चैत्र ३, २०८२ मंगलबार | २२:२२:५३
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

सन्दीप प्रकरणमा नाङ्गिएको क्रिकेट नेतृत्व र संवेदनहिन समाज

काठमाडौं । बलात्कार आरोपमा जेलमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रबार धरौटीमा छुटे । पाटन उच्च अदालतले बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा विभिन्न सर्तसहित रिहा गर्ने निर्णय गरेको थियो ।

अदालतले राखेका सर्तअनुसार उनले मुद्धाको अन्तिम किनारा नलागेसम्म विदेश जान पाउने छैनन् । काठमाडौं उपत्यका छोड्न पनि उनले गृह प्रशासनको अनुमति लिनुपर्नेछ । कुनै पनि सर्त कडाइका साथ पालना नगरे २० लाखको धरौटी राखे पनि उनी फेरि जेल फर्किनुपर्नेछ ।

नाबालिग बलात्कारको आरोपमा सन्दीप असोज २० गते पक्राउ परेका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सिविरमा रहेका सन्दीपले भदौ पाँच गते तिलगंगाको एउटा होटलमा बलात्कार गरेको भन्दै नाबालिगका तर्फबाट असार २१ गते प्रहरीमा उजुरी परेको थियो ।

नाबालिग बलात्कारको आरोप झेलिरहेका सन्दीपलाई अदालतले निर्दोष ठहर गरिसकेको छैन । दोषी करार पनि गरेको छैन । बरु अदालतले निर्णयका क्रममा सन्दीप गैह्रजिम्मेवार रुपमा प्रस्तुत भएको चाँही उल्लेख गरेको छ ।

सन्दीप एउटा विजेताको भावभंगीसहित बाहिरिए । विजेतालेजस्तो समर्थकलाई हात हल्लाएर अभिवादन गरे । केन्द्रिय कारागारको गेटबाट केही बाहिरसम्म हिडेरै आए । गाडी चढे । फेरि ओर्लिएर हात हल्लाए । अनि गाडी चढेर बाहिरिए ।

तर, शुक्रबार केन्द्रिय कारागारबाट सन्दीप बाहिरिँदै गर्दाको दृष्यले भने यस्तो भनिरहेको थिएन । सयौं समर्थक र दर्जनौं युट्युबरको भिड उनको स्वागतमा व्यग्रताका साथ प्रतिक्षा गरिरहेको थियो । मानौं उनी नाबालिग बलात्कारको अभियोग खेपिरहँदा धरौटी बुझाएर कारागारबाट बाहिरिँदै छैनन्, उनी त देशलाई एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताएर विमानस्थलको भिआइपी कक्षबाट निस्कँदैछन् ।

शुक्रबार सुन्धारामा देखिएको दृष्य त्यस्तै थियो । सन्दीप पनि एउटा विजेताको भावभंगीसहित बाहिरिए । विजेतालेजस्तो समर्थकलाई हात हल्लाएर अभिवादन गरे । केन्द्रिय कारागारको गेटबाट केही बाहिरसम्म हिडेरै आए । गाडी चढे । फेरि ओर्लिएर हात हल्लाए । अनि गाडी चढेर बाहिरिए ।

सन्दीप स्वयमले अदालतमै बन्द प्रशिक्षणमा रहँदा नगरकोट घुम्न गएको, फर्किएर जाहेरीकर्तासँग होटलको एउटै कोठामा रात बिताएको स्वीकारिसकेका छन् । बलात्कार वा यौन सम्पर्क भयो की भएन फरक कुरा हो । जाहेरीकर्ता नाबालिग हुन की होइनन भन्ने पनि यहाँ चर्चाको विषय होइन । अदालतले मुद्धाको अन्तिम फैसला गर्दा यी सब प्रश्नको उत्तर आउने नै छ ।

तर सन्दीपमाथि अत्यन्तै जघन्य आरोप लागेको चाँही साँचो हो । एउटा सभ्य समाज यति गम्भीर प्रकृतिको आरोपमा आरोपितभन्दा पीडितको पक्षमा उभिन्छ । तर शुक्रबार सुन्धारामा उपस्थित भिड र सामाजिक सञ्जालमा देखिएका कतिपय गैह्रजिम्मेवार प्रतिक्रियाहरुले नेपाली समाजमा ‘छोरी सुरक्षित छैनन’ भन्ने भाष्यलाई जबरजस्ती स्थापित गरेको छ ।

अदालतले नै बलात्कार हो वा होइन, पीडित नाबालिग हुन वा होइनन् भन्ने विषयमा अन्तिम टुंगो नलगाए पनि सन्दीपले अनुशासनको उल्लंघन गरेको विषयलाई भने गम्भीरतापूर्वक लिएको छ । तर त्यसलाई भिडले सजिलै नजरअन्दाज गरिदियो ।

सन्दीपको स्वागत गर्न केन्द्रिय कारागारको गेटबाहिर पुगेका समर्थक र युट्युबरको भिड । तस्बिरः खेलाडी

‘प्रतिवादीको सार्वजनिक व्यक्तित्व स्थापित भइसकेको छ । सार्वजनिक चासो र परिक्षणमा रहेको व्यक्तिले आफूलाई व्यक्तिगत जीवनमा समेत जिम्मेवारीपूर्वक प्रस्तुत गर्नुपर्नेमा विवाद हुन सक्दैन । त्यसमाथि पनि क्रिकेट प्रतियोगिताको लागि नेपालको तर्फबाट भोलीपल्ट विदेश जानुपर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका प्रतिवादीले त्यसतर्फ सामान्य सतर्कता पनि नअपनाई अघिल्लो दिन परिवर्तित २६ (पीडित जाहेरीकर्ता)सँग नगरकोट घुम्न जानु, होटलमा गई रातभर एकै कोठामा रहनु र प्रतिवादीको विरुद्ध बलात्कारको आरोपमा किटानी जाहेरी दर्ता हुनुमात्र पनि गम्भीर र संवेदनशील विषय हो । प्रस्तुत घटनाको प्रकृति जति संवेदनशील छ, प्रतिवादीको व्यवहार, आचरण र प्रस्तुति उति नै शंकास्पद र अनुचित समेत छ,’ उच्च अदालत पाटनका न्यायधीशद्धय ध्रुवलाल नन्द र रमेश ढकालद्धारा जारी आदेशमा उल्लेख छ ।

सन्दीपमाथि लागेको जघन्य अपराधको आरोप जस्ताको तस्तै छ । तर, उनी कारागारबाट बाहिरिनेवित्तिकै एउटा भिड उनलाई एउटा राष्ट्रिय नायकको रुपमा स्थापित गर्ने प्रयासमा थियो । स्वयम नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि विभिन्न सञ्चार माध्यममा प्रतिक्रिया दिँदै सन्दीप असाधारण खेलाडी भएको र उनलाई मैदान फर्काउन चाहेको सन्देश दिए ।

उनले अदालतको निर्णय अध्ययन गरेपछि कानुनविदसँग सल्लाह गरेर मिल्ने भए सन्दीपलाई खेलाउन आफूहरु तयार रहेको बताए । पक्कै पनि सन्दीपमा बल घुमाउने कला असाधारण छ । सायद मैदानमा नेपाली राष्ट्रिय टोलीलाई उनको त्यो कला आवश्यक पर्न सक्छ । तर, खेलकुद भनेको सम्बन्धित खेलको फगत प्राविधिक क्षमतामात्र होइन । खेलकुद भनेको समाजलाई सही बाटोमा डोर्याउने प्रेरणा पनि हो । खेलकुद कुनै टिम विशेष वा व्यक्तिको हितका लागि सीमित हुनुहुन्न । यसको जिम्मेवारी त पूरा समाज, राष्ट्र र समग्र मानव सभ्यताप्रति हुनुपर्छ । र, खेलाडीले अत्यन्तै अनुशासित भएर, कठोर मेहनत गरेर, थुप्रै त्याग/तपस्या गरेर आफूलाई आदर्शका रुपमा स्थापित गर्नुपर्छ ।

‘भलादमीको खेल’ भनेर पुकारिने यो खेलमा सामान्य अनुशासन पनि पालना नगर्ने व्यक्ति आदर्श त हुनै सक्दैन । समाजलाई सही बाटो देखाउने काममा जिम्मेवारी लिन नचाहनेको प्राविधिक कला मैदानमा के काम ?

समाजका लागि काम लाग्दैन भने, राष्ट्रका लागि काम लाग्दैन भने, लाखौं युवा पुश्तामाझ सत्कर्मको सन्देश फैलाउने आदर्श नेतृत्वका रुपमा आफूलाई स्थापित गर्न सक्दैन भने बल घुमाएकै भरमा कसैलाई पूर्ण क्रिकेटर पनि मान्न सकिन्न । ‘भलादमीको खेल’ भनेर पुकारिने यो खेलमा सामान्य अनुशासन पनि पालना नगर्ने व्यक्ति आदर्श त हुनै सक्दैन । समाजलाई सही बाटो देखाउने काममा जिम्मेवारी लिन नचाहनेको प्राविधिक कला मैदानमा के काम ?

तर, आफै विवादास्पद प्रतियोगिता (नेपाल टी-२० लिग) गराएर नेपाली क्रिकेटलाई बेटिङ, स्पट फिक्सिङ अनि अरु थुप्रै बदनामीको थलो बनाउने क्यान नेतृत्वले खेलकुदको, क्रिकेटको यो महान दर्शन कसरी बुझोस ? अकर्मण्यताको शीखरबाट ओर्लिन चाहिरहेको क्यान नेतृत्वले भेल छोप्न खोजेको हुन सक्छ । बुझ्ने भएको भए बेटिङ, स्पट फिक्सिङ, कानुनविपरित प्रतियोगिता आयोजनाको अधिकार बेचेको, विना श्रम स्वीकृति विदेशीलाई खेलाएर कानुन मिचेको लगायतका विषयमा आफैमाथि सोझिएका विभिन्न निकायका छानविनहरु चलिरहँदा क्यान नेतृत्वले परिपक्वता देखाउथ्यो ।

नेपाल टी-२० का बेथितिबाट भएको चौतर्फी आलोचनाका कारण दबाबमा आएर चन्दले सहानुभूति बटुल्न सन्दीपलाई खेलाउन तयार रहेको बताएको हुन सक्छ । तर उनले यसो भनेर क्यान अध्यक्षका रुपमा विवादै विवादको कार्यकालमा अर्को एउटा संवेदनशील विषय थपेका छन् ।

उनी साच्चै खेल नेता हुन्थे भने सन्दीपलाई ‘हामी कार्वाही गर्छौ’ भन्न सक्नुपर्थ्यो । ‘अदालतले देशको कानुनअनुसार निर्णय गर्ला । त्यसमा हाम्रो चासो रहन्न । अदालतको नजरमा सन्दीप अहिलेसम्म आरोपीमात्र हुन । तर क्यानको नजरमा उनी दोषी हुन् । उनले कप्तान भएर बन्द प्रशिक्षणमा रहँदा, भोलीपल्ट महत्वपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीको नेतृत्व गरेर विदेश जानुपर्ने अवस्थामा अनुशासनविपरित एक महिलासँग नगरकोट घुम्न जाने र राति सँगै होटलमा सुत्ने गल्ती गरिसकेका छन् । राष्ट्रिय टिमको कप्तान भनेको लाखौं क्रिकेट खेल्न चाहने बालबालिकाहरुका लागि रोल मोडल हो । उसैले यस्तो अनुशासनहिन व्यवहार गर्दा समग्र नयाँ पुश्तामाझ नकारात्मक सन्देश प्रवाह हुन्छ । यसकारण पनि उनलाई कडा अनुशासनको कार्वाही हुन्छ’ भन्न सक्नुपर्थ्यो । 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH