कार्तिक २९, २०८२ शनिबार | २२:०१:३९
एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै
शनिबारको दिन

खेलाडीको पाइला चौथो वर्षमा

खेलाडी डटकम आजबाट चौथो वर्षमा टेकेको छ । पछिल्ला तीन वर्ष हामीले प्रिय पाठकहरूबाट असिम स्नेह, आलोचना र सुझाव पाएका छौं । जसलाई हामीले सँगालेका छौं । सञ्चित गरेका छौं । यो सञ्चितिले हामीलाई सधैं प्रेरित गरिरहने छ ।

युग बदलिँदो छ । खेलकुद त झनै परिवर्तनशील छ । पत्रकारिताको पनि आफ्नै बहाव छ । यी सबै पक्षको अदलबदलमा खेलाडीले आफूलाई परिस्कृत गर्ने सत्प्रयास जारी राखेको छ ।

नेपाली खेलकुद पत्रकारितामा उपस्थिति जनाउँदै गर्दा हाम्रो उद्घोष थियो, खेलाडी डटकम बहुआयमिक छ । घरेलु र विश्व खेलकुदसँग सम्बन्धित छोटा-छोटा अपडेटदेखि सप्ताहान्त पठन संस्कृतिका लागि पस्किने गरिएका लामा-लामा स्टोरी यसका प्रमाण थिए/छन् । पछिल्लो समय हामीले आफूलाई अझ फराकिलो बनाएका छौं, बढीभन्दा बढी श्रव्यदृश्य सामग्री पस्किएर । समाजले चिन्नैपर्ने खेल व्यक्तित्वहरूलाई अक्षरबाट मात्र नभई श्रव्यदृश्यमार्फत पनि चिनाउने हाम्रो प्रयास जारी रहनेछ ।

सामाजिक सञ्जालको रापले पत्रकारिता पनि बचेको छैन, वा पत्रकारिताको त्वाचा उक्किँदै छ । सामाजिक सञ्जालका माध्यमले धेरैभन्दा धेरै पाठककहाँ पुग्ने नाममा पत्रकारिता रुमल्लिएको भान हुँदै छ ।

प्रविधिको चर्को विकासले समाजलाई धेरथोक दिएको छ । त्यसमध्ये एक हो, सामाजिक सञ्जाल । आजको दिनमा समाज सामाजिक सञ्जालको कैदमा पर्ने हो कि भन्ने डर छ । सामाजिक सञ्जालको रापले पत्रकारिता पनि बचेको छैन, वा पत्रकारिताको त्वाचा उक्किँदै छ । सामाजिक सञ्जालका माध्यमले धेरैभन्दा धेरै पाठककहाँ पुग्ने नाममा पत्रकारिता रुमल्लिएको भान हुँदै छ । क्लिक, भ्युज, लाइक र सब्सक्राइबको अनुरोध बोकेका कमसल सामग्री इन्टरनेटमा बग्रेल्ती छरिँदै छन् । यो परिपाटीबाट खेलाडी डटकम सचेत छ । तब त खेलाडी डटकम क्लिक, भ्युज, लाइक र सब्सक्राइबर गन्दैन । गन्ती गर्छ त केवल पाठकका आलोचनात्मक सुझावहरूको ।

पत्रकारिता प्रहरी होइन । यसले कसैलाई दण्ड दिने चेष्टा गर्नु हुँदैन । न त दण्डको सिफारिस नै गर्ने हो । अतः खेलाडी डटकम नेपाली खेलकुदको मैदानमा डण्डा बोकेर आएको होइन । हामी मैदानमा रेफ्री बनेर उभिएका पनि छैनौं । हामीले पस्किने सामग्री रातो र पँहेलो कार्ड होइनन् । हाम्रो प्रयास केवल ‘वाचडग’ बन्ने हो । हामी प्रश्न गर्छौं राज्यलाई, खेलकुदका नियामक निकायलाई अनि प्रशासकहरूलाई ।

सुरुका दिनबाटै भन्दै आइरहेका छौं, खेलाडी डटकमले अभाव, दबाब र प्रभावको पत्रकारिता गर्दैन । हामी यो मन्त्रमा अडिग छौं । व्यावसायिक पत्रकारिता नै खेलाडी डटकमको स्थापना र सञ्चालनको मुख्य आधार हो ।

खेलाडी डकटम नेपाली खेलकुद पत्रकारिताका लागि ‘वेबसाइट अफ रेकर्ड’ चाहिँ हो । देश विदेशमा रहनुभएका पाठकका लागि नेपाली खेलकुदसँग सम्बन्धित सामग्री पढ्न, हेर्न र सुन्नका लागि खेलाडी डटकम अवतरण हुने विन्दु हो । वर्तमानमात्र होइन, विगत केलाउनका लागि अर्काइभ हो । हामीले पस्किने सामग्री नेपाली खेलकुदलाई अभिलेखीकरण गर्ने अभियानको हिस्सा हो ।

विश्व पत्रकारितामा एउटा चलन छ, धेरै पढिने विश्वसनीय अखबारलाई ‘न्युजपेपर अफ रेकर्ड’ भन्ने । हरेक परिघटनामा पाठकलाई सूचित गराउनेमा मात्र सीमित नभई महत्त्वपूर्ण विषयमा गहिरो र सफा खबर तथा विश्लेषण पस्किने त्यस्ता अखबारलाई ‘न्युजपेपर अफ रेकर्ड’ भन्ने गरिएको हो । खेलाडी डकटम अखबार त होइन तर नेपाली खेलकुद पत्रकारिताका लागि ‘वेबसाइट अफ रेकर्ड’ चाहिँ हो । देश विदेशमा रहनुभएका पाठकका लागि नेपाली खेलकुदसँग सम्बन्धित सामग्री पढ्न, हेर्न र सुन्नका लागि खेलाडी डटकम अवतरण हुने विन्दु हो । वर्तमानमात्र होइन, विगत केलाउनका लागि अर्काइभ हो । हामीले पस्किने सामग्री नेपाली खेलकुदलाई अभिलेखीकरण गर्ने अभियानको हिस्सा हो ।

आफ्ना मूल्य मान्यतामा विचलित नभई गरेका यी तीन वर्षका गौरवमय पत्रकारिता यात्राले हामीलाई खोजेजस्तै आत्मसन्तुष्टि दिएको छ । त्यसको स्रोत यही यात्राले कमाएको खेलाडी र खेलकर्मीको विश्वास हो । आदरणीय पाठक, स्रोता, दर्शक र विज्ञापनदाताहरूले दर्शाएको माया हो, विश्वास हो । खेलाडी डटकमसँग गरेको आशा हो अनि हामीमाथि देखाएको भर हो ।

एउटा प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौं, स्थापनाकालदेखिका आफ्ना मूल्य मान्यतामा कत्ति पनि विचलित नभई खेलाडी डटकमले आगामी दिनमा आफ्नो यात्रा अगाडि बढाइरहने छ । हामीप्रति तपाईंहरूले देखाउनुभएको अगाध माया, आशा, विश्वास र भरलाई अनन्तकालसम्म कायम राख्नेछौं ।

यसकारण हामी चौथो वर्षमा पाइला हालिरहँदा औधी खुसी छौं । औधी उत्साही छौं । र, यही उत्साह आदरणीय पाठक, स्रोता, दर्शक र विज्ञापनदातासँग बाँड्न चाहन्छौं । समग्र नेपाली खेलकुद र खेलाडी तथा खेलकर्मीसँग साट्न चाहन्छौं । अनि एउटा प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौं, स्थापनाकालदेखिका आफ्ना मूल्य मान्यतामा कत्ति पनि विचलित नभई खेलाडी डटकमले आगामी दिनमा आफ्नो यात्रा अगाडि बढाइरहने छ । हामीप्रति तपाईंहरूले देखाउनुभएको अगाध माया, आशा, विश्वास र भरलाई अनन्तकालसम्म कायम राख्नेछौं ।

अजय फुयाल 

प्रबन्ध सम्पादक