चैत्र १३, २०८२ शुक्रबार | १२:४९:४७
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले आफू पदबाट हटे नेपाली फुटबल राम्रो हुन्छ भने जति बेला पनि हट्न तयार रहेको बताएका छन् । 

शुक्रबार झापामा भएको भेलामा बोल्दै उनले भने, ‘राखेपले निलम्बन गरेपछि निर्वाचन नहुने भएको छ । अब हामी वैधानिक रहेनौं,’ उनले भने, ‘ यदि हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने जति बेला पनि हट्न तयार छौं ।’ एन्फाले आज (चैत १३) गते झापामा चुनावी साधारणसभा गर्दै थियो । तर, राखेपले बुधबार एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ । महासचिव राईले भने,‘ हामी राज्य र ऐनविपरित हिड्नै सक्दैनौं । तर, फिफा र एएएफसीले रोक्ने नमिल्ने दबाब दिएको थियो । त्यसैले निर्वाचन गरेर सबै समाधान निकाल्न प्रयास थियो । प्रहरी नै परिचालन गर्ने अवस्था आएपछि चुनावमा जान सकेनौं ।’ राईले साधारणसभा नभएपछि भएको भेलामा बोल्दै यही अवस्थाबाट नेपाली फुटबल राखेपले डोहोराउनु पर्ने, चलिरहेको लिगहरु पूरा गर्नुपर्ने, चार एकेडेमीहरु संचालन गर्नुपर्ने र केही दिनपछि लाओससँग हुने खेलमा टिम लिएर जानुपर्ने अनुरोध गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो