभन्दा पनि ठूलो, आधुनिक सञ्चारमाध्यमका नयाँ र फरक प्रस्तुतिमा आफूलाई अभ्यस्त पार्ने कोसिस पनि गर्नेछौं । पडकास्टदेखि लिएर भिडियो प्रस्तुतिहरूमा । अनि नेपाली खेलकुदको अभिलेखीकरणको कामलाई साँच्चै जुर्मुराएर स्थापित गर्नेछौं ।

नेपाली सञ्चारमाध्यमका लागि अझै पनि गाह्रो र अप्ठ्यारा दिन चलिरहेका छन् । यसबीच पनि हामी आफ्नो काममा कन्ज्युस्याइँ गर्ने छैनौं । हाम्रो काम मूल्यांकन गरेर कुनै न कुनै रूपमा सहयोग गर्ने हातहरू दिल खोलेर अगाडि आउने पूरापूर विश्वास छँदै छ । अन्त्यमा, दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा हामी आम पाठक, खेलकुदकर्मी, शुभेच्छुक, विज्ञापनदाता, पत्रकारसँगै नेपाली खेलकुदसँग नै खुसीको क्षण साट्न चाहन्छौं अनि शुभकामना भन्न चाहन्छौं ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA